• १५ असार २०८२, आइतबार

समुन्नत कृषि प्रणाली निर्माणमा जोड

blog

काठमाडौँ,  असार १५  गते ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सजिलो, सुरक्षित र समुन्नत कृषि प्रणाली निर्माण गर्दै किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले “अन्नको भण्डार, कृषिप्रधान हाम्रो देशमा धान उत्पादन केवल जीविकोपार्जनको आधारमात्र होइन, हाम्रो सभ्यता, संस्कार र स्वाभिमानको प्रतीक पनि हो ”, भन्नुभएको छ। 

पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर गर्दै, वैज्ञानिक, न्यायसङ्गत र आत्मनिर्भर कृषि नीतिको विकास नै समृद्ध नेपालको आधार बन्नुपर्ने  उहाँको भनाइ छ । रासस