• ८ पुस २०८१, सोमबार

रोक्न सकिन्छ युवा पलायन

blog

नयाँ पुस्ता स्वदेशमा बस्न नचाहनु वा विदेशमा उच्च शिक्षा हासिलपश्चात् फर्कन नचाहनुमा नेपालको राजनीतिक वातावरण, कर्मचारीतन्त्र, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता मूल रूपमा दोषी रहेको छ । 

हालसम्म नेपालले विश्वका १११ मुलुकमा वैदेशिक रोजगारका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । तीमध्ये दक्षिण एसियाली–मुलुक बङ्गलादेश, माल्दिप्स, पाकिस्तान, श्रीलङ्का, अफगानिस्थान, दक्षिणपूर्वी एसियाली–मुलुक चीन, ताइवान, हङकङ, मकाउ, सिङ्गापुर, थाइल्यान्ड, मङ्गोलिया, दक्षिण कोरिया, जापान, पश्चिम एसियाली–मुलुक, साउदी अरब, बहराइन छन् । त्यसै गरी लेवनन, इराक, लिबिया, युएई, जोर्डन, कुवेत, ओमान, कतार युरोपेली मुलुक–बेल्जियम, फ्रान्स, जर्मनी, न्युजिल्यान्ड, स्विडेन, नर्वे, माल्टा, अल्बानिया, युव्रmेन पनि श्रम स्वीकृति दिएको मुलुकमा पर्छन् । त्यस्तै अफ्रिकी मुलुक–कङ्गो, चाँद, बोसेनिया हर्जगोवनिया, निकारागुवालगायत अमेरिका, अस्ट्रेलिया, क्यानडा, रुस, मेक्सीको जस्ता मुलुकमा श्रम स्वीकृति दिइएको छ । स्वीकृति दिइएका मुलुकमध्ये इराक, लिविया, अफगानिस्थानमा हाल सुरक्षाको कारण रोक लगाइएको छ भने रुस तथा युव्रmेनबिच जारी युद्धलाई दृष्टिगत गरी २०८० पुस १९ गतेबाट श्रम स्वीकृति स्थगन गरिएको छ । दक्षिण एसियाली मुलुक भुटानमा श्रम दिइएको छैन् भने छिमकी भारतमा श्रम स्वीकृति आवश्यक नपर्ने हँुदा उक्त सूचीमा पारिएको छैन । 

अहिले श्रमस्वीकृति लिई दैनिक दुई हजार पाँच सयदेखि तीन हजार र बर्सेनि छ लाख श्रमशक्ति पलायन हुने गरेका छन् । मूलतः आर्थिक रूपमा व्रिmयाशील उमेर समूहका (१८ देखि ४४ वर्ष) श्रमशक्ति बाहिरिएकोमा सबैभन्दा अधिक २५ देखि ३५ उमेर समूहका श्रमशक्ति पलायन भएका हुन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६४।६५ मा दुई लाख चार हजार, आव २०७१।७२ मा छ लाख ९३ हजार, कामको खोजीमा पलायन भएकोमा यो सङ्ख्या आव २०७९।८० मा सात लाख ७५ हजार पुगेको हो । आव २०५०।५१ देखि २०६२।६३ को अवधिमा सात लाख ५८ हजार ६७५ हजार युवा पलायन भएकोमा यो सङ्ख्या आव २०७१।७२ मा ३३ लाख ६२ हजार हँुदै २०८०।८१ करिब ५७ लाख पुगेको छ । आर्थिक रूपमा व्रिmयाशील युवापुस्ता पलायन हुन बाध्य अनेक कारण छन् ।

बेरोजगारी युवा पलायनको प्रथम कारण हो । मूलतः नेपालको शैक्षिक प्रणाली अझै पनि परम्परागत एवं अव्यावहारिक रहेकाले जीवन उपायोगी ज्ञान, सिप र दक्षताको अभाव छ । अर्कोतर्फ आयआर्जनमूलक तालिम तथा प्रशिक्षण उपलब्ध गराउने गुणस्तरीय संस्था यथेष्ट मात्रामा स्थापना भएका छैनन् । सोही कारण अधिकांश युवा स्वरोजगार बन्न सकेका छैनन् । युवा स्वरोजगार बन्न नसक्दा बिदेसिन बाध्य छन् ।

दोस्रो, कृषि क्षेत्र व्यावसायिक बन्न नसक्नु युवा पलायनको अर्को कारण हो । नेपाल कृषिप्रधान मुुलुक भए पनि अहिले पनि ६२ प्रतिशत मानिस कृषि पेसाद्वारा जीवनयापन गरिरहेका छन् । कृषि क्षेत्रमा मूलतः सामान्य साक्षर वा निरक्षर संलग्न छन् भन्दा अत्युक्ति हँुदैन । अर्कोतर्फ कृषि प्रणाली अहिले पनि परम्परागत, अवैज्ञानिक र निर्वाहमुखी छ । जसको कारण कृषि क्षेत्रको मूल्य अभिवृद्धि शृङ्खला अहिले पनि नाजुक रहेको हो । सोही कारण कृषि क्षेत्रमा रोजगारीका नवीतम ढोका उघ्रन नसक्दा कृषि क्षेत्रबाट जीवनयापन हुन कठिन छ । कृषिबाट पलायन जनशक्ति बिदेसिन बाध्य छ ।

उद्योगधन्दा कलकारखाना विकास हुन नसक्नु युवा पुस्ता पलायनको तेस्रो कारण हो । रोजगारी सिर्जनामा औद्योगिक क्षेत्रको अहम् भूमिक हुने भएता पनि लगानीमैत्री वातावरणको अभावमा नेपालमा नयाँनयाँ उद्योगधन्दा, कलकारखाना खासै स्थापना हुन सकेका छैनन् । विगतमा सञ्चालनमा रहेका उद्योगधन्दा तिताक्तपूर्ण श्रम सम्बन्ध, न्यूनतम पारिश्रमिक उपलब्ध गराउने क्षमताको अभाव, युनियनका नाममा जबरजस्ती, चन्दा आतङ्कका कारण ओरालो लागेका हुन् । सोही कारण औद्योगिक क्षेत्रबाट हुनुपर्ने रोजगारी सिर्जना अत्यन्त नाजुक बन्दा उद्योगधन्दा कलकाखानमा कामकाजको अवसर अभावमा युवापुस्ता रोजगारीको खोजीमा पलायन भएका छन् ।

सेवा क्षेत्रको पर्याप्त विकास हुन नसक्नु युवापुस्ता पलायन हुनुको चौथो कारण हो । यसै पनि कृषि क्षेत्र, उद्योगधन्दा कलकारखानमा मौलाउन नसक्दा सेवा क्षेत्रले आयआर्जनको अवसर प्राप्त गर्न सक्दैन । यी दुवै क्षेत्रको अवस्था अहिले पनि नाजुक छ । अर्कोतर्फ सेवा क्षेत्र जे जति सञ्चालनमा छन् उत्पादनमूलक क्षेत्रको गतिविधि नाजुक हुँदा सेवा क्षेत्रको मूल्य अभिवृद्धि शृङ्खला साँघुरो बन्न पुगेको हो । यसरी कृषि, उद्योग र सेवा क्षेत्रमा कामको अवसर प्राप्त नभएपछि बिदेसिनको के विकल्प हुन सक्छ र ?

न्यून पारिश्रमक दर युवा पलायनको पाँचौँ कारण हो । यसै पनि, विश्वविद्यालयको प्रमाणपत्र धारण गरेकै कारण सार्वजनिक क्षेत्रमा रोजगारी प्राप्त हुने सम्भावना छैन । लोक सेवा जस्तो कठिन र अनिश्चित मार्ग रोजगारीका सहज बाटो होइन र त्यो सीमित छ । निजी क्षेत्रमा कामका निम्ति भनसुन आवश्यकता पर्ने मात्र गरेको छैन, रोजगारी प्राप्त भइहाले पारिश्रमिकबाट चार जनाको परिवार कठिन छ । पछिल्लो समयमा अर्थात् विसंं २०८० साउन १ मा निर्धारण गरिएको १७ हजार तीन सय रुपियाँ न्यूततम मासिक पारिश्रमिकसमेत उपलब्ध गराउन सक्ने सामथ्र्य निजी क्षेत्रका कतिपय संस्थामा छैन । जीवनयापन गर्न पुग्ने पारिश्रमिकको अभावमा आकर्षक पारिश्रमिकसहितको रोजगारीका निम्ति बाहिरि नै पर्ने अवस्था छ । 

अति बेरोजगारी युवा पलायनको छैटौँ कारण हो । यसै पनि कृषि, उद्योग, सेवालगायतका क्षेत्रहरूमा रोजगारीका अवसर सिर्जना हुन नसकी बर्सेनि पाँच लाख नयाँ मुहार श्रम बजारमा प्रवेश गर्ने गरेका छन् । सोही कारण अल्प, मौसमी शैक्षिक तथा पूर्ण बेरोजगारी पेचिलो बनेको छ । दुई वर्षअघि (सन् २०२२ ) बेरोजगारी दर ११.१२ प्रतिशत रहनु यसैको प्रतिविम्ब होइन भन्न मिल्दैन । बेरोजगारीले नेपाली युवालाई देशबाहिरको रोजगारीमा आकर्षित गर्नु अस्वाभाविक होइन ।

युवा पुस्ताको अपेक्षामा तुषारापात हुनु पलायनको सातौंँ करण हो । यसै पनि सूचना प्रविधिको कारण विश्वसमाजसँग राम्रै परिचित भएका नयाँ पुस्ता अहिले विश्वस्तरीय सेवासुविधाको आकाङ्क्षा राख्छन् । राजनीतिक स्थायित्व, सुशासन, लैङ्गिक समानता, भ्रष्टाचार निरुपण, आर्थिक असमानता अन्त्य, सहनयोग्य मुद्रास्फीति दर, पेसा तथा व्यापार व्यवसाय अनुकूल वातावरण नयाँ पुस्ताको अपेक्षित चाहना हो 

ट्रान्सपरेन्सी इन्टरनेसनल अनुसार सन् २०२२ मा नेपाल भ्रष्टाचारको विश्वसूचीमा, कुल १८० मुलुकमध्ये मात्र ३४ ३४ स्कोरमा चित्त बुझाउँदै ११० औँ स्थानमा रहेको छ । उक्त आँकडाबाट मुलुकमा सुशासन नाजुक देखिन्छ । विश्व बैङ्कका अनुसार, सन् २०२० मा ‘डुइङ बिजनेस सोपान’ मा नेपाल, ६३.२ स्कोरमा सीमित हँुदै कुल १९० मुलुक मध्ये ९४ औंँ स्थानमा रहेको छ । उक्त आँकडाबाट नेपालमा व्यापार व्यवसाय अनुकूल वातावरण अभाव रहेको सङ्केत मिल्छ । आर्थिक सर्वेक्षण २०७९।८० अनुसार पछिल्लो १० वर्षमा मुद्रास्फीति दर औसत ६.४ प्रतिशत रहेकोे छ । जुन विकसित मुलुकको तुलनामा औसत तीन गुणा अधिक हो । प्रस्तुत नकारात्मक आर्थिक तथा मानवीय परिसूचकको कारण पनि युवा पलायनको कारण बनेको छ । 

राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता, सुशासनको जस्ता अनेक कारणले अधिक युवा यहाँ काम गर्न उत्साहित छैनन् । विकसित मुलुकमा प्राप्त हुन सक्ने अवसर युवा पलायनको थप कारण हो । जुन मुलुकमा उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, सेवा क्षेत्र मौलाएको हुन्छ, स्वभाविक रूपमा उक्त मुलुकको कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आय उच्च हुन्छ । परिणमतः त्यस्तो मुलुकमा सामाजिक सुरक्षा, सामाजिक न्याय, सार्वजनिक सेवासुविधा, सामाजिक मनोवृत्ति अब्बल हुन्छ । नेपाली युवा त्यसतर्फ आकर्षित हुनु स्वाभाविक हो । अस्टे«लिया, क्यानडा, न्युजिल्यान्ड, डेनमार्क जस्ता मुलुकमा जनसङ्ख्याको आकार सानो हुनु तर नयाँ नयाँ व्यापार व्यवसाय उद्योगधन्दा दु्रत गतिमा स्थापना हुुँदै छन् । ती मुलुकले बाह्य मुलुकका कामदारलाई आकर्षक पारिश्रमिकसहित स्वागत गर्नु गरिरहेका छन् । संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराएरै बाहिरबाट जनशक्ति लगिरहेको छ । 

नेपालमा थप रोजगारी सिर्जना गर्नै नसकिने हो र ? सकिन्छ । जस्तो कृषि क्षेत्रमा रोजगारी सिर्जनाका लागि व्यावसायिक बनाउनु पर्छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन प्रधानमन्त्री कृषि कार्यव्रmमको प्रभावकारी कार्यान्वन, निःशुल्क तालिम, आधुनिक कृषि प्रविधि अवलम्बन, उन्नत बिउबिजन, सहुलियत ब्याजदरमा ऋण सुविधा, लिज–सुविधा, सिँचाइ सुविधा, बिमा सुविधा, कृषि उपजको समर्थन मूल्य निर्धारण र बजार प्रत्याभूति गर्नु पर्छ । 

विकास आयोजनाका माध्यबाट रोजगारी सिर्जनाका लागि राज्यले अगाडि सारेका जलविद्युत्, सडक, रेलमार्ग, दु्रतमार्ग, हवाई मैदान, विशेष आर्थिक क्षेत्र, प्रसारण लाइनलगायतका भौतिक पूर्वाधारसम्बन्धी आयोजना शिघ्र कार्यान्वयनमा जोड दिनु पर्छ । यसका निमित्त लागत अनुमान, बोलपत्र आह्वान, ठेक्का व्यवस्था, खरिद सम्झौता, जग्गा प्राप्ति, रुख कटानी, वातावरणीय प्रभाव मूल्याङ्कनका क्षेत्रमा रहेका समस्या चाँडो समाधान हुनु पर्छ । उद्योगधन्दा तथा कलकारखाना स्थापनका माध्यमबाट रोजगारी सिर्जना गर्न मुलुकलाई आवश्यक पर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा सम्भव भएका कलकारखानाको स्थापनमा जोड दिनु पर्छ । 

नयाँपुस्ता स्वदेशमा बस्न नचाहनु वा विदेशमा उच्च शिक्षा हासिलपश्चात् फर्कन नचाहनुमा नेपालको राजनीतिक वातावरण, कर्मचारीतन्त्र, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता मूल रूपमा दोषी रहेकाले राजनीतिज्ञ, कर्मचारीतन्त्र, समाजसेवी, सामाजिक अभियन्ता, सामाजिक अगुवा आदिले आआफ्नो रवैयामा सुधार गरी युवापुस्ताको मानसपटलमा आशााको किरण जगाउन सक्नु पर्छ । यसका निमित्त कतिपय राजनेता, राजनीतिक दल, कर्मचारीतन्त्रले जर्गेना गरेको कुसंस्कृतिलाई तिलाञ्जली दिन सक्नु पर्छ ।

Author

ढुनबहादुर बुढाथोकी