• १२ असोज २०८१, शनिबार

गैँडाको आक्रमणबाट एक घाइते

blog

बोमलाल गिरी

नवलपुर, असोज ६ गते । नवलपुरको गैँडाकोटमा गौँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ६ को नगर वनमा घाँस काट्न जाने क्रममा स्थानीय नेप्ते कुमाललाई गैँडाले आक्रमण गरेको हो । 

आक्रमणबाट घाइते कुमालको जिल्ला सरकारी अस्पताल, चितवनमा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ । घाइते कुमालको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।