• ११ असोज २०८१, शुक्रबार

दुई लाख नगदसहित झोला फेला

blog

सन्तोष सुवेदी

कास्की, असोज ७ गते । पोखरा महानगरपालिका–१३ भद्रकालीस्थित वडा कार्यालयको भवनभित्र दुई लाख नगदसहितको एक झोला फेला परेको छ । वडा कार्यालयका सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रङको भिर्ने झोलामा सो रुपियाँ फेला पारेको हो ।

अपरिचित व्यक्तिले छाडी गएकोमा हालसम्म कोही कसैले दाबी गर्न नआएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सुरक्षितसाथ वडा सदस्यको रोहबरमा खोली हेर्दा नगद तथा जिन्सी सामान फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सामान वडा प्रहरी कार्यालय रामबजारमा राखिएको, सामान कोही कसैको हुनसक्ने हुँदा प्रमाण लाग्ने कागजातसहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्न अनुरोध गरेको छ ।