आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी चिनी मिलको प्रदूषण विरुद्ध स्थानीय आन्दोलित
लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीयहरू आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारिरहेकोले उक्त प्रदूषण न्यूनीकरण गर्न मिलसँग माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् ।
माडीको वैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध
चितवनको माडीस्थित पर्यटकीय गन्तव्य वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि वैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो ।
दिगो विकासका लक्ष्य
पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेको दिगो विकास लक्ष्यको चर्चा छ । सरकारी स्तरमा दिगो विकासका लक्ष्यबारे छलफल भए पनि जनस्तरमा यस बारेमा खासै जानकार छैनन् । जनस्तरमा यस विषयमाथि पर्याप्त छलफल भएको छैन । वर्तमान विश्वमा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि जस्ता नयाँ समस्या झेलिरहेको विश्वका हरेक मानिसले दिगो विकास लक्ष्यबारे जानकार हुनु जरुरी छ ।
कांग्रेसले पार्टी सदस्यबाट लेबी उठाउने
नेपाली कांग्रेस गुल्मीले पार्टी सदस्यहरूबाट अनिवार्य रूपमा लेबी उठाउने भएको छ ।
‘तिमी आयौ, मेरो जीवन सार्थक बनायौ !’
लेख्न मन लागेको तर जाँगर नचलेको, नलेखुँ घरिघरि यो विषयले चिथोरिरहने, यसै कारण लेखेको हुँ । आजसम्मका कथा, निबन्ध वा लेख लेख्दा म स्पष्ट हुन्थ्येँ– कि कसरी विषयको पोयो उठाउ
दिमाग नष्ट गर्ने बानी
१. व्यायाम नगर्नु। व्यायाम गर्दा ‘ब्रेन–डराइभ्ड न्युरोट्रोफिक फ्याक्टर’ वृद्धि भएर स्मरण र सिकाइ शक्ति बढ्छ। २. भुँडे हुनु। पेटमा धेरै बोसो लागेमा ‘इन्फ्लामेसन’ हुन्छ। जसले गर्दा मस्तिष्क खुम्चिन्छ। शरीरमा धेरै बोसो भएको खण्डमा मस्तिष्कको ‘ग्रे म्याटर’ कम हुन जान्छ। ‘ग्रे म्याटर’ यस्तो तत्व हो जसले हाम्रो शारीरिक गति
प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन
नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा ८८ वर्षीय पूर्णानन्द शर्मा दाहालको निधन भएको छ । झापाको कमल गाउँपालिका वडा नं. ६ मा स्थायी रूपमा बस्दै आउनुभएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको हो ।
आमाबुबा नै अशक्त भएपछि तीन जना बच्चा बिचल्ली
बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीका रामकृष्ण थारु र लालमोहनी थारुको परिवार केहीवर्ष अघिसम्म हाँसीखुसी थियो । दैनिक घर परिवार चलाउन कुनै समस्या थिएन । पति, पत्नी, आमा, २ छोरी र एक छोरा सहित ६ जनाको परिवार गाउँकै नमुना परिवारको रूपमा थियो ।