• ३ असार २०८१, सोमबार

गठबन्धन देशको आवश्यकता हो : वरिष्ठ नेता पौडेल

blog

कार्यक्रममा बोल्नु हुँदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनु भएको छ। १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँगे्रस तनहुँद्वारा आइतबार दमौलीमा आयोजित कार्यव्रmममा बोल्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । 

एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा  कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ। 

कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा रहेकोले गठबन्धन गरिएको  वरिष्ठ नेता पौडेलको भनाई थियो। विदेशी शक्ति कम्युनिष्ट मिलाउन लागिपरेको पौडेलको भनाई थियो। 

 देशका धेरै ठाउँमा सत्तारुढ दलमा आवद्ध गठवन्धन विच चुनावी तालमेल भएको छ त्यसले राम्रो परिणाम ल्याउने नेता पौडेलले दाबी गर्नुभयो। 

कांग्रेसले भ्रष्ट प्रवृत्तिलाई पाखा लगाउन कांग्रेसलाई विजयी गराउनुपर्ने पौडेलको भनाइ छ। अहिलेको गठबन्धनले नेपाली कांग्रेसलाई संसदमा बहुमतमा पुर्‍याउने उहाँको दाबी छ।  

कार्यव्रmममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितीका प्रमुख शान्ति रमण वाग्लेलगायतले सम्बोधन गर्नुभएको थियो।