• २५ वैशाख २०८२, बिहिबार

रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह थिएन : गृहमन्त्री

blog

गृहमन्त्री रमेश लेखक बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २५ गते । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको स्पष्ट पार्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले चौधरीको पक्राउबारे स्पष्ट पार्नुभएको हो ।

उहाँले सर्वोच्च अदालतका एक कर्मचारीले विवेक गुमाउँदा यो घटना हुन पुगेको बताउनुभयो । उहाँले यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझै उक्त घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूवाग्रह नरहेको जानकारी दिनुभयो । उहाँले भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको समेत जिकिर गर्नुभयो । साथै, अनधिकृत रूपमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टमाथि झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको उहाँले जानकारी गराउनुभयो । 

उहाँले भन्नुभयो, “अनधिकृत रूपमा पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंले तत्काल पक्राउ गरी झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दाका शीर्षकहरूमा सम्मानीत अदालतबाट म्यान लिई अनुसन्धान भइरहेको छ । यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यो घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनैलाई सजग र सचेत बनै पूवाग्रह नरहेको सदनमार्फत अनुरोध गर्न चाहन्छु । भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ चाहेको बेहोरा म सम्मानीत सदनमा निवदेन गर्न चाहन्छु ।” 

उहाँले उक्त घटनाले चौधरी, परिवारमा पर्न गरेको असहजताप्रति क्षमा माग्नुभयो ।