काठमाडौँ महानगरमा चार वडा सदस्य निर्विरोध
काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ।
गठबन्धन देशको आवश्यकता हो : वरिष्ठ नेता पौडेल
अमरराज नहर्कीतनहुँ, वैशाख १८ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनु भएको छ। १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँगे्रस तनहुँद्वारा आइतबार दमौलीमा आयोजित कार्यव्रmममा बोल्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ। कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा रहेकोले गठबन्धन गरिएको वरिष्ठ नेता पौडेलको भनाई थियो। विदेशी शक्ति कम्युनिष्ट मिलाउन लागिपरेको पौडेलको भनाई थियो। देशका धेरै ठाउँमा सत्तारुढ दलमा आवद्ध गठवन्धन विच चुनावी तालमेल भएको छ त्यसले राम्रो परिणाम ल्याउने नेता पौडेलले दाबी गर्नुभयो। कांग्रेसले भ्रष्ट प्रवृत्तिलाई पाखा लगाउन कांग्रेसलाई विजयी गराउनुपर्ने पौडेलको भनाइ छ। अहिलेको गठबन्धनले नेपाली कांग्रेसलाई संसदमा बहुमतमा पुर्याउने उहाँको दाबी छ। कार्यव्रmममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितीका प्रमुख शान्ति रमण वाग्लेलगायतले सम्बोधन गर्नुभएको थियो।
ललितपुरमा महिला मतदाता बढी
ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन्। जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन्।
निर्वाचनले बहुमतको सरकार बनाउने आधार तयार गर्छ : प्रवक्ता डा. महत
सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता एवम् स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले निर्वाचनमा पार्टी र गठबन्धनका पक्षधर उम्मेदवारी ठूलो सङ्ख्यामा विजयी हुने दाबी गर्नुभएको छ।
प्रधानमन्त्री र सभामुखबीच संसद् अधिवेशन आह्वानबारे छलफल
काठमाडौं, वैशाख १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग सभामुख अग्निप्रसाद सापकोटाले आइतबार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन आह्वान सम्बन्धमा छलफल भएको छ । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सङ्घीय संसद्को प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान सम्बन्धमा छलफल भएको हो । साथै आगामी जेठ १५ गते हुने आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यस विषयमा पनि उहाँहरुबीच छलफल भएको छ ।
सिंह र अर्यालको कार्यकाल सफल : गृहमन्त्री
गृहमन्त्रीले बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई बिदाइ गर्नुभएको छ ।
राप्रपा नेपालले ‘तीर’ र ‘सूर्य’मा मतदान गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तह निर्वाचनमा एमालेको ‘सूर्य’ र आफ्नो पार्टीको ‘तीर’ चुनाव चिह्नमा मतदान गर्ने भएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न दललाई आयोगको आदेश
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने तीन राजनीतिक दललाई निर्वाचन आयोगले सचेत गराउँदै अव उपरान्त त्यसो नगर्न आदेश दिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता प्रतिकूल दलको झण्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानविन गर्दा आचारसंहिता विपरित काम भएको ठहर गरेको छ । गत शुक्रबारको निर्णयअनुसार आयोगले सो आदेश गर्ने निर्णय गरेको हो । आयोगको निर्णयमा भनिएको छ, “सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भएगरेको देखिएकाले अव आइन्दा निर्वाचन आचारसंहिता विपरितका कामहरु नगर्न नगराउन निर्देशन दिई, सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकाले सचेत गराउने ।” त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ । सो दलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको फोटो राखिएको चुनावी पोष्टर तयार गरी, प्रचार प्रसार गरेको थियो । आदेशमा भनिएको छ, “जुनसुकै निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी कुनै दल विशेष, व्यक्ति विशेष र कुनै अवधिको सरकारको मात्रै हुने भन्ने अर्थमा चित्रित गरिनु मनासिव विषय हो भन्न सकिदैन ।” त्यस्तो व्यक्ति र राज्यको गौरवको विषय हुन सक्छ तर सो कार्यलाई कुनै दल विशेषको मात्रै निजी प्रतिष्ठा र एकल प्रयासको रुपमा लिन सकिदैन आयोगले भनेको छ ।सो कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भएगरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन आयोगले निर्देशन दिँदै सचेत गराएको छ । सोहीअनुसार आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लङ्घन गरेकोभन्दै आयोगले सचेत गराएको छ । सो दलले गत चैत २७ गते मकवानपुरको हेटौडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको थियो । अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन निर्देशन दिई सो दलले आचारसंहिता उल्लङ्घनको कार्य गरेकोले सचेत गराउने आयोगको निर्णय छ ।त्यस्तै, नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ । “कानूनी प्रावधान बमोजिम निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने निर्वाचन खर्चको अधिकतम हद तोक्ने व्यवस्था बमोजिम आयोगले २०७४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले पच्चीस लाख रुपियाँसम्म खर्च गर्न सक्नेगरी निर्वाचन खर्चको हद तोकेको” आयोगले जनाएको छ ।“नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित काँग्रेसका उम्मेदवार शशांक कोइरालाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपियाँ आयोगमा रहेको अभिलेखबाट देखिएकोमा कोइरालाले उक्त निर्वाचनमा आफूले ६ करोड खर्च गरेको बताउनुभएको थियो ।आचारसंहिताको मूल आधार माथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्वद्ध राजनीतिक दललाई जानकारी दिने आयोगले निर्णय गरेको छ ।यसैबीच गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ । निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति उहाँले दिनुभएको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट संप्रेषित भई आयोगलाई जानकारी हुन आएको आयोगले जनाएको छ । अव आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त व्यहोराको जानकारी सम्बन्धित व्यक्तिलाई गराउने” आदेशमा भनिएको छ ।
एमालेले मतदानस्थलमा दुई सय स्वयंसेवक परिचालन गर्ने
नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ।