• २५ वैशाख २०८२, बिहिबार

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य–सचिवमा पुन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २५ गते । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिवमा ज्ञानेन्द्र पुन नियुक्त हुनुभएको छ । प्रतिष्ठान सञ्चालक परिषदका सहअध्यक्ष एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा बिहीबार बसेको बैठकले गुल्मीको मालिका गाउँपालिका –१ का पुनलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको हो । 

उहाँलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा ७ को उपदफा १ (त) अनुसार चार वर्षे पदावधि कायम गरी मनोनित गरिएको हो । नव नियुक्त सदस्यसचिव नेपाल लोकतान्त्रिक महासंघका उपाध्यक्ष, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । त्यसैगरी आदिबासी जनजाति युवा महासंघका पूर्व केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । पुनले आज प्रतिष्ठान कार्यालयमा गई कार्यभार पनि सम्हाल्नुभएको छ ।