कलाकारकाे मतदान
काठमाडौं, वैशाख ३० गते । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा कलाकारहरुले पनि मतदान गर्दै आफ्नो मत देशको स्थायित्व र स्थिरताका लागि भएको बताएका छन् । विभिन्न मतदान केन्द्रमा मत खसालेपछि प्रतिक्रिया दिँदै कलाकारहरुले यस्तो धारणा सार्वजनिक गरेका हुन् । हाँस्य कलाकार मनोज गजुरेलले मतदान गरेको तस्बिर सार्वजनिक गर्दै लेख्नुभएको छ, “हाम्रो भोट स्थानीय स्थायित्व र स्थिरताका लागि हो । हाम्रा जनप्रतिनिधि सेवक बनुन्, शासक नबनुन्”। वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले पनि बुढानीलकण्ठबाट मतदान गर्नुभएको हो । आचार्यले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै लेख्नुभएको छ, “मैले त मतदान गरें, तपाईंले गर्नुभयो ?”अभिनेत्री करिश्मा मानन्धरले पनि शीतल निवास अगाडि रहेको केन्द«मा मतदान गर्नुभएको छ । मतदान गर्न उहाँ श्रीमान विनोद र छोरी कवितासँगै केन्द्रमा पुग्नुभएको हो ।यस्तै, कलाकार सरिता लामिछानेले आफूले मतदान गर्नुभएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मतदान गरेको जानकारी गराउनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, “मतदान मेरो अधिकार हो ।” साथै नायिका सञ्चिता लुईटेलले पनि बत्तिस पुतलीमा रहेको केन्द्रबाट मतदान गर्नुभएको जानकारी दिनुभएको छ ।
मतदानको समय सकियो : मतपेटिका संकलन सुरु (फोटो फिचर)
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तोकेको मतदानको समय सकिएको छ। आयोगले शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो।
शीर्ष नेता कसले कहाँबाट गर्नुभयो मतदान (फोटो फिचर)
शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन भएको छ। मतदाताको उपस्थिति उत्साहजनक रहेको निर्वाचन आयोगले जनाएको छ।
छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण र उत्साहजनक
शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म एकै चरणमा भएको स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।
प्रधानमन्त्रीद्वारा स्याङ्जा जीप दुर्घटनाप्रति दुःख व्यक्त
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार स्याङ्जामा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
हावाहुरीले मतदान स्थलको टेन्ट भत्कायो
हावाहुरीले सिरहाको विभिन्न मतदनस्थलमा लागेको टेन्ट भत्काएको छ।
सर्लाहीमा झडप भएको मतदान स्थलमा सेना खटाइयो
केही मतदान केन्द्रमा झडप भएर मतदान प्रभावित भए पनि सर्लाहीका अधिकांश मतदान केन्द्रमा मतदान जारी छ।
काभ्रेका चार स्थानमा मतदान स्थगित
काभ्रेका चार मतदान केन्द्रमा मतदान रोकिएको छ। जिल्लाको चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उच्च मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एमालेले एकलौटी रुपमा मतदान गरेको आरोप लगाउँदै एमालेका बुथ प्रतिनिधिमाथि हातपात गरेपछि मतदान रोकिएको हो।
अवरुद्ध मतदानः केही सुचारु, केहीमा प्रयास जारी
स्थानीय निर्वाचन अन्तर्गत शुक्रबार बिहानदेखि देशैभरमा शान्तिपूर्ण ढंगबाट मतदान कार्य जारी छ।