नौ दललाई नाम फेर्न निर्देशन
निर्वाचन आयोगले नौ राजनीतिक दललाई यथाशीघ्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ । करिब एक वर्षअघि दिइएको निर्देशन पालना नभएको भन्दै आयोगले नौ दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको हो ।
विधिमै विभेदमा अवकाश प्राप्त कर्मचारी
सङ्घीय निजामती सेवा विधेयकको दफाबार छलफलमा संलग्न सरकारका उच्च पदस्थ कर्मचारीले आफूलाई समेत लाभ हुने गरी कानुनी व्यवस्था गरेको पाइएको छ ।
ट्याक्टरबाट खसेर एकको मृत्यु
झापाको झापा गाउँपालिका –३ को भित्री सडक खण्डस्थित झाँटीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
सरकारले जनताको विश्वास जित्नुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले अब जनताको विश्वास जित्नुपर्ने बताउनुभएको छ। महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने विषयमा सरकारले अझै कामको गति अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो।
कोहलपुरमा शिखा स्विमिङ प्रतियोगिता हुँदै
प्रथम शिखा जिल्लास्तरीय स्विमिङ प्रतियोगिता कोहलपुरमा हुने भएको छ । नेपालगञ्ज स्विमिङ क्लबको सहकार्यमा यस प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
दोस्रो पटक म्याद थपका लागि नेता मिश्र र जबरालाई जिल्ला अदालत लगियो
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवल शमशेर जबरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको छ।
बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ।
रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस/दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।
तलब माग्दै नगरपालिका घेराउ
कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब भत्ता पाएका छैनन । मासिक रूपमा पाउनु पर्ने तलब भत्ता नपाएपछि मंगलबारदेखि नगरपालिका अगाडि चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।
आधारभूत विद्यालय चाक्लिघाट उत्कृष्ट
दाङ घोराहीको विकटमा रहेको आधारभूत चाक्लिघाट विद्यालय कक्षाको ८ को परीक्षाको नतिजामा उत्कृष्ट भएको छ । घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले कक्षा ८ को वार्षिक नतिजा निकालेको नतिजाअनुसार आधारभूत चाक्लिघाट पालिकाभित्र प्रथम भएको हो ।
ब्रान्ड बन्दै मही
धनकुटा नगरपालिका वडा नम्बर १ का डेरी व्यावसायी राजु घिमिरेले महीको ब्रान्डिङ सुरु गर्नुभएको करिब डेढ वर्ष भयो।
पूर्वराजामा संवेदनशीलता देखिएनः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताउनुभएको छ।
रेडियो नेपालले मनायो हीरक महोत्सव (फोटो फिचर)
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले आफ्नो औपचारिक स्थापनाको ७५ औँ वार्षिक उत्सव (हीरक महोत्सव) आज मनाएको छ ।
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता भएको छ ।
ज्याला नपाएको भन्दै मजदुरले रोके ठेकेदारको गाडी र डोजर
म्याग्दीको सडक योजनामा काम गर्ने मजदुरहरुले काम गरेको ज्याला नपाएको भन्दै ठेकेदारको गाडी र डोजर बेनीमा रोकेका छन् ।
पूर्वाधार बिना चार वर्षदेखि चलेको मंगलादेवी आवि
जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ८ बाँखरकोट गाँउमा रहेको श्री मंगलादेवी आधारभूत विद्यालयमा शौचालय र खेलमैदान नभएको करिव चार वर्ष भयो । विद्यालयमा शौचालय नहुँदा शिक्षक विद्यार्थीहरु खुल्ला शौच गर्न बाध्य छन् ।
निवृत्त राष्ट्रसेवकको अनुभव उपयोग गरिँदै
सरकारले डिजिटल शासन, सुशासन, प्रविधिमैत्री सेवा प्रवाह तथा प्रशासनिक सुधारका लागि सेवानिवृत्त निजामती कर्मचारीका ज्ञान, सिप र अनुभवलाई राष्ट्रसेवामा प्रभावकारी रूपमा उपयोग गर्ने भएको छ ।
अझै पहिचानरहित छन् बालबालिका
बल्खु निवासी राजेश ठकुरीले २८ वर्षको उमेरमा पनि जन्मदर्ता गर्न र नागरिकता बनाउन सक्नुभएको छैन ।
हिउँदे अधिवेशन अन्त्य, विधायिकी कार्य सुस्त
६१ दिन चलेको सङ्घीय संसद्को हिउँदे अधिवेशनबाट नौ वटा कानुन पारित र प्रमाणीकरणको प्रक्रिया पूरा भएको छ ।
अराजक गतिविधिमा नलाग्न आह्वान
नेपाल सरकारले आन्दोलनका नाममा हुने अराजक गतिविधिमा संलग्न नहुन आमनागरिकमा अपिल गरेको छ ।
अस्वस्थ तह नाघ्यो वायुप्रदूषणले
नेपालमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायुप्रदूषण बढ्दा जनजीवन प्रभावित बन्न थालेको छ । सुक्खा र कडा गर्मीसँगै बढेको डढेलो र आगलागीले मानव स्वास्थ्य प्रतिकूल हुने गरी वायुप्रदूषण बढाएको हो ।
विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा
सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदन रिट हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुनेभएको छ।
दीपक बोहोराको निधनले गृहजिल्ला रुपन्देही शोकमग्न
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहोरा र भैरहवा एक अर्काका पर्यायवाची जस्तै हुनुहुन्थ्यो। उहाँको निधनप्रति आबद्ध दल राप्रपा सत्ताधारी दल एमाले, काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), लोसपा, जसपा लगायत राजनीतिक दल र संघसंस्थाले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओली थाइल्यान्डमा
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंकक आइपुग्नु भएको छ। थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिनेक्रममा उहाँ आथ थाइल्यान्डको बैंकक आइपुग्नुभएको हो।