‘धान फल्ने खेत बग्यो, लालपुर्जाले के गर्नु’
अब त, केही छैन आफ्नो । बाँकी छ त बाढीले बगाएर लगेको खेतबारीको लालपुर्जा । त्यो कसलाई देखाउनु ? कहिले वडा, कहिले पालिका । फेरि पाउने भनेको आश्वासन मात्र त हो ।
बाढीले कटान गरेपछि बाँध मर्मत
सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार बिहान लखन्देही खोलामा पानीको बहाव बढेर बाँध कटान गरेको छ ।
दुई संस्थालाई एम्बुलेन्स सहयोग
भारतीय राजदुतावासबाट २ थान “ख” वर्गको एम्बुलेन्स गोरखा नगरपालिका–६ र गोरखा अस्पताललाई हस्तान्तरण गरिएको छ । गोरखा अस्पताल र गोरखा नगरपालिका –६ को वडा कार्यालयलाई पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको गोरखा नगरपालिका –६ का वडा अध्यक्ष दिलिपकुमार जोशीले जानकारी दिनुभयो ।
फूलजोर पुल बन्द
ठेकेदारको बदमासीका कारण सर्लाहीको फूलजोर खोलाको पुल एक महिनादेखि बन्द छ ।
रोजगार रणनीति बनाउँदै बागलुङ नगरपालिका
बागलुङ नगरपालिकाले आगामी पाँच वर्षका लागि रोजगार रणनीति बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवश्यक छलफल, रणनीति र कार्यनीतिको मस्यौदामाथि छलफल सुरु गरेको छ ।
७६ जना फरार प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेका ७६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट फैसला भए पनि लुकीछिपी बस्दै आएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
स्कुटर दुर्घटनामा छोराको मृत्यु, बुवा घाइते
पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ कमलबारीमा स्कुटर आइतबार दिउँसो १ः४५ बजे दुर्घटना हुँदा चालक (छोरा) को मृत्यु भएको छ । बुवा घाइते हुनु भएको छ ।
कर्णाली प्रदेशसभा बैठक अनिश्चित
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबिच सहमति नजुट्दा कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।
‘समाज रूपान्तरणमा कलाकारहरूको भूमिका महत्त्वपूर्ण छ’
मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले समाज रूपान्तरणमा कलाकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
राजपुर नगरपालिकाको बजेट ५७ करोड ५३ लाख
रौतहटको राजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि ५७ करोड ५३ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ९ औं नगरसभाबाट नगर प्रमुख डाक्टर राजिक आलमले आन्तरिक स्रोत, प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान गरी उक्त बजेट प्रस्तुत गर्नुभयो ।
९ वर्षपछि फेदीखोला गाउँपालिकाको आफ्नै भवनबाट सेवा
स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिका स्थापना भएको नौ वर्षपछि आफ्नै भवनबाट सेवा दिन थालेको हो ।
हरिवन मालपोत र नापीको सेवा ठप्प
सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयको सेवा आइतबार ठप्प भएको छ ।
कालीकोटका स्थानीय तहको बेरुजु दुई अर्ब बढी
यो वर्षको बेरुजु सबैभन्दा बढी खाँडाचक्र नगरपालिकाको रहेको छ । खाँडाचक्र नगरपालिकाको बेरुजु रकम आर्थिक वर्ष २०८०-२०८१ को पाँच करोड ३३ लाख ७१ हजार २९९ रहेको छ ।
हेवाखोलामा बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीब्रिज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व्यवस्था गर्न आवश्यक भएको बताउनुभएको छ ।
सिन्धुपाल्चोकका नौ स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आइतबार एक विशेष कार्यक्रममार्फत पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ ।
तराईमै लटरम्म फल्यो सुन्तला
कैलालीका एकजना कृषकले गर्मी मौसमा पनि लटरम्म सुन्तला फलाउनुभएको छ । जिल्लाको घोडाघोडी नगरपालिका –१ सुखडका सुनिलराज सापकोटाले घरको आँगनमा सुन्तला फलाउनु भएको हो ।
रेलेखोलाको विद्युत् प्रसारण लाइनमा जोडियो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।
निष्पक्षताका लागि लोकसेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ ।
धादिङको नीलकण्ठमा रोजगार मेला
धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
उत्कृष्ट किसान सम्मानित
तनहुँको भानु नगरपालिकाले २० जना कृषकलाई सम्मान गरेको छ । नगद तथा प्रमाणपत्रसहित ‘नगर प्रमुख उत्कृष्ट किसान सम्मान’ बाट सम्मान गरिएको हो ।
अक्करे भिर खोपेर सडक निर्माण
बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक अन्तर्गत तातोपानीको अक्करे भिर खोपेर नेपाली सेनाले सडक निर्माण गरेको छ ।
नागरिकताका लागि अनलाइन सिफारिस
सप्तरीमा आइतबारदेखि अनलाइन नागरिकता सिफारिस सुरु हुँदै छ । नेपाली नागरिकता वितरणसम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यले असार १ गतेबाट अनलाइन सिफारिस लागु हुने भएको हो ।
संरक्षण गरिँदै मलाहा बिरालो
कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने दुर्लभ र सङ्कटापन्न प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट) को संरक्षणका लागि पहल गरिने भएको छ । कोशीटप्पुमा आयोजित मलाहा बिरालोको संरक्षण तथा व
अमेरिकी युवाले चिटिक्क पारे धारा
उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२ मा अमेरिकाबाट आएका स्वयंसेवक युवाले खानेपानीको धारा रङ्ग्याएर चिटिक्क पारेका छन् । उनीहरूले लिती खानेपानी आयोजनाको ट्याङ्की र धारामा रङरोगन गर्नेदेखि स्वास्थ्य जाँच र सरसफाइ गरेका हुन् ।