अव्यवस्थित सिंहदरबार (फोटो फिचर)
सङ्घीय राजधानी मात्र नभएर राज्यको प्रमुख निकाय रहेको सिंहदरबार क्षेत्र नै अव्यवस्थित रहेको पाइएको छ । सडक, सवारीसाधन, भवन तथा पार्किङ र अन्य क्षेत्र समेत भद्रगोल अवस्थामा छ ।
जाडोमा छालाको स्याहार
जाडोयामले छोएसँगै छालाको सौन्दर्य कायम राख्न चुनौतीपूर्ण बन्ने गर्छ। यो मौसममा छालाहरू रुखो र खस्रो हुने गर्छ भने जाडोयाममा खुट्टा फुट्ने, सुन्निनेजस्ता विभिन्न समस्या देखा पर्छन्। चिसोका कारण खुट्टाको छाला पाप्रा बनेर निस्कनेजस्ता समस्या पनि आउँछन्। त्यसैले जाडोयाममा खुट्टाको स्याहारमा विशेष ध्यान पु¥याउनुपर्छ।
उपप्रमुख डंगोलसँग इजरायलका राजदूत गोडेरको भेट
काठमाडौं, कात्तिक १८ गते। नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँग काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भेट गर्नुभएको छ। भेटका क्रममा राजदूत गोडेरले यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको बताउँदै यस पटक सहरी स्वास्थ्यका लागि खुला व्यायामशाला बनाउने कार्यक्रम सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो।इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो। उपप्रमुख डंगोलले इजरायल सरकारसँग सहकार्य गर्न सकिने बताउनुभएको छ। ‘‘काठमाडौँ महानगरले सार्वजनिक जग्गाको संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धनलाई नीतिका रूपमा लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ। दूतावासको प्रस्ताव हाम्रा कार्यक्रमसँग मिल्ने खालका छन्। हामी सहकार्यका लागि स्वागत गर्न चाहन्छौँ’’, भेटमा उपप्रमुख डंगोलले भन्नुभयो, ‘‘हामी सामुदायिक शिक्षाको स्तर सुधार गर्ने कार्यक्रममा छौँ। विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाउने यसको एउटा क्षेत्र हो। दूतावासले शिक्षक तालिम सञ्चालन गरिरहेको हामीलाई जानकारी छ। यस क्षेत्रमा पनि हाम्रो सहकार्य हुनसक्छ।’’ यसअघि काठमाडौं महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यसँग नेपालका लागि इजरायलका राजदूत वेनी ओमरले भेट गरेर आपसी हितका कुरा गर्नुभएको थियो।
दस महिनामा चार लाख ७३ हजार पर्यटक नेपाल आए
पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
निहारिकाको छोरोको डिएनए शिवराजसँग मिल्यो
लक्ष्मी चौधरीजनकपुरधाम, कात्तिक १८ गते। कुमारी आमा निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ।करिब नौ महिनाको सङ्घर्षपछि महोत्तरी जिल्ला जलेश्वरकी निहारिका राजपुतको छोराको डिएनए धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको हो।विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको निहारिकाले जानकारी दिनुभयो।निहारिकाले २०७९ साउन २७ गते राष्ट्रपति कार्यालय, शीतल निवास अगाडि आत्मादाहको प्रयास गर्नु भएको थियो। त्यसपछि भदौ ५ गते तत्कालीन कानुनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि निहारिकाले अनशन तोड्नु भएको थियो ।सहमतिमा उहाँको माग बमोजिम आरोपी श्रेष्ठसँग कुमारी आमा निहारिकाको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो। त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो। सो डीएनए रिपोर्ट श्रेष्ठसँग छोरासँग मिलेको शुक्रबार सार्वजनिक गरेको निहारिकाले बताउनुभयो।डिएनए रिपोर्ट आएता पनि सार्वजनिक गर्न नमानेपछि शुक्रबार निहारिका प्रधानमन्त्री निवास बालुवाटार गएर धर्नामा बस्नुभएको थियो। सो धर्ना पश्चात् रिपोर्ट सार्वजनिक गरिएको निहारिकाले बताउनुभयो। बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।
सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति हुनुभएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
पश्चिम सेती र तल्लो सानो सेती बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री एव्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताउनु भएको छ ।
बहुउपयोगी तुलसी
आज हरिबोधिनी एकादशी तुलसीको पूजा गरेर मनाइएको छ। हिन्दु धर्मावलम्बीका प्रायः घरमा तुलसीको बोट हुने गर्छ। हिन्दु धर्मावलम्बीले हरेक बिहान तुलसीको पूजा गरेर दिनको सुरुवात गर्ने गर्दछन्। तुलसी धार्मिक हिसाबले मात्र होइन औषधिको रूपमा पनि बहुउपयोगी हुन्छ।