भ्रमण भिसाले ओमानमा काम गर्न नपाइने
मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो ।
मदन भण्डारी विश्वविद्यालय : विद्यार्थीलाई मासिक तिस हजार छात्रवृत्ति
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपियाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपियाँको छात्रवृत्तिसहितको भर्ना कार्यक्रम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको हो । चित्लाङमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विश्वका राम्रा विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउन र अनुसन्धानमा आधारित अध्ययनलाई अघि बढाउने उद्देश्यले चार वटा विषयमा भर्ना सुरु गरिएको हो ।
मिठाईमा रङको प्रयोग सावधानीपूर्वक गर्न निर्देशन
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारका लागि बिक्री गरिने मिठाईलगायतका खाद्यवस्तुुमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै विभागले जथाभाबी अखाद्य रङको प्रयोग गरेर खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराएको हो ।
रगतको आहालमा कोही पानी पानी भन्दै थिए ....
खोइ त्यो घटनामा म कसरी बाँचेँ । भन्नै सक्दिनँ । बङ्करभित्र पनि आक्रमण भएपछि किचन बङ्करमा लुक्न गएका थियौँ । मैले त्यहाँ राखिएका चामलका बोराको छेको लागेर आँखा चिम्म गरेर भगवान्लाई सम्झिरहेँ ।
संसद्को दोस्रो अधिवेशन, कानुन निर्माणमा निकै सुस्त
ठिक छ महिना चलेको सङ्घीय संसद्को अधिवेशन विधायिकी कार्यका दृष्टिले निकै फितलो भएको छ । १८० दिनसम्म चलेको अधिवेशनमा बजेटका तीन नियमितबाहेक एक मात्र विधेयक दुवै सदनबाट पारित भएको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी २१ विधेयक अझै विचाराधीन छन् । जसमध्ये अधिकांश प्रतिनिधि सभाका विभिन्न चरणमा छन् । राष्ट्रिय सभामा अब तीन विधेयक विचाराधीन छन् । गत वैशाख २४ गतेबाट सुरु भएको अधिवेशनमा दुवै सदनबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक (मिटरब्याजी) पारित भयो । यस्तै विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पारित भएका छन् । अन्य विधेयक विभिन्न चरणमा विचाराधीन छन् ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ ।
बेपत्ता सन्तान आउने आशमा परिवारका सदस्य
२०६२ फागुनमा स्याङ्जाको जौबारीबाट तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारेका दिलबहादुर थापा आउने आश परिवारका सदस्यले अझै मारेका छैनन् ।
पीडितलाई न्याय हुनेगरी शान्ति प्रक्रिया टुङ्गिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक द्वन्द्वताका पीडितभएकाहरुलाई न्याय हुनेगरी मात्र शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बताउनुभएको छ । बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
अवैध रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद
बजारमा चिनीको अभाव भएसँगै नेपालको तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आउने सार्वजनिक यातायातका साधनको माध्यमबाट अबैध रुपमा काठमाडौं चिनी भित्रिनेगरेको पाइएको छ ।