झन्डै नौ सय हेक्टरमा गरिएको कृषि बालीमा क्षति
सिन्धुली जिल्लामा असोज महिनाको दोस्रो साता आएको बाढीपहिरोबाट झन्डै नौ सय हेक्टरमा गरिएको कृषि बालीमा क्षति पुगेको छ । तीन दिनसम्मको अविरल वर्षापछि जिल्लाका सुनकोशी नदी, रोसी खोला, मरिण खोला, बागमती नदी एवं विभिन्न खोलानालामा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले जमिन कटान र पुरेर कृषि बालीमा क्षति पुगेको कृषि विकास कार्यालय सिन्धुली
'प्रमुख प्रतिपक्षी दलले विरोधका लागि विरोध गर्दैछ'
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धार र पुनर्स्थापनाको कामको हेक्का नराखी प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बाढी पहिरो र डुवानका समयमा काम गर्न नसकेको आरोप लगाउनु उचित नभएको बताउनुभएको छ ।
पुरानो लुगाबाट झोला बनाउँदै विद्यार्थी
चाडपर्वका अवसरमा दिइएको बिदालाई कैलालीका एक विद्यालयको छात्राले हस्तकलाको सिप सिकेर सदुपयोग गरिरहेका छन् ।
श्रमदान गर्दै बेलायती नागरिक
नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको साझेदारीमा निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गरेका छन् ।
खेल नै खेल्न नपाइने नेपालगन्ज रङ्गशाला
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्ष देखि नेपालगन्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनु भएको छ ।
खोलानालाको अतिक्रमण हटाउने तयारी
धनगढी उपमहानगरपालिकाले धनगढीका खोलामा भएको अतिक्रमण हटाउने तयारी गरेको छ ।
फोहोरमा कवाडी खोजेर मोहोर जोड्दै
मोरङको सुन्दरहरैँचा–१० का ३४ वर्षीय दिनेश तामाङ र उहाँकी पत्नी सम्झना तामाङले फोहोरमा कवाडी सामान खोजेर घर चलाउन थालेको छ वर्ष भयो । फोहोरमा कवाडी सामान खो
रोजगारी खोज्न भारत पलायन
आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् ।
पटका मानव स्वास्थ्यविरुद्ध
नेपालीहरूको महत्वपूर्ण पर्व बडादसैँ सकिएसँगै अर्को उल्लासमय पर्व तिहारको रौनक सुरु भइसकेको छ ।
जलस्रोतको रणनीतिक उपयोग
पृथ्वी, आकाश र अन्तरिक्ष पटक पटक युद्धको चपेटामा पर्दै आएको छ ।
म्याग्दीको पर्यटकीय दोबा गाउँ
गलेश्वर, कात्तिक ८ गते । घरका छाना ढुङ्गाले छाएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ । यो पर्यटकीय गाउँ हो । तस्बिरः रासस
संयुक्त राष्ट्रसङ्घ आशाको दीप
संयुक्त राष्ट्रसङ्घको ७९ औँ वर्षगाँठ बिहीबार मनाइँदै छ ।
‘सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ’
गएको असार ३१ गतेको दिन, जब मैले पदको शपथ लिँदै थिएँ, मैले तपाईंहरूको नाममा शपथ लिएको थिएँ । किनभने यो सरकार तपाईंहरूको आशा, तपाईंहरूको सपना र तपाईंहरूको विश्वासले बनेको हो ।
प्युठानमा भैरव नाच प्रदर्शन
अर्घाखाँचीको चर्चित भैरव नाच प्युठानमा देखाइएको छ । जिल्ला सदरमुकाम खलङ्गा र बिजुवारमा पहिलो पटक भैरव नाच प्रदर्शन गरिएको हो ।
पुण्यतिथिमा ‘खैँजडी भजन’
लुम्बप्रसाद सुवेदीको ‘खैँजडी भजन’ लोकगीतसङ्ग्र्रह सार्वजनिक गरिएको छ ।
साठी लाखको भिडियो
नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठुलो लगानीमा भिडियो छायाङ्कन गरिएको दाबी गरिएको छ ।
‘१२ गाउँ’ को शृङ्खला बन्ने
विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को दोस्रो शृङ्खला बन्ने भएको छ ।
मनाङ गाउँ र मर्स्याङ्दी नदी
हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँ र पृष्ठभूमिमा मर्स्याङ्दी नदी । उक्त गाउँ समुद्री सतहदेखि तीन हजार ५४० मिटर उचाईमा अवस्थित छ ।
घरज्वाइँको पीडा ‘ज्वाइँ साब’
दीपकराज गिरीको चलचित्र ‘छ एकान छ’ का नायकमध्ये एक भएर अभिनय गर्नुभएका जितु नेपाल चलचित्र ‘ह्यारी कि प्यारी’ मा नायककै रूपमा देखिनुभएको थियो ।
फ्यानको चुनाव पुनः हुने
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को चुनाव आगामी तीन महिनाभित्र पुनः हुने भएको छ । भदौ २८ गते भएको फ्यानको ३२ औँ साधारण सभा तथा अधिवेशनमा नयाँ कार्यसमितिका लागि चुनाव भएको थियो ।
आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।
आमा सम्झाउने ‘मातृचक्र’
सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् ।
औषधीको मूल्य समायोजनका लागि सुझाव समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध हुने गरी मूल्य समायोजन आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव समिति गठन गर्नुभएको छ ।
गोलभेँडाको मूल्य हालसम्मकै उच्च
पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ ।