दलहरूबिच सहमति भई सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गतिराेध अन्त्य भई सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
२०८४ को निर्वाचनलाई उपयोग गरेर जाने होः विप्लव
विद्रोह गर्छाैं भन्दै १२ वर्ष अघि तत्कालीन एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा अलग भएको समूह केही समयपछि फेरि फुट्यो र त्यसको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ले गरे । अहिलेको व्यवस्थाले हुँदैन, चुनावले कुनै निकास दिँदैन, यो संविधान सभाबाट राम्रो संविधान बन्दैन भन्दै विप्लव नेतृत्वको समूह लागिरह्यो ।
पौडेलविरुद्ध तेस्रो मुद्दा दायर, चौथोको तयारी
सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत माघ १० गतेदेखि आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको आयोगले पौडेलविरुद्ध चौथो मुद्दा पनि दायर गर्ने तयारी गरिरहेको छ । आइतबार विशेष अदालत काठमाडौँमा दायर गरिएको भ्रष्टाचार मुद्दा सुरक्षण प्रेसका लागि आवश्यक पर्ने सफ्टवेयर तथा अन्य सामग्री खरिद गर्ने क्रममा आर्थिक अनियमितता गरेको विषयसँग सम्बन्धित छ । २०७७ साल फागुनमा दर्ता भएको उजुरीको गहिरो अनुसन्धानपछि यो मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
संसद् अवरोध फुकाउन पहल
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले सहकारी अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडानबारे सहमति खोज्न आइतबार विभिन्न पहल भए । संसदीय समिति गठन नभए जेठ १ गते सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रम अवरोध गर्ने कांग्रेसको चेतावनी छ । त्यसै कारण संसदीय कारबाही अवरुद्ध छ । संसद् अवरोधको गाँठो फुकाउन आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई भेटेर छलफल गर्नुभयो । उहाँले गृहजिल्ला चितवन जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटघाट गरी छलफल गर्नुभएको हो ।
वर्ल्डलिङ्कको रिट खारेज करिब चार अर्ब राजस्व प्राप्त हुने
सर्वोच्च अदालतले इन्टरनेट सेवाप्रदायकबाट रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम असुल गर्ने कानुनी बाटो खोलिदिएको छ । कानुनविपरीत मर्मतसम्भारको रकममा पनि कर लगाउने निर्णय भएको भन्दै वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले राजस्व रकम असुल गर्ने विकल्प खुला गरिदिएको हो । सर्वोच्चको यो नजिर अन्य सेवाप्रदायकको हकमा पनि लागु हुने छ ।
दुई पालिकामा नवप्रवर्तन कार्यक्रम
लुम्बिनी प्रदेशको ११ पालिकामा नवप्रवर्तन कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि पाल्पाको दुर्इ पालिकासहित ११ वटा पालिका छनोट भएका हुन् ।
टीकापुरको जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण गरिँदै
कैलालीको टीकापुर नगरपालिकाको जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण हुँदैछ । योजना निर्माणको तयारीसम्बन्धी प्रकोप जोखिम निर्धारणको प्रस्तुतीकरण तथा योजनाको मस्यौदामा भएका विषयवस्तुमाथि छलफल भएको छ ।
विकास आयोजनाका लागि गहन अध्ययन आवश्यक
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास निर्माणका काम निकै सुस्त तथा अनावश्यक कार्यमा लगानी गरेको आफूले पाएको बताउनुभयो । तराई मधेशको हुलाकी राजमार्गमा संवाद यात्रा गर्दा आफूले त्यस्तो अवस्था पाएको उहाँले बताउनुभयो । सेन्टर फर डमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले ‘तराई मधेशको सन्दर्भमा विकासको भविष्य’ विषयमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कतिपय विकास निर्माणका लागि थोरै रकम दिएपछि पूरा हुने खालको छ भने कतिपय विकास निर्माण अनावश्यक तरिकाले तयार गरेर राखिए पनि प्रयोगमा नआएको बताउनुभयो । पालिका पालिकामा अस्पतालका लागि भवन बनेका छन् तर प्रयोगमा नआएका कारण कतिपय ठाउँमा त्यो खण्डहरको अवस्थामा पुगेको बताउँदै उहाँले विकासको योजना बनाउँदा त्यसका सान्दर्भिकता र आवश्यकतालाई हेरेर तय गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
टेलिकमलाई मोबाइल सेवाको अनुमति
नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । अनुमतिपत्रबापत २१ करोड रुपियाँ दस्तुर लिएर टेलिकमलाई अनुमतिपत्र उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
पुँजीगत खर्चै हुन्न, चालुमा सुको बच्दैन
बाहिरी चक्रपथ विकास आयोजना शीर्षकमा चार आर्थिक वर्षदेखि विनियोजित पुँजीगत खर्च एक रुपियाँ पनि हुन सकेको छैन । तर सोही आयोजनाका लागि ती आर्थिक वर्षमा विनियोजित चालु खर्च भने एक सुका पनि बचत हुँदैन । आर्थिक वर्षको अन्त्यसम्म चालु खर्चको विनियोजित रकम सबै सकिन्छ । हाल सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण मातहत रहेको यस आयोजना दुई दशकदेखि चर्चामा रहे पनि यसको काम अगाडि बढ्न सकेको छैन ।
सकारात्मक कामसँगै विकृति
स्थानीय तहको दोस्रो निर्वाचन भएको आइतबार दुई वर्ष पूरा हुँदै छ । २०७९ वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि २०७४ वैशाख ३१ गते पहिलो पटक स्थानीय सरकारका प्रतिनिधि छान्न निर्वाचन भएको थियो । यस अवधिमा स्थानीय तहमा सेवा प्रवाह र भौतिक विकास निर्माणको काममा सङ्ख्यात्मक र गुणात्मक वृद्धि भएको छ भने कतिपय पालिकामा विकृति र अनियमितता पनि बढ्दै गएका छन् ।
सहकारीमा बेथिति : पति अध्यक्ष, जग्गा र कम्पनीमा पत्नीको हालीमुहाली
भक्तपुरको शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले पत्नीका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेका छन् । सहकारीमा बचतकर्ताले राखेको बचत रकम अध्यक्ष शर्माले पत्नी गीता शर्माका नाम खडा गरिएका कम्पनी र जग्गामा लगानी गरेका हुन् । शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ हुन् ।
जसपामा शक्ति सङ्घर्ष : श्रृङ्खलाबद्ध फुट
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू अमेरिका भ्रमणमा रहेको मौकाको फाइदा उठाउँदै पार्टी फुटाएको आरोप लगाउनुभएको छ । उता, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताले अध्यक्षको अलोकतान्त्रिक चरित्रका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभएको छ ।
अटो दुर्घटनामा चालकको मृत्यु
दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
‘सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सरकारले आर्थिक समृद्धि र सुशासनको प्रमुख आधारका रूपमा लिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा
जिइएफबाट सवा अर्ब प्राप्त हुने
सरकारले विश्व वातावरण सुविधा (जिइएफ) बाट विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) मार्फत प्राप्त हुने एक अर्ब २० करोड रुपियाँ (९० लाख २४ हजार ३१२ अमेरिकी डलर) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को निर्णय शुव्रmबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्व वातावरण सुविधाबापतको सो रकम नेपालले कोषमार्फत प्राप्त गर्न लागेको बताउनुभएको हो ।
जेठ ९ देखि अन्तिम सुनुवाइ
कोशी प्रदेश सरकार गठनको विवादमा सर्वोच्च अदालतले जेठ ९ गतेबाट अन्तिम सुनुवाइ गर्ने भएको छ । अदालतले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको मन्त्रीपरिषद्लाई कामकाजमा रोक लगाउन अन्तरिम आदेश जारी गरेन । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले विवादको निरूपण पूर्ण सुनुवाइबाटै गर्नु उपयुक्त भएको भन्दै जेठ ९ गतेका लागि पेसीको आदेश गरेको हो ।
धनगढीमा अतिक्रमित ताल खाली हुँदै
धनगढीमा अतिक्रमित ताल खाली गर्न थालिएको छ। भूमिगत पानीको स्रोत सुक्न थालेपछि धनगढी उपमहानगरपालिकाले अतिक्रमित प्राकृतिक ताल खोजेर खाली गर्न थालेको हो।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन सुरु भएको छ ।
अमेरिका पठाइदिने भन्दै पाँच करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ
नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बोलेरो जीप दुर्घटना, १२ जना घाइते
कर्णाली करिडोरमा बोलेरो जिप दुर्घटना भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर–३ मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेर जीप दुर्घटना भएको हो ।
पशुपतिक्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : पर्यटनमन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपतिक्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताउनुभएको छ ।
नौ महिनामा २२४ वटा निर्माण कम्पनी कालोसूचिमा
चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचिमा परेका छन् । सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले पछिल्लो नौ महिनामा २२४ निर्माण कम्पनी कालोसूचिमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
नीति तथा कार्यक्रम जेठ १ गते
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत गर्ने भएको छ । नीति र कार्यक्रम राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत हुने छ । संवैधानिक व्यवस्थाबमोजिम सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते नीति तथा कार्यक्रम वाचन गरी संसद्मा प्रस्तुत गर्नुहुने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।