• १० कात्तिक २०८१, शनिबार

साठी लाखको भिडियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ८ गते । नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठुलो लगानीमा भिडियो छायाङ्कन गरिएको दाबी गरिएको छ । भिडियोका निर्देशक सञ्जय न्यौपानेले म्युजिक भिडियो ‘मालती’ मा ६० लाखभन्दा बढी लगानी रहेको दाबी गर्नुभयो ।

भिडियोको शीर्ष भूमिकामा अभिनेतृ साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गर्नुभएको छ । बुधबार गीतको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । सौरभ लामाले खिच्नुभएको भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गर्नुभएको हो ।