• ८ पुस २०८१, सोमबार

इन्जिनियरको सङ्गठित भूमिका

blog

स्वदेश तथा विदेशमा आर्जन गरेको ज्ञान, सिप, क्षमता र अनुभवलाई देशको खातिर आकर्षित गर्नु पर्छ । यसका लागि सबै खाले विभेद, विकृति, सङ्कीर्णता, शोषण, व्यावसायिक विचलन तथा बदनामीको पहिचान गरी त्यस्ता तìवविरुद्ध सबैलाई लामबद्ध गर्न सके मात्रै इन्जिनियरिङ पेसा र पेसाकर्मीलाई मुलुकको समृद्धिको वाहक र कारक बनाउन सम्भव हुन्छ ।

केही दशकअघिसम्म पेसाकर्मीका रूपमा इन्जिनियरको गरिमा र महìव अग्रस्थानमा रहेको थियो । यसरी मुलुक र समाजले उच्च कोटीमा राखेको इन्जिनियरिङ जनशक्ति र यो क्षेत्रले पछिल्ला दिनमा अपेक्षित स्थान पाउन नसक्नुमा यो पेसा अपनाउने पेसाकर्मी स्वयम् र यसको व्यवस्थापन एवं उपयोगमा संलग्न सम्पूर्ण सरोकारवालाकै प्रमुख भूमिका रहेको मान्न सकिन्छ । समृद्ध मुलुक निर्माणको प्रमुख लक्ष्य लिएको मुलुकका लागि प्राविधिक जनशक्ति त्यसमा पनि इन्जिनियरको ठुलो माग र महìवपूर्ण भूमिका अपरिहार्य छ । 

जनशक्ति उत्पादनको दृष्टिकोणले नेपालमा विभिन्न विधाका इन्जिनियरको सङ्ख्या उल्लेख्य रहेको छ । देशभित्र सञ्चालित विभिन्न विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त इन्जिनियरिङ क्याम्पस, छिमेकी मुलुक भारत, चीनलगायत तेस्रो मुलुकबाट दीक्षित भएर इन्जिनियरिङका जनशक्ति उत्पादन हुँदै आएका छन् । कम्तीमा स्नातक उत्तीर्ण इन्जिनियरिङ जनशक्तिले नेपालमा व्यावसायिक अभ्यास गर्न नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ अनुसार नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता हुनु पर्छ । कानुनी व्यवस्था यो भए पनि सो सम्बन्धमा कडाइका साथ नियमन र अनुगमन हुन नसक्दा परिषद्मा दर्ता भएका इन्जिनियरको सङ्ख्यालाई नै नेपालमा उपलब्ध इनिजनियरिङ जनशक्ति भनी किटान गर्न कठिनाइ रहेको छ । 

विसं २०५१ सम्म नेपालमा इन्जिनियरिङको स्नातक अध्ययनका लागि अत्यन्त सीमित अवसर थियो । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पुल्चोक क्याम्पसमा सीमित कोटाका लागि मेधावी विद्यार्थीबिच तीव्र प्रतिस्पर्धा हुने गरेको थियो । त्यसबाहेकका विद्यार्थीका लागि विभिन्न छात्रवृत्ति कोटा तथा स्वलगानीमा भारत, चीन, तत्कालीन सोभियत रुसलगायत विभिन्न देशमा गई इन्जिनियरिङ अध्ययन गर्नुपर्ने बाध्यता थियो । नेपालमा इन्जिनियरिङ जनशक्तिको तत्कालीन अभावलाई मनन गरी इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत सञ्चालन भइरहेको दुईवर्षे प्रवीणता प्रमाणपत्र तह (आइई) को पाठ्यव्रmममा सुधार गरी त्यसलाई तीनवर्षे डिप्लोमा बनाई मध्ययमस्तरीय दक्ष इन्जिनियरिङ जनशक्ति तत्काल उत्पादन गर्ने नीति अङ्गीकार गरिएको थियो । सरकारको पछिल्लो नीति अनुरूप सो पाठ्यव्रmम हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मार्फत विद्यालय शिक्षाको रूपमा देशभरि सञ्चालनमा रहेका छन् । नेपालको प्राविधिक क्षेत्रमा यो तहको जनशक्तिको ठुलो योगदान रहेको छ । 

अहिले पनि सानादेखि ठुला आयोजनामा सबइन्जिनियर अर्थात् डिप्लोमा इन्जिनियर (साधारण बोलीचालीको भाषामा ओभरसियर) जनशक्तिको माग, उपयोग र जिम्मेवारी महìवपूर्ण रहेको छ । इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण गरेका जनशक्तिलाई मात्र इन्जिनियरको परिभाषामा राखी परिषद्मा दर्ता गर्ने विद्यमान नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को व्यवस्था भएकाले मुलुकको विकास निर्मणमा वर्षौंदेखि उल्लेख्य योगदान दिएको यो तहको जनशक्तिको दर्ता, नियमन, अनुमगन तथा पहिचान स्थापना गर्न विद्यमान कानुन चुकेको देखिन्छ । यसले नेपालको इन्जिनियरिङ जनशक्ति तथा इन्जिनियरिङ पेसाको जग कमजोर बनाएको छ । 

नेपाली इन्जिनियरिङ जनशक्तिको ज्ञान, सिप, क्षमता र सम्भावनाले पूरै विश्वलाई आकर्षित गरिरहेको छ । पछिल्लो दशकमा हामीले यस्ता विश्व प्रतिस्पर्धी जनशक्तिलाई मुलुकभित्रै आकर्षित गर्न, थेग्न र आशा दिलाउन चुकिरहेका छौँ । यसमा सरोकारवाला गम्भीर भएर सोच्ने बेला आएको छ ।

२०५० को दशकपछि नेपालभित्रै इन्जिनियरिङ शिक्षा लिन चाहनेका लागि सरकारी तथा निजी पहलबाट खुलेका विभिन्न क्याम्पसले राम्रो अवसर प्रदान गरेका हुन् । फलस्वरूप देशभित्रै काम गर्दै पढ्ने, केही वर्ष काम गरेर पढ्ने, केही रकम खर्च गरेर पढ्ने, धेरै मेहनत गरेर प्रतिस्पर्धामा उच्च स्थान हासिल गरी छात्रवृत्तिमा पढ्नेहरू छन् । धेरै रकम खर्च गरेर विदेश गएर पढ्न नसक्ने, आफ्नै सहरमा परिवारसँगै वा स्वदेशमै रहेर पढ्ने चाहना भएका सबैका लागि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली इन्जिनियरिङ जनशक्ति नेपालमै उत्पादन भएकाले नै अहिले सङ्ख्यात्मक रूपमा इन्जिनियरको विकास हुन सकेको हो । दुई दशक अघिसम्म पनि स्नातक उपाधि प्राप्त इन्जिनियरिङ जनशक्तिको अभाव रहेको मुलुकमा अहिले स्नातकोत्तर उपाधि प्राप्त जनशक्ति उच्च दरमा उत्पादन भइरहेका छन् । नेपालमा उत्पादित इन्जिनियरिङ जनशक्तिले विश्व प्रतिस्पर्धाका हरेक मञ्चमा अग्रस्थानमै प्रतिस्पर्धा गरिरहेका छन् । अहिले विश्वका विकसित मुलुकका विश्वविद्यालय तथा व्यावसायिक प्रतिष्ठानमा नेपाली इन्जिनियरिङ जनशक्तिको सङ्ख्या, ख्याति र प्रभावकारी संलग्नता बढिरहेको छ । नेपाली इन्जिनियरिङ जनशक्तिको ज्ञान, सिप, क्षमता र सम्भावनाले पूरै विश्वलाई आकर्षित गरिरहेको छ । पछिल्लो दशकमा हामीले यस्तो विश्व प्रतिस्पर्धी जनशक्तिलाई मुलुकभित्रै आकर्षित गर्न, थेग्न र आशा दिलाउन चुकिरहेका छौँ । यसमा सरोकारवाला गम्भीर भएर सोच्ने बेला आएको छ ।

नेपालमा इन्जिनियरको हकहित, पेसागत सुरक्षा तथा एकताका लागि छाता सङ्गठनका रूपमा ६२ वर्षदेखि नेपाल इन्जिनियर्स एसोसियसन व्रिmयाशील रहेको छ । स्थापना भएको स्मरण गर्दै साउन ३ गतेकोे दिनलाई हरेक वर्ष नेपाली इन्जिनियरहरूले इन्जिनियर दिवसका रूपमा देशभित्र र विदेशमा समेत मनाउँदै आएका छन् । समृद्ध मुलुक निर्माणको अभियान राज्यको पहिलो प्राथमिकता भएको अहिलेको सन्दर्भमा विकास निर्माणका लागि मेरुदण्डका रूपमा रहेका इन्जिनियरिङ जनशक्तिको सङ्ख्या, अवस्था, मनोबल, योगदान र भविष्य कस्तो छ भन्ने विषय यस एसोसियसनको प्रमुख चासोको विषय हुनुपर्ने हो । तथापि, मुलुकमा व्रिmयाशील अन्य पेसागत समूहहरू जस्तै यो एसोसियसन पनि राजनीतिक छायाले प्रभावित रहेको भनी आलोचनाको केन्द्रमा रहेको छ । 

अहिले पनि अधिकांश इन्जिनियरिङ पेसा अपनाएका जनशक्ति पेसागत रूपमै एकता, सबल र जिम्मेवार हुनु पर्छ भन्ने मान्यतामा विश्वास गर्छन् । एसोसियसनमा त्यो अवस्थाको गुञ्जायस नहुँदा इन्जिनियरको ठुलो जमात अहिले पनि यसको मूलप्रवाहभन्दा टाढै रहेको देखिन्छ । इन्जिनियरको रूपमा सरकारी, गैरसरकारी, निजी तथा विभिन्न सङ्गठित संस्था एवं स्वव्यवसायमा लागेका इन्जिनियर पेसागत र सामाजिक हिसाबले हामी एउटै परिवारका हिस्सा हौँ भन्ने भावनाको विकास गर्न एसोसियसन चुकेको छ । पेसागत सङ्गठनको जरामा राजनीतिक मलजल परेपछि त्यसका हाँगाबिँगा र फलहरूमा मलजलको प्रतिविम्ब देखिनु स्वाभाविकै हो । सामाजिक र पेसागत सरोकारका साथ आमइन्जिनियरका भावनालाई प्रतिनिधित्व गर्नुपर्ने संस्थामा राजनीतिक आस्थाका आधारमा घोषित रूपमा प्यानल नै बनाई चुनावी प्रतिस्पर्धाबाट चुनिने एसोसियसनका पदाधिकारी र परिषद्का सदस्यबाट आमइन्जिनियरको साझा सरोकारको उठान हुन्छ भन्ने कुरामा स्वयम् मतदाता इन्जिनियरहरू विश्वस्त हुन सकेका छैनन् । 

आज इन्जिनियरिङ पेसामा रहेका इन्जिनियरबिच आपसमै खास प्रतिष्ठान, सेवा वा क्षेत्रमा कार्यरत रहेको एवं राजनीतिक र अन्य पहुँच भएको कारणबाट एकले अर्कालाई होचो वा कमजोर ठानी आफूलाई विशिष्ट देखाउने प्रवृत्तिले यसको पेसागत तथा सामाजिक चरित्र प्रतिनिधित्व गर्दैन । आफूले पेसाको गरिमा कायम गर्न सकियो भने मात्रै पेसाले आफ्नो गरिमा सुरक्षित गर्छ भन्ने भावनाबाट हरेक इन्जिनियर सदस्य परिचालित हुनु पर्छ । यसका लागि एसोसियसन र यसका प्रादेशिक तथा वैदेशिक संयन्त्रले नियमित तथा हस्तक्षेपकारी कार्ययोजना तय गरी लागु गर्नुपर्ने हुन्छ । अबका दिनमा पनि एसोसियसन फुर्सदका बेला समय दिने खालका पदाधिकारीबाट सञ्चालन गर्न खोजियो भने पेसागत गरिमा त खस्कँदै जान्छ नै आमइन्जिनियरको विश्वाससमेत गुमाउँदै जाने र यसको विकल्प पनि सिर्जना हुँदै जान सक्छन् । मुलुकलाई अत्यावश्यक अनि मेधावी जमातका विद्यार्थीको सुनौलो सपना र तिनका अभिभावकको ठुलो लगानीका साथ उत्पादन भएका इन्जिनियरिङ जनशक्तिको मनोबल उच्च राखी तिनले मुलुकलाई नै पहिलो प्राथमिकता दिने वातावरणको सिर्जना गर्न एसोसियसनले खास योगदान दिनुपर्ने हुन्छ । 

गत वर्ष इन्जिनियरको न्यूनतम पारिश्रमिक तोकेर सार्वजनिक गर्ने काम स्वागतयोग्य छ तर यसमा प्रभावकारी कार्यान्वयन र अनुगमनको संयन्त्र र कार्ययोजना बनाउन चुकेको देखिन्छ । आज पेसागत बजारमा हरेकको आफ्नो मूल्य र पेसाको स्वायत्त परिचय छ । इन्जिनियरिङ पेसाको पनि मूल्य, यसको स्वात्तता तथा पहिचान कायम गराउन नसकेको कारणले हरेक सङ्गठन तथा प्रतिष्ठानमा इन्जिनियरिङ पेसाकर्मी दोस्रो दर्जाका नागरिकका रूपमा व्यवहार गर्ने प्रचलन बढिरहेको छ । विश्वले मान्यता दिएको चारवर्षे स्नातक उत्तीर्ण गरी पेसागत लाइसेन्ससमेत प्राप्त गरेका इन्जिनियरलाई अझै पनि केही प्रतिष्ठानमा अधिकृतस्तरको छैटाँै तहबाट सेवा प्रवेश गराइने अन्यायपूर्ण अवस्था विद्यमान रहेको छ । विशेष गरी स्थानीय तहमा कार्यरत इन्जिनियरिङ जनशक्तिको क्षमता विकास, भौतिक सुरक्षा, पेसागत निर्णय प्रव्रिmया तथा सेवाको सुरक्षाका समस्याबाट आव्रmान्त रहेका छन् । उनीहरूलाई त्यो समस्याबाट मुक्ति दिलाउने तथा पेसागत मर्यादा र पदीय उत्तरदायित्वमा थप जिम्मेवार बनाउनेतर्फ पहलकदमी लिन पनि एसोसियसन बाहेक अरू कुनै उपयुक्त सङ्गठन देखा परेका छैनन् । 

अनुसन्धान, नवीनता र सिर्जनशीलता जस्ता तìवबिना यो पेसाले गति लिन सक्दैन । मुलुकमा हजारौँ इन्जिनियर उत्पादन भइसक्दा पनि आमइन्जिनियरको क्षमता विकासका लागि अनुसन्धान, अध्ययन तथा प्रशिक्षणका लागि बृहत्स्तरको प्रशिक्षण केन्द्र अर्थात् एकेडेमीको स्थापना त के यसको आवश्यकता र औचित्यसमेत राजनीतिक नेतृत्वसमक्ष अनुभूति गराउन सकिएको छैन । यस्तो बृहत् इन्जिनियरिङ एकेडेमी स्थापना गर्न सकियोस्, जहाँ सबै क्षेत्रमा कार्यरत सबै तहका इन्जिनियरिङ जनशक्तिलाई नियमित रूपमा एउटै लयमा प्रशिक्षित गर्न सकियोस् । कानुनद्वारा गठित नियमनकारी परिषद् तथा व्यावसायिक हकहितका लागि स्थापित एसोसियसनले व्यावसायिक अभिभावकको भूमिकाबाट यस क्षेत्रमा कार्यरत सम्पूर्ण इन्जिनियरिङ जनशक्तिको क्षमता विकास गराई उच्च मनोबलका साथ जिम्मेवारीपूर्ण कार्यसम्पादन गर्न उल्लेख्य भूमिका निर्वाह गर्न सक्छन् । स्वदेश तथा विदेशमा आर्जन गरेको ज्ञान, सिप, क्षमता र अनुभवलाई देशको खातिर आकर्षित गर्नुपर्छ । यसका लागि सबै खाले विभेद, विकृति, सङ्कीर्णता, शोषण, व्यावसायिक विचलन तथा बदनामीको पहिचान गरी त्यस्ता तìवविरुद्ध सबैलाई लामबद्ध गर्न सके मात्रै इन्जिनियरिङ पेसा र पेसाकर्मीलाई मुलुकको समृद्धिको वाहक र कारक बनाउन सम्भव हुन्छ ।

Author

हरिबहादुर थापा