• ८ जेठ २०८१, मङ्गलबार

त्रिशुली नदी किनारमा बस खस्यो : १८ घाइते

blog

त्रिशुली नदी किनारमा खसेको माइक्रो वस । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, साउन १६ गते । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । चार जना गम्भीर घाइते भएका छन् ।  नारायणगढबाट धादिङतर्फ जाँदैगरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो बस सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर छ भने बाँकीको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । अपरान्ह ४ ः १५ बजे भएको दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

घाइतेहरुको परिचय अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई जुगेडीस्थित अस्थायी प्रहरी पोष्टबाट गएको टोलीले उद्धार गरेको थियो । घाइतेहरुको विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।