गैँडाको आक्रमणबाट एक घाइते
नवलपुरको गैँडाकोटमा गौँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ६ को नगर वनमा घाँस काट्न जाने क्रममा स्थानीय नेप्ते कुमाललाई गैँडाले आक्रमण गरेको हो ।
बाँदर नियन्त्रण टाउको दुःखाइ
पर्वतको कुस्मा नगरपालिकाका अधिकांश वडाले बाँदर आतङ्क कम गर्न बस्ती वरिपरिका रुख फँडानी अभियान नै चलाए ।
सडकका योजनाको प्रगति सुस्त
पूर्वाधार विकास कार्यालय पर्वतमार्फत जिल्लामा सञ्चालित सडकका योजनाको समयमा काम नहुँदा अपेक्षित प्रगति हुन सकेको छैन ।
दुई महिनामा पच्चिस दुर्घटना
बाँकेमा पछिल्ला दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ ।
रेसुङ्गा र मदानेमा नयाँ प्रजातिका चरा
चरा सर्वेक्षणका क्रममा गुल्मीमा नयाँ प्रजातिका चरा भेटिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
विदेशिए गोठाला, हराए गोठ
मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए ।
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गर्नुभएको छ ।
पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण सुरु
तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो ।
कटकुवाको दही चिउरा बटुवालाई मिठो परिकार
सुर्खेत–दैलेख सडकखण्डको छेडानजिक पर्ने कटकुवा दही चिउरा र खिरका लागि प्रख्यात छ ।
चार युवा मिलेर सुरु गरे व्यावसायिक बेसारखेती
डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् । वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायि
पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या
बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ । विसं २०७५ मा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो ।
पोषणको अवस्था सुध्रिँदै
कर्णाली प्रदेशमा पछिल्लो समय पोषणको अवस्थामा सुधार हुँदै गएको छ ।
खैराबाङ मन्दिर पुनर्निर्माणमा ढिलाइ
यहाँको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरको पुनर्निर्माणको काम रोकिएको छ । बहुवर्षीय आयोजनाका रूपमा रहेको पुनर्निर्माणको कार्य बजेट कार्यान्वयन नगर्दा तत्काललाई रोकिएको हो ।
आरक्षण कोटा बढाउने गरी ऐन संशोधन गर्न सुझाव
सुदूरपश्चिम प्रदेशका थारू र रानाथारू समुदायले प्रदेश सरकारले बनाएको सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन २०८१) लाई संशोधन गर्न सुझाव दिएका छन् ।
पर्यटकलाई धर्मशाला
मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई खान, बस्न र भजनकीर्तन गर्न धर्मशाला तयार भएको छ ।
सहकारी ठगीका कर्तुत
आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अनेक आयामले समाजको मुहार प्रतिविम्बित गर्छ । व्यक्ति, परिवार तथा समूह मिलेर बन्ने समाजमा अनेक खालका सङ्घसंस्था हुन्छन् ।
प्रतिवेदन कार्यान्वयनको प्रतीक्षा
सहकारी दुरुपयोग रोक्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसद्मा प्रतिवेदन प्रस्तुत गरेको छ ।
उपभोक्ता अधिकार संरक्षण
प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार हुन्छ ।
सहरी बसोबास समाजशास्त्र
नेपालको कुल जनसङ्ख्याको ६३ प्रतिशत नगरपालिकामा बसोबास गर्ने तथ्याङ्क सार्वजनिक भइरहँदा पछिल्ला दुई दशकमा ग्रामीण भेगबाट नगर क्षेत्रतिर स्थानान्तरण हुने र गाउँ पातलिँदै जानाले नेपाली समाजको जनसाङ्ख्यकीय र समाजशास्त्रीय स्वरूपमा भएका व्यापक फेरबदल सतहमा आएका छन् ।
डिजिटल युगको आमसञ्चार
विविध पृष्ठभूमि भएका जनसमुदायसम्म उन्नत प्रविधियुक्त माध्यमका सहायताले सङ्गठित संस्थाबाट एकसाथ जानकारीमूलक वा मनोरञ्जनात्मक सन्देश प्रवाह गर्ने क्रियाकलाप आमसञ्चार हो भन्ने विज्ञहरूको साझा बुझाइ छ । सरोकारवाला पक्षले यससँग गाँसिएर देखा पर्ने अनेक प्रश्नको सामना गर्दै जाने क्रम रहन्छ नै ।
यस्तो छ आजको मौसम पूर्वानुमान
मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
अस्करमा ‘शाम्भाला’ छनोट
दी एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७ औँ एकेडेमी अवार्डका लागि नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रका रूपमा ‘शाम्भाला’ छनोट भएको छ ।