• १३ असोज २०८१, आइतबार

हावाहुरीले मतदान स्थलको टेन्ट भत्कायो

blog

सन्तोष सुवेदी
सिराहा, वैशाख ३० गते।
हावाहुरीले सिराहाको विभिन्न मतदनस्थलमा लागेको टेन्ट भत्काएको छ। शुक्रबार दिउँसो करिब साढे ३ बजेपछि आएको हावाहुरीले सिराहाको विभिन्न मतदान केन्द्रको टेन्ट भत्काएपछि मतदान कार्यक्रम स्थगन भएको हो।

हावाहुरी र वर्षासँगै आएपछि निर्वाचनका लागि खटिएका कर्मचारी र प्रहरीले मतपेटिका र निर्वाचन सामग्री आफूसँगै सुरक्षित राखेको जानकारी जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिनुभयो।

वर्षा समाप्त भएपछि अवस्था हेरेर मतदान कार्यक्रम सुचारु गर्ने वा के गर्ने भन्ने बारे निर्णय लिइने उहाँले जानकारी दिनुभयो।