सङ्क्रमणकालीन न्याय प्रक्रिया
तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते सुरु गरेको सशस्त्र द्वन्द्व २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा आएर टुङ्गियो । उक्त शान्ति सम्झौतामा उल्लेख भएको माओवादी लडाकुहरूको समायोजन र संविधान सभाबाट संविधान जारी गर्ने काम सम्पन्न भयो । शान्ति सम्झौताको दफा ५.२.५ मा मानव अधिकार उल्लङ्घन र मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिका बारेमा सत्य तथ्य अनुसन्धान गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्नका लागि उच्च स्तरीय
‘खै त मायाले कुरा बुझेको’ सार्वजनिक
शर्मिला बर्देवा र प्रमोद शर्माको आवाजमा ‘खै त मायाले कुरा बुझेको’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रकृतिको पूजा गरेर मनाइँदै भुमेपर्व
मानव जीवन फूल जस्तै रङ्गीन होस् र कुनै विघ्नबाधा नहोस् भने मगर समुदायले आइतबार देशभर भुमेपर्व मनाएका छन् । सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाको टुँडिखेलमा तीन दिनसम्म पर्वको आयोजना भइरहेको छ ।
उत्सवमा पन्ध्र प्रस्तुति
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ सम्पन्न भएको छ । उत्सवका संयोजक तथा प्रतिष्ठानका उपकुलपति शम्भु राईले अल्पसङ्ख्यकका सङ्गीतलाई उत्सवमा प्राथमिकता दिएको बताउनुभयो ।
नेपाली खाना प्रवर्धनमा ‘भोजनलिपि स्वाद’
नेपाली खाना प्रवर्धन गर्न असार १५ गते राजधानीमा सङ्गीतसहितको ‘भोजनलिपि स्वाद–४’ को आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धन अभियानद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सेफ घनश्याम कँडेलले धान दिवसको अवसर पारेर नेपाली कृषकले उत्पादन गरेका दुधजन्य र हरिया फलफूल, चामललगायतका पदार्थ मिसाएर मौलिक खानाको कलात्मक प्रचारप्रसार गरिने जानकारी दिनुभयो ।
साहित्यकार पुरस्कृत
साहित्यकार सुवर्णकेशरी चित्रकार र गायक जुजुकाजी रञ्जितले गणेश देवी स्मृति पुरस्कार–२०८२ प्राप्त गर्नुभएको छ ।
प्रदेशको कुल बजेट दुई खर्ब ८७ अर्ब
प्रतिपक्षीको विरोध र आन्तरिक किचलोबिच प्रदेश सरकारहरूले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को आय तथा राजस्वको अनुमान अर्थात् बजेट सार्वजनिक गरेका छन् ।
एघार महिनामा दस खर्ब सत्ताइस अर्ब राजस्व सङ्कलन
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १० खर्ब २७ अर्ब ६६ करोड ९७ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ३९ अर्ब ४८ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
डेडिकेटेड तथा ट्रङ्क लाइन महसुल विवाद, अधिकांश उद्योग पुनरवलोकनमा
डेडिकेटेड तथा ट्रङ्क लाइन महसुल विवादमा रहेका अधिकांश उद्योग नेपाल विद्युत् प्राधिकरणमा प्रशासकीय पुनरवलोकनका लागि आवदेन दिएका छन् । प्राधिकरणले गत वैशाख ३० गते सूचना प्रकाशन गरी जेठ मसान्तभित्र प्राधिकरणको सम्बन्धित शाखा कार्यालयमा आवदेन दिन समयसीमा दिएको थियो ।
असारका लागि पनि घट्यो ब्याजदर
पछिल्लो समय ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैङ्कहरूले असारका लागि पनि घटाएका छन् ।
भत्ता बुझेको पच्चिस वर्षपछि मुद्दा
उमेर नपुगी ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र लिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सीमित प्रतियोगिताबाट करार सेवाका कर्मचारीलाई स्थायी बनाउन माग
नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारी निकायमा करार सेवाका कर्मचारी राख्ने व्यवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
छुवाछूतविरुद्ध लड्न वैकल्पिक शक्ति बनाइने
जातीय भेदभाव तथा छुवाछूतविरुद्ध लड्न वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा भएको छ । ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलनले २१ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेको हो ।
एसइई नतिजा असार तेस्रो साता
राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा प्राविधिक परीक्षण जारी
बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना सञ्चालन गर्नुअघि प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरु गरिएको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।
‘लोक सेवा युवाको भरोसा केन्द्र’
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान पुग्ने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक व्यवस्थाको मर्म र भावनालाई आत्मसात् गरी निजामती सेवामा समावेशी समूहमार्फत उम्मेदवार सिफारिस हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।
वडा कार्यालय नै सेवाप्रवाह बिन्दु
वडा कार्यालयलाई स्थानीय नागरिकको प्रभावकारी सेवाप्रवाह बिन्दु (डेलिभरी प्वाइन्ट) का रूपमा विकास गर्न स्थानीय शासनविज्ञहरूले सुझाव दिएका छन् । स्थानीय तहका वडा कार्यालय अहिले पनि सेवाप्रवाह बिन्दु नै भए पनि प्रभावकारी रूपमा विकास हुन सकेका छैनन् ।
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपियाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपियाँले वृद्धि भएको छ ।
सञ्चार प्राधिकरण गठन गठनमा सञ्चारविज्ञको जोड
सञ्चारसम्बन्धी सरोकारवालाहरूले आम सञ्चार प्राधिकरण गठन अनिवार्य भएको बताएका छन्। उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलका क्रममा उक्त सुझाव दिएका हुन्।
भलमन्सा र गुरुवाहरुलाई कानुनी सचेतना
थारु समुदायका भलमन्सा (बरघर), गुरुवासहित धार्मिक अगुवाहरुलाई कानुनी सचेतना प्रदान गरिएको छ । आज कैलालीको चौमालामा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई कानुनी ज्ञान बाँडिएको हो ।
थारू कलाकार मञ्चले सांस्कृतिक कार्यक्रम गर्ने
राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिनुभयो ।
बङगलादेशका राजदुतलाई घोषणापत्र हस्तान्तरण
नेवाः पत्रकार राष्ट्रिय दबुले दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनबाट जारी भएको घोषणापत्र नेपालका लागि बङगलादेशका राजदुत मोहम्मद सफिकुर रहमानलाई हस्तान्तरण गरेको छ ।
‘धान फल्ने खेत बग्यो, लालपुर्जाले के गर्नु’
अब त, केही छैन आफ्नो । बाँकी छ त बाढीले बगाएर लगेको खेतबारीको लालपुर्जा । त्यो कसलाई देखाउनु ? कहिले वडा, कहिले पालिका । फेरि पाउने भनेको आश्वासन मात्र त हो ।
बाढीले कटान गरेपछि बाँध मर्मत
सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार बिहान लखन्देही खोलामा पानीको बहाव बढेर बाँध कटान गरेको छ ।