एमाले सचिवालय बैठक सुरु
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ । शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो ।
६ करोड बढीको अकबरे खुर्सानी बिक्री
रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका किसानले यस वर्ष ६ करोड बढी मूल्यको अकबरे खुर्सानी बिक्री गरेका हुन् ।
विश्वको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताउनुभएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।
तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता : ६४ चिनियाँसहित १२ सयभन्दा बढी सहभागी
हिमालयन टुरिजम फोरमको आयोजनामा सुरु भएको तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले पोखराको बाराहीघाट शनिबार शुभारम्भ गर्नुभएको छ ।
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा १७ जनाको मृत्यु
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् ।
घुम्थाङमा तीन करोड लागतमा गुम्बा निर्माण
बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा तीन करोड लागतमा श्री नेपाल फाम्तिङ गुम्बा निर्माण सम्पन्न भएको छ ।
निस्दी र मणिमुकुन्दबिच उपाधिका लागि प्रतिस्पर्धा हुने
मण्डली कपका लागि निस्दी भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । कात्तिक २१ गतेदेखि पाल्पाको पूर्वखोला–१, सिलुवामा जारी आठौँ मण्डली कपको उपाधिका लागि यी दुई क्लबबिच शनिबार प्रतिस्पर्धा हुँदैछ ।
वनमन्त्री शाही कोप–२९ मा भाग लिन अजरबैजान प्रस्थान
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गर्नुभएको छ ।
दुर्गममा बसेर दश कृति प्रकाशन
साहित्यकार कर्ण दयाल ‘सोराडी’ ले दुर्गममा बसेर पनि १० वटा साहित्यिक कृति प्रकाशन गर्नु भएको छ । पछिल्लो कृतिका रूपमा उहाँले ‘दोपानी’ लघुकथा सङ्ग्रह बजारमा ल्याउनुभएको हो ।
संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी: नेता सिटौला
राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताउनुभएको छ ।
कला प्रदर्शनीमा रमाउँदै विद्यार्थी
बिहीबारदेखि नेपालगन्जमा सञ्चालन भएको वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको ‘श्यामानन्द वृहत् एकल कला प्रदर्शनी’ को अवलोकन गर्न आएका विद्यार्थी रमाएका छन् ।
कविडाँडा आख्यान पुरस्कार प्रा. कृष्ण गौतमलाई
कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार सौराहामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा प्रा. गौतमको अद्धैत उपन्यासका लागि सो पुरस्कार प्रदान गरिएको हो ।
‘गणेशमानको आदर्श पछ्याउन जरुरी’
नेपाली कांग्रेसका संस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर लौहपुरुष गणेशमान सिंहले देखाएको आदर्शलाई पछ्याउन जरुरी रहेको वक्ताहरूले बताएका छन् ।
पुस्तक समीक्षा: ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा
लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ ।
लुम्बिनीको गौरवका आयोजना प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु भएको हो ।
गौतम बुद्ध विमानस्थलबाट एकसाथ तीन अन्तर्राष्ट्रिय उडान, जजिराको पनि उडान सुचारु
कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको छ ।
लोकतान्त्रिक गणतन्त्र बचाउन सरकार र राजनीतिक दल चुक्नु हुँदैन: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताउनुभएको छ ।
अलैँचीको मूल्य लाख नजिक
कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धिको क्रमसँगै प्रतिमन एक लाख रुपियाँ नजिक पुगेको छ ।
फैलिँदो लोकोत्सव छठ
छठ लोकोत्सव मिथिलाञ्चलको सबैभन्दा ठुलो चाड त छँदै छ यो सबैभन्दा लोकप्रिय र लोकतान्त्रिक पनि छ ।
धान झाँट्दै कृषक
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जलजलेमा परम्परागत शैलीमा धान झाँट्दै स्थानीय कृषक । यतिबेला कृषकलाई स्याहार्ने चटारो छ ।
पर्यटकीयस्थल खटाङ
सुर्खेतको गुर्भाकोट नगरपालिका–८, मेहेलकुनामा चारैतिरबाट भेरी नदीले घेरेको पर्यटकीयस्थल खटाङ क्षेत्र ।
अनफ्रेन्ड [कथा]
एउटा फेसबुक स्टाटसले आकर्षित गर्यो । पढ्न थालेँ, “माफ गर्नुहोला, जो मलाई नचिने जस्तो गर्नुहुन्छ ।
सस्वरमा चराहरू (कविता)
साँझतिर घर फर्कंदा चराका बथानका बथान सधैँ बस्ने रुखका हाँगा हाँगामा बेतोडले भित्रैदेखि चिच्च्याई चिच्च्याई चहचहाइरहेका थिए ।