गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपाालिका वडा नम्बर ३ गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शिवम् सिमेन्ट प्रकरणः वडाध्यक्षको संयोजकत्वमा समस्या पहिचान गर्न समिति गठन
हेटौँडा उपमहानगरपालिका १६ स्थित शिवम् सिमेन्ट उद्योग लिमिटेड जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीयको मागको सुनुवाइ र समस्या समाधान गर्न समिति गठन गरिएको छ ।
न्यारो बडीबाट आइतबारदेखि नियमित उडान
पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ । इन्जिन मर्मतका लागि इजरायल पुगेको जहाज यसअघि सोमबार नेपाल आइपुग्ने उडान तालिका रहेको थियो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इन्जिन मर्मतपछि नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा देखिएको समस्या समाधान भइरहेको र आइतबारदेखि नियमित उडान हुने एक साता ढिलो गरी नेपाल आउन लागेको जानकारी दिनुभयो ।
सोह्रौँ योजनालाई अन्तिम रूप दिइँदै
१६ औँ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकमा बृहत् छलफल गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री स्थानीय निकायका प्रतिनिधिलगायत समेटर १६ औँ योजनाका प्रस्तावहरूमाथि मिहिन छलफल गराएको हो ।
इतिहास खोतल्ने तस्बिर
धार्मिक आस्था र विश्वासको पर्याय रहेको विष्णुमती नदी यतिबेला दुर्गन्धित छ । आमबुझाइमा दुर्गन्धको विम्ब बनेको विष्णुमतीमा २०४७ सालसम्म माछा मारिन्थ्यो र निर्विध्न रूपमा पौडी खेलिन्थ्यो । गोरखापत्रमा त्यो समय छापिएको तस्बिर र क्याप्सनले त्यही भन्छ । २०३६ सालको जनमतसङ्ग्रहताका खुला सभामा बिपी कोइरालाले भाषण गरिरहनुभएको दुर्लभ तस्बिर, जनमतसङ्ग्रह, २०४५ सालको नाकाबन्दीमा जनजीवन, २०४० सालमा आयोजित दार्जिलिङ ११ र बागमती ११ बिचको महिला फुटबल खेल, २०४२ सालको बम काण्ड, २०४४ साल फागुन २९ गते दशरथ रङ्गशालामा भएको भागदौडलगायत इतिहासका महत्वपूर्ण कालखण्डका तस्बिर गोरखापत्रसँग छ । तिनै तस्बिरको प्रदर्शनी गोरखापत्रमा सुरु गरिएको छ ।
विद्यालयको तीनतिर पहिरो
नवलपुरको बुलिङटार गाउँपालिका–४ को अर्खलामा गएको पहिरोले यहाँको सेतीनाग माध्यमिक विद्यालयलाई तीनतिरबाट घेरेको छ । यसरी पहिरोले घेरिँदा त्यहाँ पढ्ने २२३ जना विद्यार्थीको ज्यान जोखिममा छ । समुद्री सतहदेखि ९२७ मिटर उचाइमा रहेको यो विद्यालयलाई पश्चिमतिरबाट पहिरोले छुन ५०/६० मिटर मात्र बाँकी छ । त्यसै कारण विद्यालयको बिमसमेत चर्किइसकेको छ । पहिरोको त्रासले हरेक वर्ष विद्यार्थीको सङ्ख्या घटिरहेको विद्यालयका प्रधानाध्यापक खेमबहादुर सुस्लिङले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रमा २४० जना विद्यार्थी अध्ययनरत रहेकोमा यस शैक्षिक सत्रमा घटेर २२३ जना मात्र भर्ना भएका छन् ।
कक्षा १२ को परीक्षा तयारी पूरा, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै
शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।
जङ्गलको बिचमा रहेको बस्ती जोगाउनै मुस्किल
गर्मीयाम सुरु भएसँगै दमकल नकुदेको दिन नै छैन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको दमकलका चालक गोविन्द विश्वकर्मा गर्मीयाम सुरुभएसँगै दैनिक जसो वन जङ्गलमा लागेको डढेलो निभाउन पुग्नुहुन्छ ।
आप्रवासन नीतिमाथि सुदूरपश्चिममा छलफल
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको श्रम तथा आप्रवासन नीतिका विषयमा छलफल गरेको छ ।
शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरेको छ । शुक्लागण्डकी नगरपालिकाले चालु शैक्षिक सत्र २०८१ लाई सुधार वर्ष घोषणा गरेको हो ।
उद्योग वाणिज्य सङ्घ अध्यक्षमा शाही
कालीकोट उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रतनबहादुर शाही निर्वाचित हुनुभएको छ । उहाँले तिलबहादुर शाहीलाई ४३ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
पर्यटकीय स्थल डहरे र अन्धाअन्धी दहको प्रवर्धन
अर्जुन चौपारी गाउँपािलका –५ मा रहेको धार्मिक पर्यटकीय स्थल डहरे देउराली र आँधीखोाला –२ मा रहेको अन्धाअन्धी दहको प्रवर्धनमा कास्केली अधिकृत समाज जुटेको छ ।
ट्याक्टरले च्यापेर एकको मृत्यु
मकवानपुरको कैलाश गाउँपालिका –१० मा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका –१० पुरानो गाउँका ३५ वर्षीय प्रदिप वाईवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लगानी भित्र्याउने सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर सेख तमिम बिन हमाद अल थानीबिच नेपालको विकास र लगानीमा परस्पर साझेदार बनेर अगाडि बढ्ने समझदारी बनेको छ । प्रधानमन्त्री प्रचण्ड र अमिर थानीबिच बुधबार भएको द्विपक्षीय भेटवार्तामा आसन्न लगानी सम्मेलनसँगै नेपालको विकासमा साझेदारी बढाउन नेपालमा कतारबाट उच्च लगानी भित्र्याउने सहमति भएको हो । प्रधानमन्त्री प्रचण्डले दुई देशबिचको सम्बन्ध आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो । दुई देशको सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित नभई जनस्तरमा पनि विस्तार भएको बताउनुहुँदै उहाँले दुई देशबिच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाइमा पु¥याउन मद्दत पु¥याएको विश्वास व्यक्त गर्नुभयो ।
अब फार्मेसीमै औषधीको परीक्षण
औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो ।
सार्वजनिक जग्गा अतिक्रमण, तथ्याङ्ककै अभाव
देशभरका विभिन्न स्थानमा सार्वजनिक जग्गा कब्जा गरी पहुँचवालाले एकाधिकार जमाइरहँदा सरकारसँग भने मिचिएका सार्वजनिक जग्गाको यकिन विवरण नै छैन । केही स्थानीय तह आफैँले सार्वजनिक जग्गाको संरक्षण गरे पनि संरक्षण गरिएको जग्गाको यकिन विवरण सङ्घीय सरकारलाई नपठाउँदा संरक्षण भएका जग्गाको पनि अभिलेख एकीकृत हुन सकेको छैन । तीन महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख सात दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको थियो । मन्त्रालयले परिपत्र गरेपछि अहिलेसम्म तीन सय स्थानीय तहले मात्र विवरण मन्त्रालयमा पठाएका छन् भने अन्य स्थानीय तहले मन्त्रालयलाई विवरण नै पठाएका छैनन् ।
वालविवाह न्यूनीकरण गर्न बालबालिका सक्रिय
मधेश प्रदेशका जिल्लामा वालविवाह बढेपछि न्यूनीकरण गर्न बालबालिकाहरु सक्रिय भएका छन् । प्लान इन्टरनेशनल नेपालले आसमान नेपाल र सिएफ डब्लुसँगको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा वालिका सम्मेलन तथा समाजमा रहेका कुरीतिलाई निरुत्साहित गर्ने किसिमले समेटेर तयार पारिएको चित्रकलाको प्रदर्शनी कार्यक्रम गरेर बालबालिकालाई सक्रिय बनाएका छन् ।
सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ ।
अग्निपीडितलाई नगद राहत प्रदान
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले बुधबार अग्निपीडित १६ परिवारलाई नगद राहत वितरण गरेको छ ।
रेबिजविरुद्धको खोप नहुँदा सेवाग्राही मर्कामा
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
‘आर्थिक वर्ष सकिन लाग्दा पनि सुरु भएन योजना ’
आर्थिक वर्ष २०८०–८१ सम्पन्न हुन तीन महिना कम समय छ । तर लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेका कतिपय योजनाको अहिलेसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन ।
प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबिच आज भेटवार्ता हुँदै
नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता हुँदैछ ।
बृहत् साझेदारीको मार्ग प्रशस्त, नेपाल–कतार उच्चस्तरीय भेटवार्ता
कतार सरकारले नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउँदै बृहत् साझेदारीको मार्ग प्रशस्त गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर सेख तमिम बिन हमाद अल थानीबिच भएको भेटवार्तामा साझेदारीका पक्षहरूबारे छलफल भएको हो । त्यस सम्बन्धमा केही सम्झौता र समझदारी बुधबार हुँदै छन् ।
लगानी सम्मेलनका ‘सोकेस’ परियोजना स्वीकृत
वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने ‘सोकेस’ परियोजनाहरूको सूची स्वीकृत भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ५८ औँ बैठकले सम्मेलनमा प्रस्तुत हुने १४८ वटा परियोजना स्वीकृत गरेको हो । बैठकले सम्मेलनमा आशयपत्र आह्वान गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाको सूची पनि स्वीकृत गरेको छ ।