कांग्रेस स्थानीय निर्वाचन परिचालन समितिद्वारा सात वटा उपसमिति विस्तार
नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले विभिन्न सात वटा उपसमितिमा सदस्य मनोनित गरेको छ।
आर्थिक विकास र भौतिक पूर्वाधारमा पाँच दलीय गठबन्धनको जोड
तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको छ।
भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन निर्विरोध
भक्तपुरको चार स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिने ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी
गोरखापत्र अनलाइनकाठमाडौंं, वैशाख १७ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार बाँकी जिल्लामा ढुवानीको काम जारी छ ।कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ को मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको कोइरालाले बताउनुभयो । वैशाख १८ गते आइतबार लुम्बिनी प्रदेशको १२ जिल्लामा मतपत्र पठाइनेछ । काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ । केही जिल्लामा पुग्नेक्रम जारी रहेको आयोगले जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिसकिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ ।
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै
मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली काँग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।
मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन गठबन्धन गरेकाे हाे: कांग्रेस नेता पौडेल
काठमाडाैं, वैशाख १७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भएकाे बताउनुभएकाे छ ।तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन्धन भएको बताउनुभएकाे हाे। उहाँले लोकतन्त्रिक संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दाबी गर्नुभयाे । उहाँले काँग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र काँग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयाे ।
पुनःनिर्माणको पर्खाइमा पुरानो संघीय संसद् भवन
सिंहदरबारभित्रको पुरानो संघीय संसद् भवन जुन अहिले भग्नावशेषका रुपमा रहेको छ ।
गभर्नर मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता
सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने र निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
उम्मेदवारी फिर्ता गरेर बुटवलमा गठबन्धनलाई समर्थन
सिद्धार्थनगर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट प्रमुखको पदमा उम्मेदवारी दिएका मनिषकुमार जोशीले उम्मेदवारी फिर्ता लिनुभएको छ।