लगानीकर्ताको खोजीमा अर्जुन सरोवर
दाङको अर्जुन खोलामा ड्याम बाँधेर सरोवरको रुपमा विकास गर्ने योजना जति चर्चा भए पनि कामको सुरुवात हुन सकेको छैन । लमही नगरपालिका र यस क्षेत्रका अगुवाको पहलमा अर्जुन क्षेत्रको रुपमा विकास गर्ने गरी प्रारम्भिक स्थलगत अध्ययन पनि भएको छ ।
घुस लिएको आरोपमा आन्तरिक राजस्वका कम्प्युटर अधिकृतविरुद्ध आरोपपत्र दायर
आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतले तीस हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ । कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग तीस हजार घुस माग गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त राजदूतद्वय हरिश्चन्द्र घिमिरे र डिल्लीराज पौडेलले राजदूत पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
बाघको आक्रमणबाट एकको मृत्यु
बाँके र बर्दिया निकुञ्ज वरिपरिका क्षेत्रमा आएर बाघले मानिसमाथि आक्रमण गर्नेक्रम छोडेको छैन । बर्दियामा बाघको आक्रमणबाट स्थानीय झुठारु थारूको मृत्यु भएको छ ।
भक्तपुरको मूपात्र जात्रा आजदेखि
इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज (सोमबार) साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।
खोलामा पुल बनेपछि स्थानीय खुसी
कपिलबस्तुको कपिलबस्तु नगरपालिका ६ र ९ जोड्ने रामजकिया खोलामा पुल बनेपछि स्थानीय खुशी भएको छन् । काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दैआएका सगरहवावासीले अब रामजकिया खोलामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।
विद्यालयलाई १४ थान कम्प्युटर
पाँचथरको कुम्मायक गाउँपालिका –२ घर भई हाल दक्षिण कोरियामा कार्यरत गजेन्द्र सेर्माले स्थानीय सिद्व सरस्वति माध्यमिक विद्यालय मङजावुङलाई १४ थान कम्युटर हस्तान्तरण गर्नुभएको छ ।
वरिष्ठ पत्रकार गौतम अस्पताल भर्ना
वरिष्ठ पत्रकार देवेन्द्र गौतम बीएण्डबी अस्पताल भर्ना हुनुभएको छ । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवम् प्रकाशक गौतमलाई निमोनिया देखएपछि उहाँले बीएण्डबी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ ।
सदगुरूद्वारा सिमकोट विमानस्थलमा प्रवचन
सदगुरू ( जग्गी वासुदेव ) ले सिमकोट विमानस्थलमा धार्मिक पर्यटक र सर्वसाधारणका लागि प्रवचन दिनुुभएको छ । लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने क्रममा उहाँले सो प्रवचन दिनुु भएको हो ।