• २४ वैशाख २०८१, सोमबार

अग्निपीडितलाई नगद राहत प्रदान

blog

अग्निपीडित परिवारलाई नगद राहत वितरण गर्दै जिल्ला विपद् व्यवस्थापन समिति सप्तरी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख १२ गते । जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले बुधबार अग्निपीडित १६ परिवारलाई नगद राहत वितरण गरेको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका वाड नं. ५ परेमाराका सरदार बस्तीका अग्निपीडितलाई नगद राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । आगलागी पीडित परिवार सदस्य सङ्ख्या पाँचभन्दा कम भएका परिवारलाई प्रति परिवार १५ हजार र सोभन्दा माथि सदस्य सङ्ख्या भएको परिवारलाई प्रति परिवार २० हजारका दरले नगद प्रदान गरेको प्रजिअ थापाले जानकारी दिनुभयो ।

कञ्चनरुप नगरपालिका उपप्रमुख मुनाकुमारी पोखरेल, विभिन्न वडाका वडाध्यक्षहरु र जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरुको उपस्थितिमा वितरण गरिएको नगद राहत पाएपछि अग्निपीडित निकै हर्षित देखिएका थिए ।

गत आइतबार दिउँसो ३ बजे लालमोहन सरदारको गोठमा बालेको चुलोको आगोबाट सल्केर आगलागी हुँदा १२ जनाको २४ घर टहरा जलेर नष्ट भएको थियो । आगलागीमा एक बाख्रा र एक पाठो जलेर मृत्यु हुँदा करिब २४ लाख २५ हजार बराबरको धनसम्पत्ति जलेर नष्ट भएको प्रहरीले अनुमान गरिएको छ ।