• १७ असार २०८१, सोमबार

प्रधानमन्त्रीद्वारा स्याङ्जा जीप दुर्घटनाप्रति दुःख व्यक्त

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ३० गते। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार स्याङ्जामा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

वालिङ नगरपालिका वडा नं. १६ मा मतदाताको गाडी दुर्घटनामा १४ जनाको ज्यान गएको थियो। 

कांग्रेस केन्द्रीय कार्यालय सचिव डा. प्रदीप पराजुलीले एक प्रस विज्ञप्तिमार्फत् प्रधानमन्त्री देउवाले सो घटनामा ज्यान गुमाउनेको चिर शान्तिको कामना गर्नुका साथै घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको जानकारी दिनुभयो।