• १४ असार २०८१, शुक्रबार

प्रधानमन्त्री र सभामुखबीच संसद् अधिवेशन आह्वानबारे छलफल

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग सभामुख अग्निप्रसाद सापकोटाले आइतबार  भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन आह्वान सम्बन्धमा छलफल भएको छ । 

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार  प्रधानमन्त्रीसँगको भेटमा सङ्घीय संसद्को प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान सम्बन्धमा छलफल भएको हो । 

साथै आगामी जेठ १५ गते हुने आगामी आर्थिक वर्ष  २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यस विषयमा पनि उहाँहरुबीच छलफल भएको छ ।