अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेतीमा नोक्सान
फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो ।
सगरमाथा क्षेत्रमा नौ हजार पर्यटक
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुई जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
मुस्ताङको सौन्दर्य चित्रमा
कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृष्यलाई चित्रमा उतारेका हुन् ।
साहित्यका मुकुटमणि देवकोटा
नेपाली साहित्यका एक सशक्त महान् प्रतिभा, असाधारण बहुमुखी साहित्यिक व्यक्तित्वका धनी, युग द्रष्टा र भविष्य स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाले (विसं १९६६–२०१६) आफ्नो सम्पूर्ण जीवन नेपाल र नेपालीको सेवा तथा नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित गर्नुभयो ।
ओस्कार प्रतिस्पर्धामा साम्भाला
‘साम्भाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको नेपाली फिल्म हो ।
‘साहित्यिक रत्न’
नेपाली साहित्यको विकासमा एक अद्वितीय रूपमा सान्दर्भिक रहेको नाम महाकवि लक्ष्मीप्रसाद देवकोटा हो ।
आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
खानेपानी योजना पूरा हुनै लाग्दा स्थानीय हर्षित
चार हजार परिवारको प्यास मेटाउने खानेपानी आयोजना छत्रदेव गाउँपालिकामा अन्तिम चरणमा पुगेको छ ।
भूगर्भविद् पुगे बेथानचोक
असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति पु¥याएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा अध्ययन, अवलोकनका लागि भूगर्भविद्को टोली पुगेको छ ।
जनप्रतिनिधि र कर्मचारी पनि विदेशतिर
पछिल्लो समयमा देशमा रोजगार नभएको भन्दै विदेश जानेको लर्को लाग्ने गरेको छ तर गुल्मीमा जनप्रतिनिधि र सरकारी जागिर खाएकै व्यक्तिहरू रोजगारीकै लागि विदेश जाने गरेको पाइएको छ ।
माछाको खोजी
सुनसरी भोक्राहा नरसिंह गाउँपालिकास्थित माछाको खोजी गर्दै स्थानीय।
ठेक्का तोड्ने सरकारको चेतावनी
चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा आलटाल गरिरहेपछि सरकार ठेक्का तोड्ने तयारीमा पुगेको छ ।
पुल नबन्दा स्थानीय चिन्तित
पूर्वी नवलपरासीको बुलिङटार र तनहुँको ऋसिङ गाउँपालिकाको गडगडी घाटको कालीगण्डकी नदीमा पुल निर्माण सुरु भएको ११ वर्ष भएको छ । तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भएपछि स्थानीय चिन्तित भएका छन् ।
जग नबन्दै अलपत्र नगरपालिकाको भवन
रास्कोट नगरपालिका अन्तर्गत वडा नम्बर २ कार्यालयको भवन जग नबन्दै अलपत्र परेको छ । ठेकेदारको बदमासीले बिचैमा काम रोकेपछि भवन निर्माण अलपत्र हुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् ।
सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढे
धान, मकै, गहुँ र उखु उत्पादनका लागि प्रसिद्ध मानिएको जिल्लाको सिगास क्षेत्रमा सिँचाइ र सडक नहुँदा बसाइँसराइ गर्ने बढेका छन् ।
दस वर्षसम्म बनेन पुल
डडेलधुरा जिल्लाका गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने पुल एक दशकसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ती पाउन थालेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
स्वास्थ्य सेवा प्रभावकारी बनाउन सुझाव
सडक दुर्घटना, मांसपेशी तथा अटिजमलगायत विभिन्न घटनाबाट शारीरिक अपाङ्गता भोगेकालाई उचित स्वास्थ्य सेवा दिइने स्वास्थ्य पुनस्र्थापना सेवा सदरमुकाममा केन्द्रित भएकाले अब पालिका तहसम्म पु¥याउन सुझाव दिइएको छ ।
रेडियो–टेलिभिजन एउटै छानामुनि
मुलुकमा विभिन्न सञ्चार माध्यमका साथै रेडियो तथा टेलिभिजनको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
पृथ्वी जोगाउने वैश्विक चुनौती
यो वर्षको मनसुन बाहिरिनै लाग्दा विशेष गरी देशको पूर्वी र मध्य क्षेत्रमा गत असोज ११ र १२ गते आएको भीषण वर्षाले कीर्तिमानी रूप धारण ग¥यो ।
रुकुमकाे साख गाउँ
रुकुम, कात्तिक १० गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको साख गाउँ । यो गाउँ जिल्लाको एक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । तस्बिरः रासस
अमेरिकी चुनाव र विश्वशान्तिको कामना
अमेरिकामा स्थानीय (मेयर, सिटी काउन्सिल, स्कुल बोर्ड) र फेडरल (राष्ट्रपति–उपराष्ट्रपति, कङ्ग्रेस– हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेट) तथा स्टेट, प्राइमरी चुनाव हुन्छन् ।
उच्च शिक्षामा एआईको प्रभाव
डिजिटलमय युगमा सामाजिक, शैक्षिक, आर्थिक अथवा अरू कुनै क्षेत्रमा सबैभन्दा महत्वपूर्ण प्रविधि भनेकै आर्टिफिसियल इन्टेलिजेन्स (एआई ) हो ।
धार्के–सीतापाइला सडक कालोपत्रे गरिँदैै
त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्डको चापलाई घटाउन २०४५ सालबाट निर्माण सुरु गरिएको धार्के–सीतापाइला सडक कालोपत्रे सुरु गरिएको छ । धुनीबँेसी नगरपालिका–५ को कार्यालय अमलेचौरदेखि ठुलोखोलासम्म नौ किलोमिटर सडक कालोपत्रे सुरु गरिएको हो ।