प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असार १४ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रौतहटबाट ७१ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ रौतहटका निमित इकाई प्रमुख उपेन्द्र सिंहका अनुसार जिल्लाबाट नौ हजार दुई सय ७३ जना विद्यार्थीले परीक्षा दिएकोमा ६ हजार ६ सय दुई जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई हजार ६ सय ७१ विद्यार्थी अनुत्तीर्ण भएको एकाइले जनाएको छ ।
रौतहट जिल्लामा जम्मा दुई जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । चार जिपिए ल्याउनेमा नेपाल पुलिस स्कुल गरुडाका छात्रा मायुसी कुमारी र स्मृति जयसवाल रहेको शिक्षा विकास तथा समन्वय एकाइका रौतहट निमित एकाइ प्रमुख सिंहले बताउनुभयो ।
३.६१ देखि ४ जिपिए ल्याउने ६ सय ११ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने दुई हजार तिन सय २१ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने दुई हजार सात सात सय १० जना, २.४१ देखि २.८० जिपिए ल्याउने नौ सय ३६ जना र २.०० देखि २.४० जिपिए ल्याउने २४ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइ रौतहटका निमित एकाइ प्रमुख सिंहले जानकारी दिनुभयो ।