महिलाका लागि श्वेतभैरवको प्रसाद
इन्द्रजात्राकै सिलसिलामा हुनमानढोकास्थित झन्डै १५ फिट अग्लो अनुहार रहेको श्वेतभैरवको मुखबाट प्रसादका रूपमा जाँडको धारा बगाइएपछि महिलाहरू ठेलामठेल गर्दै जाँड पिउन तम्सिएको देखिन्थ्यो। वर्षभरि हनुमानढोकास्थित नौझ्याले घरमा बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा सार्वजनिक प्रदर्शनमा आएपछि एक दिन महिलाहरूले मात्र श्वेतभैरव (हाथु द्यः)को मुख आएको जाँडको प्रसाद पिउने प्रचलन रहिआएको छ।
चाडपर्व लक्षित बजार अनुगमनका लागि निर्देशन
चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ।
प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश
गुल्मीमा प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको छ। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा वर्षेनी आर्थिक दायित्व बढ्दै गएपछि प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको हो।
प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव
बागलुङको गलकोट नगरपालिका –५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । नगरपालिकाले समयमै औषधी खरिद नगर्दा उपचारका लागि स्वास्थ्य चौकी पुगेका बिरामी मर्कामा परेका छन् ।
गलेश्वर मन्दिरको भेटी तीन करोड पुग्यो
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरस्थित गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटी रकम तीन करोड रुपियाँभन्दा बढी मौज्दात भएको छ ।
ललितपुर महानगरद्वारा मञ्जुश्री पेट्रोल पम्प सिल
ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । पम्प सञ्चालकले सार्वजनिक जग्गामा लामो समयदेखि सो पेट्रोल पम्प सञ्चालन गर्दैआएको र हटाउन पटक–पटक पत्र लेख्दा पनि अटेर गरेकाले पम्प सिल गर्नुपरेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।
कृषियोग्य जमिन बाँझो राख्न नपाइने
हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । कृषि क्षेत्रमा विभिन्न तालिम, विनाधितो ऋण, अनुदानसहितको कार्यक्रमहरु सञ्चालन गरिएकाले कुनै पनि खेतीयोग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले वताउनुभयो ।
न्यायोचित सिट बाँडफाँट नभए एक्लै चुनावमा : महामन्त्री सिंह
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गठबन्धन दलमा न्यायोचित सिट बाँडफाँट नभए आफ्नो दल एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । गृह जिल्ला प्युठानमा आज प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।
कुलुङ जनजातिमा सूचीकृत गर्ने प्रक्रिया सुरु
सरकारले अल्पसङ्ख्यक जातीय समूहमा राखेको राई जातिभित्रको कुलुङलाई जनजाति समूहमा सूचीकृत गर्ने प्रक्रिया सुरु भएको छ । स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै कुलुङ समुदायको जनघनत्व रहेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले कार्यपालिका बैठकबाट जनजाति समूहमा सूचीकृत गरेको हो । हालै बसेको गाउँ कार्यपालिका बैठकले कुलुङलाई जनजातिमा सूचीकृत गरेको हो ।