• ३ असार २०८१, सोमबार

कांग्रेस स्थानीय निर्वाचन परिचालन समितिद्वारा सात वटा उपसमिति विस्तार

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख १७ गते। नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले विभिन्न सात वटा उपसमितिमा सदस्य मनोनित गरेको छ।

काँग्रेस उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्काले सात वटा उपसमितिमा थप सदस्य मनोनयन गर्नुभएको हो। 

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार उपसभापति एवम् निर्वाचन परिचालन समिति संयोजक खड्काले सात वटा उपसमितिलाई शनिबार विस्तार गर्नुभएको हो। 

अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवम् परिचालन, निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय, निर्वाचन सुरक्षा निकाय समन्वय, शुभेच्छुक संस्था समन्वय एवम् परिचालन र भातृ संघ समन्वय एवम् परिचालन उपसमितिमा थप  सदस्य मनोनयन गर्नुभएको हो।