स्थानीयलाई सुपानेट झुल वितरण
रुपन्देहीको सम्मरीमाई गाउँपालिका –६ डिहुलीका स्थानीयलाई सुपानेट झुल वितरण गरिएको छ । वडा कार्यालयको आयोजना तथा वीर फाउन्डेसन नेपाल र नमस्ते बालबचाउ नेपालको व्यवस्थापनमा वडाभित्र रहेका ६ सय जनालाई एक–एक थानका दरले झुल वितरण गरिएको हो ।
मिक्वाखोलाका किसानलाई मिल वितरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले किसानलाई तोरी पेल्ने मिल (आयल एक्स्पेलर) वितरण गरेको छ । मिक्वाखोला गाउँपालिकाका पाँचमध्ये तीनवटा वडाका किसानलाई सो मिल वितरण गरिएको हो ।
कृषकलाई हाते ट्याक्टर वितरण
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । एक कार्यक्रमबीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यावसायिक रूपमा कृषिखेती गर्दैआएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कृषि औजार वितरण गरेको हो ।
उप्रधानमन्त्री श्रेष्ठद्वारा छेन्दुमा अन्तर्राष्ट्रिय मेला अवलोकन
जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको आज अवलोकन गर्नुभएको छ।
राष्ट्रसंघका उपमहासचिव जिन पियरे लुम्बिनी भ्रमणमा
संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पियरे ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ । चार दिवसीय भ्रमणका लागि नेपाल आउनुभएका उपमहासचिव पियरेलाई आज लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।
समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा भईनसकेको बताउनुभएको छ। बिहीबार राजधानीमा आयोजित जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउन लामो यात्रा तय गर्न बाँकी रहेको बताउनुभयो।
माग सम्बोधन गराउन अपाङ्गता भएकाहरू आन्दोलित
सुदूरपश्चिम प्रदेश सरकारले आफूहरूको माग सम्बोधनमा गम्भीर नबनेको भन्दै अपाङ्गता भएकाहरू आन्दोलित भएका छन् ।
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
असल आमाहरू सम्मानित
नारायण नगरपालिकाले असल आमालाई पुरस्कृत गरेको छ । २० वर्ष उमेर पुगेपछि विवाह गरेका र दुई सन्तान जन्माएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका र पोर्टकलअनुसार गर्भजाँच गराएका ४२ जना असल आमालाई बुधवार नगद दुई हजार रुपियाँ र प्रमाणपत्रले सम्मानित गरेको हो ।
कर्णालीमा दुई दिने ‘राष्ट्रिय कचहरी’
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि ‘राष्ट्रिय कचहरी’ सुरु भएको छ । ‘राष्ट्रिय कचहरी’ कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभयो ।
गुरु कुट्ने गलत संस्कृति बढिरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलि गुरु कुट्ने संस्कृति बढिरहेकाले त्यसबाट बच्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उहाँले यस्तो बताउनुभएको हो ।
वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ ।
औषधिको गुणस्तर यकिन गरेर खरिद बिक्री-वितरण गर्न विभागको आग्रह
सरकारले अस्पताल फार्मेसीहरूलाई औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको छ ।
७७ बुँदामा प्रचण्ड सरकारले ६ महिनामा गरेका प्रमुख काम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन भएको असार ११ गते छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा गत पुस ११ गते सरकार गठन भएको हो ।
भैरहवामा थपियो अर्को पाँचतारे होटल
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले रुपन्देहीको भैरहवामा पाँचतारे होटल थपिएको छ । साढे दुई अर्ब लगानीमा निर्माण गरिएको सिद्धार्थ बिलासा होटलको सञ्चालन सुरु भएको छ । रुपन्देहीमा यो तेस्रो पाँचतारे होटल हो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ ।
वन्यजन्तुको क्षति रोक्न पर्खालसहितको मेसजाली
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याउन नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो ।
पूर्वराष्ट्रपतिबाट बकर इदको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गर्नुभएको छ ।
सरकार एनआरएनहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैर आवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जार तथा बोतलको पानीको कारोबार व्यवस्थित गरिँदै
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार तथा बोतलको पानीको कारोबार गर्दा व्यवसाय दर्ता वा नवीकरण गरी बिलबीजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । विभागले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक विभागमा व्यवसाय दर्ता नभएका र बिलबीजक जारी नगर्ने व्यवसायी फर्मले बोतल तथा जारको पानी बिक्री वितरण र ढुवानी गरेको भन्ने गुनासो आएकाले यस विषयमा व्यवसायलाई निर्देशन दिएको हो ।
ज्योतिर्लिङ्गमा राखियो जलहरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र परीक्षण गरेपछि सुनको जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो।
प्रदेश मन्त्रीलाई बोलाइयो बयानमा
सर्वोच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अवहेलना मुद्दामा बयानका लागि बोलाएको छ। उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र थपलियाको प्रतिवेदनका आधारमा सर्वोच्चको एकल इजलासले मन्त्री राजभण्डारीलाई बयानका लागि बोलाएको हो। आदेशमा असार २१ गते १० बजे सर्वोच्चमा उपस्थित हुन भनिएको छ।
अस्पतालका दुई हजार शय्या निःशुल्क
सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियानले सफलता पाइरहेको छ। सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शय्या दुई हजार २८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि अस्पतालको १० प्रतिशत शय्या निःशुल्क उपचार हुने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। मन्त्रालयले बुधबार उपत्यकाका गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूतिगृह, कान्ति बाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि विपन्नका लागि निःशुल्क शय्या व्यवस्था गर्ने निर्णय गरेको छ। कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५०, ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल हृदय केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरिएको हो। यसअघि सात सय शय्या वीरमा र ३३० शय्या विराटनगरस्थित कोशी अस्पताले निःशुल्क गर्ने निर्णय भएको थियो। योसँगै अब विपन्नका लागि विभिन्न अस्पतालमा निःशुल्क घोषणा गरिएको शय्या सङ्ख्या दुई हजार २८ पुगेको छ। मन्त्रालयका अनुसार बिस्तारै अन्य केन्द्रीय अस्पतालमा पनि विपन्नका लागि निःशुल्क शय्या थपिँदै जाने छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय स्तरका सरकारी अस्पतालमा विपन्न परिवारलाई निःशुल्क उपचार गर्ने व्यवस्थालाई तीव्रता दिने बताउनुभयो। उहाँले यस अभियान अन्तर्गत छ वटा सङ्घीय अस्पतालका ती शय्यामा रहेर उपचार गर्दा अन्य कुनै