पोखरालाई पर्यटकीय राजधानी बनाउने तयारी
देशकै ठूलो महानगर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीका लागि गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ।
बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित
नवलपुरमा बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्छन् ।
परम्परा जोगाउन भेडा जुधाई
बाँकेमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गुरुवागाउँ मेला सुरु भएको छ । जानकी गाउँपालिका ५, बेलहरीस्थित गुरुवागाउँमा लाग्ने उक्त मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
काठमाडौँवासीलाई मेलम्चीको पानी छिटोभन्दा छिटो खुवाउँछु : खानेपानीमन्त्री यादव
काठमाडौँवासीले सो पानी एक हप्ता भित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला उहाँले मङ्गलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
झापाको गौरादहको कार्की चोकमा मङ्गलबार बिहान सिटीसफारी र मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कटुवा पेस्तोल र बुलेट बरामद
मकवानपुरको राक्सिराङ गाउँपालिका १ स्थित दुङ्गुखोलाबाट प्रहरीले कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ। अपरिचित व्यक्तिले स्थानीयको पसल अगाडि एक थान कटुवा पेस्तोल र दुई थान बुलेट फालेर भागेकोको अवस्थामा प्रहरीले बरामद गरेको हो।
हिमालको काखमा रानीपौवा
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरबाट देखिएको धौलागिरि हिमश्रृङ्खला र रानीपौवा गाउँको दृश्य ।
सङ्घीय सरकारसँग सहकार्य मात्रै हैन सङ्घर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ। मङ्गलवार विराटनगरमा आयोजित स्थानीय तहको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो।
मधेश प्रदेश सभाको बैठक
बैठकमा प्रदेश सांसदको बोल्नेक्रम जारी रहेको छ । बैठकको कार्यसूचीअनुसार प्राकृतिक स्रोत तथा वातावरण समितिको सदस्यमा संजिलाकुमारी यादवलाई मनोनयनको लागि प्रस्ताव पेश गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।