यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।
कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो
आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ ।
आज फाल्गुनन्द जयन्ती
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
विपत् व्यवस्थापनमा विलम्ब
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको विपत्ले नेपालमा ठुलो जनधनको क्षति भयो ।
लोकप्रियतावादको प्रभाव
नेपालको राजनीतिमा पनि लोकप्रियतावादको प्रभाव छ ।
आज देशभरको मौसम सफा रहने
हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
समाज सुधारक महागुरुको स्मरण
पिता जगनबाज लिम्बू लिङ्देन र माता हङ्समती बेघा लिङ्देनको पुत्रको रूपमा विक्रम संवत् १९४२ साल कात्तिक २५ गते ( सन् १८८५, नोभेम्बर १० तारिख) इलाम जिल्ला, माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ इभाङ, चुक्चिनाम्बामा महागुरु फाल्गुनन्दको जन्म भएको थियो ।
सहुलियत पसलको कारोबार बढ्यो
चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यस वर्ष बढेको छ ।
एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे
रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन् ।
सातै प्रदेशमा आधुनिक गोदामघर
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातै प्रदेशमा आधुनिक गोदामघर निर्माण गर्ने भएको छ ।
क्यानभासमा ‘रङहरूको ध्वनि’
केही विदेशीसहित नेपाली कलाकार अहिले पोखरामा कलाका विभिन्न कार्यक्रममा व्यस्त छन् । ‘रङहरूको ध्वनि’ नाम दिइएको अन्तराष्ट्रिय कला कार्यक्रम बिहीबारबाट जारी छ ।
तीन कृतिमाथि अन्तरविमर्श
साहित्यकार रमेश भान्दाइद्वारा लिखित कृतिहरू गङ्गाजल (लघुकथासङ्ग्रह), न आदि न अन्त्य (कथासङ्ग्रह) र बन्द ढोका (उपन्यास) माथि अन्तरविमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
चलचित्रकर्मीबिच चलचित्रकै कटाक्ष
नेपाली चलचित्रको अहिले जताततै चर्चा छ । विशेष गरेर दसैँतिहारलक्षित एकैसाथ एकभन्दा बढी चलचित्र प्रदर्शन भएपछि चलचित्रले चर्चा नबटुल्ने कुरै भएन ।
अलैँचीको मूल्य एक लाखनजिक
कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ ।
निःशुल्क कृत्रिम खुट्टा वितरण
मारवाडी सेवा समिति अन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४ औँ गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ ।
फाल्गुनन्दको मार्गनिर्देश अनुसरणयोग्य
राष्ट्रपति रामचन्द्र पौडेलले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनले देखाउनुभएको बाटोमा हिँड्न सकेमा मुलुकको राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
बन्द भृकुटी कागज कारखानाका मजदुरले तलब पाउने
नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् ।
चौध लाख विद्यार्थीलाई मौका
राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ को विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा व्यवस्था गर्ने भएको छ ।
पूरा भएन प्रविधिमैत्री सार्वजनिक यातायात योजना
सार्वजनिक यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन सरकारले थुप्रै योजना अघि सारे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
पशु कल्याणका नियम कागजमै सीमित
पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा नगरे कारबाहीको भागिदारी बन्नुपर्ने नियमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।
रोजगारी अवसर उपलब्ध गराउन स्टार्टअप कार्यक्रम
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेस प्रदेश तथा मुलुकको अन्य ठाउँबाट बर्सेनि ठुलो सङ्ख्यामा युवाहरू रोजगारीका लागि पलायन हुने गरे पनि स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराउन सरकारले ल्याएको स्टार्टअप कार्यक्रम सहयोगी हुने बताउनुभएको छ ।
फोटो पत्रकार समूहमा पुनः वन्त
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) मा पुनः प्रदीपराज वन्त अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आगलागीमा दुई घर जलेर नष्ट, ११ लाख बरावरको क्षति
खोटाङमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । शनिबार दिउँसो खाजा पकाउने क्रममा भान्छाबाट सल्किएको आगोले रावाबेसी गाउँपालिका–५ दुबेकोलस्थित तल्लोदुबेका वीरबहादुर गुरुङको दुई वटा घर जलेर नष्ट भएको हो ।
गैससहरु विभेदको सिकार छन् : अध्यक्ष सुवेदी
गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले देशमा गणतन्त्र स्थापना भएर नयाँ संविधान कार्यान्वयनमा आउँदा पनि देशभर सञ्चालनमा रहेका गैरसरकारी संस्थाहरू विभेदको सिकार भएको बताउनुभएको छ ।