लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग नेपालको भएकाले फिर्ताको लागि निरन्तर प्रयास र पहलको खाँचो भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ती भूभाग नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभयो ।
जीर्ण भवनभित्र क्याम्पसको पठनपाठन
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अधिकांश भवन जीर्ण अवस्थामा रहेको छ । करिब ५० बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहेको क्याम्पस प्रमुख लालमणी आचार्यले जानकारी दिनुभयो । भवन जीर्ण भए पनि त्यही भवनमा पठनपाठनको काम हुँदैआएको छ ।
नेता बिप्लबसहितका नेता कार्यकर्ताविरुद्ध पक्राउपूर्जी जारी
जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेता–कार्यकर्ताविरुद्ध पक्राउपुर्जी जारी गरेको छ । अदालतले सोमबार हातहतियार तथा खरखजाना मुद्दा, बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध मुद्दा, हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी कसुर गरेको भन्दै ३५ दिने पक्राउपुर्जी जारी गरेको हो ।
त्रिशुली नदी किनारमा बस खस्यो : १८ घाइते
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । चार जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट धादिङतर्फ जाँदैगरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो बस सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मन्त्री रावल र प्रहरी महानिरीक्षकबीच भेट
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच भेटवार्ता भएको छ । मन्त्री रावलको कार्यकक्षमा सोमबार दिउँसो उहाँहरुबीच भेटवार्ता भएको हो ।
विदेशी मजदुरको लागत सङ्कलन गर्न समितिको निर्देशन
संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत सङ्कलन गर्न निर्देशन दिएको छ ।
सर्लाहीको हरिपूर्वामा युवकको हत्या
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका –३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षका सुशीलकुमार यादवको हत्या भएको हो ।
महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन (फोटो फिचर)
प्रतिपक्षी दल नेकपा (एमाले) ले महँगी एवम् भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । एमाले उपत्यकाविशेष प्रदेश कमिटी, केन्द्रीय विभागहरु, उपत्यकाका स्थानीय जनप्रतिनिधिहरु, सम्पर्क मञ्चका सदस्य र सांसदहरु सोमबार भएको प्रदर्शनमा सहभागी हुनुभएको थियो ।
भीआइपीलाई सहज, नागरिकलाई सास्ती
पुरानो गृह मन्त्रालय परिसर सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग परिसरमा एक जना अपाङ्गता भएका नागरिक ह्वील चियरमा पसिना काढ्दै पुग्नुभयो । श्रीमतीका लागि राष्ट्रिय परिचयपत्र बनाउन परिसरसम्म पुग्न उहाँलाई निकै सास्ती खेप्नुप¥यो । प्रवेश गर्ने दक्षिणको मूल गेटदेखि सोध्दै–खोज्दै विभाग परिसर पुग्न उहाँलाई आधा घण्टा बढी समय खर्चिनुप¥यो । परिचयपत्रका लागि विवरण दर्ता गर्ने स्टेशनसम्म पुग्ने कुनै संकेत र साइनबोर्ड नदेख्दा आफूलाई सास्ती खेप्नुपरेको उहाँले गुनासो गर्नुभयो ।