• ९ जेठ २०८१, बुधबार

मन्त्री रावल र प्रहरी महानिरीक्षकबीच भेट

blog

प्रकाशविक्रम शाह

धनगढी, साउन १६ गते । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच भेटवार्ता भएको छ । मन्त्री रावलको कार्यकक्षमा सोमबार दिउँसो उहाँहरुबीच भेटवार्ता भएको हो । 

मन्त्री रावलको सचिवालयका अनुसार भेटमा उहाँहरुबीच सङ्घीय प्रहरी ऐन नबन्दा भएका समस्या, सुदूरपश्चिमको विपत र उद्धार, प्रहरीका भौतिक पूर्वाधार निर्माण, शान्ति सुरक्षा, साइवरसम्वन्धी तालिम र लागु पद्धार्थ सेवनको नियन्त्रणमा छलफल भएको छ ।

मन्त्री डा. रावलले प्रहरीको क्षमता वृद्धि, भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दा महालेखाले प्रश्न उठाउनेगरेको कुरा सो अवसरमा प्रहरी महानिरीक्षकलाई बताउनुभएको थियो । प्रहरी महानिरीक्षक सिंह प्रहरी अस्पतालको उदघाटन गर्न सिंह धनगढी आएकोबेला मन्त्री रावललाई भेट्नु भएको हो ।