जनगणना तथ्यपरक बनाउन सरकारलाई सांसदको सुझाव
सांसदहरुले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद जावेदा खातुन जागा, नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा
पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण सोमबारदेखि छ दिन विद्यालय बिदा दिने सूचना गरेको हो ।
धनगढीमा आधुनिक पार्क बन्ने
कैलालीको धनगढी उपमहानगरपालिकामा आधुनिक पार्क बन्ने भएको छ । वडा १ मा पार्क बन्ने भएको हो । पार्क निर्माणको प्रक्रियालाई सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले अघि बढाएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
दलित समस्या समाधानको माग गर्दै ज्ञापनपत्र
नेपाल उत्पीडित जातीय मुक्ति समाजका पदाधिकारीले विभिन्न माग राखी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई दलित समुदायको समस्या सम्बोधनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
भाइचारा र मेलमिलापले समृद्धि ल्याउँछ : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आपसी भाइचारा र मेलमिलापले खुसी र समृद्धि ल्याउने बताउनुभएको छ । मकवानपुर मुस्लिम समुदायले सोमबार हेटौँडा–४ जामे मस्जिदमा आयोजना गरेको प्रदेश प्रमुखहरूको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आफ्ना स्वतन्त्रता प्रयोग गर्दा अरुको स्वतन्त्रता हनन हुन दिएनौ भने मात्रै पनि समाज सभ्य र सुसंस्कृत हुने बताउनुभयो ।
दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दलीय समुदायको समेत प्रतिनिधित्व हुने गरी भूमि आयोग बन्ने बताउनुभएको छ ।
पिर्काले हानेर हत्या
बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको छ ।
दुई लाख नगदसहित झोला फेला
पोखरा महानगरपालिका–१३ भद्रकालीस्थित वडा कार्यालयको भवनभित्र दुई लाख नगदसहितको एक झोला फेला परेको छ ।
देशको गौरव भनेकै भाषा र साहित्य : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गर्नुभएको छ ।
मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम
प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् ।
सङ्कटमा रैथाने बाली
जिल्लाको भगवतीमाई गाउँपालिका–२ का ६३ वर्षीय प्रभाखर जैसीले आफ्नो बारीमा लोकल जातको मकैको बीउ लगाउँदा तीन मुरी उत्पादन हुन्थ्यो । लोकल जातको मकैको बीउको सट्टा १० वर्षदेखि मनकामना जातको उन्नत मकै लगाउनुहुन्छ ।
लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह
इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निशानाबाट ‘टाढा जान’ आग्रह गरेको छ । इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको छ।
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आग्रह गरेको छ ।
फुटसल प्रतियोगिताको उपाधि रोयल क्लबलाई
स्याङ्जाको वालिङमा भएको जिल्ला स्तरीय फुटसल प्रतियोगिताको उपाधि रोयल क्लबले जितेको छ । यस्तै वीड गाईज समूह दोस्रो भएको छ ।
स्वर्गद्वारीमा प्यागोडा शैलीको मन्दिर निर्माण गरिने
जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा प्यागोडा शैलीको मन्दिर निर्माण गर्न थालिएको छ ।
जापानमा वर्षाका कारण छ जनाको मृत्यु
जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति दिसानायकेद्वारा शपथ ग्रहण
श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो ।
‘पर्वोत्सव सहुलियत छुट मूल्य पसल’ सञ्चालनमा
चाडवाडलाई लक्षित गरेर रुकुमपश्चिममा ‘पर्वोत्सव सहुलियत छुट मूल्य पसल’ सञ्चालन गरिएको छ ।
शिक्षाको गुणस्तरमा ध्यान केन्द्रित गरौं : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि आइतबार सुरु गरेको अन्तरक्रिया जारी रहेको छ । मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल सम्पन्न भएको छ ।
ठमेलमा गुण्डागर्दीको आरोपमा ६३ जना पक्राउ
काठमाडौँको ठमेलबाट ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेले ठमेलस्थित एक रेस्टुरेन्टबाट आइतबार राति ६३ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ । एथेन्समा आयोजना हुने ३८औंँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज त्यसतर्फ प्रस्थान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीले जानकारी दिनुभयो ।
अस्पतालमा ‘शुक्रबारे हाटबजार’
धुलिखेल अस्पतालले समुदाय र किसानलाई अस्पतालसँग जोडेर स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘शुक्रबारे हाटबजार’ सुरु गरेको छ ।