• ९ जेठ २०८१, बुधबार

काठमाडौँ महानगरपालिका प्रमुख शाहबाट खेलाडीलाई प्रोत्साहन

blog

काठमाडौँ, वैशाख १९ गते । उपत्यका व्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा बुधबार काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच फुटबल प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ भाग लिन आग्रह गर्नुभएको छ । ‘‘खेल खेल्नुअघि जितको आकाङ्क्षा राख्नुपर्छ, खेल समापनपछिको नतिजालाई सहज रूपमा स्वीकार गर्नुपर्छ ।’’

छाउनीस्थित नेपाली सेनाको अभ्यास मैदानमा पुगेर खेलाडीहरूलाई प्रमुख हौसला प्रदान गर्दै भन्नुभयो, ‘‘काठमाडौँको पहिचानमा खेल विधा सशक्त बन्न सक्छ भन्ने कुरा यहाँहरूको खेलले प्रमाणित गर्ने अपेक्षा गरेका छौँ ।’’