माटोको ढिस्कोले पुरिएर एकको मृत्यु
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । घर लिप्ने माटो खन्नेक्रममा माथिबाट माटोको ढिस्को खस्दा रेसुङ्गा नगरपालिका १४, पराल्मी चौराहाका ५५ वर्षीय बिष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
लोडरमा च्यापिएर हेल्परको मृत्यु
मकवानपुरको थाहानगरमा लोडरमा च्यापिएर शनिवार दिउँसो एकजना हेल्परको मृत्यु भएको छ । दिउँसो ३ बजेर १५ मिनेटको समयमा थाहा नगरपालिका ९ ठुलोचौरस्थित चित्लाङ थानकोट सडकखण्डमा सडक मर्मतको काम गर्दैगरेको काठमाडौं सडक डिभिजनको आर डि १०१–०३८ नम्बरको लोडर पल्टिँदा सहचालक नुवाकोट लिखु गाउँपालिका वडा ६ घर भएका २८ वर्षीय सागर भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ कि २० वर्षीया लक्ष्मी शाहीलाई सुत्केरी भएको १३ दिनपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
पर्यटकीयस्थल प्रवर्धनका लागि चन्द्रागिरि पैदलयात्रा
चन्द्रागिरि नगरपालिकाभित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक सम्पदा तथा पर्यटकीय स्थलहरूको प्रवर्धनका लागि आयोजित चन्द्रागिरि सम्पदा पैदलयात्रा २०८१ शनिबार सम्पन्न भएको छ ।
पत्रकार महासङ्घको पारित निर्णयको फोनिजद्वारा स्वागत
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासङ्घ (एफएनजे) को २७ औँ महाधिवेशनबाट पारित संस्थापक अध्यक्षको निर्णयलाई स्वागत गरेको छ ।
बन्द भएको छ वर्षपछि भोजपुर-विराटनगर उडान सुरु
उडान बन्द भएको छ वर्षपछि भोजपुर-विराटनगर पुनः हवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनः आजदेखि भोजपुर-विराटनगर उडान थालेको हो ।
सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।
हरि खड्काद्वारा ट्रफी अनावरण
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित खेल मैदानमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । वैशाख २८ गते हुने प्रतियोगिताको शनिबार नेपाली फुटबल टोलीका पूर्व कप्तान राष्ट्रिय खेलाडी हरि खड्काले ट्रफी अनावरण गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्ष नयाँ निर्माण गरिने
जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा क्षमताभन्दा बढी थुनुवा राख्दा दुरावस्था भएको भन्दै नयाँ हिरासत कक्ष निर्माणको पहल थालिएको छ ।
जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण यही वैशाख २३ देखि २५ गतेसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
भोलीदेखि काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौँका विभिन्न स्थानमा भोलीबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आगलागीपीडितलाई राहत दिने सरकारको तयारी
सरकारले आगलागीपीडितलाई राहत दिने तयारी गरेको छ । सरकारले तत्काल उपलब्ध गराउनुपर्ने राहत र अस्थायी आवासका लागि गरेर दुईथरीको राहत वितरण गर्ने तयारी गरेको हो। राष्ट्रिय सभाको सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले पीडितलाई तत्काल १५ हजारदेखि २० हजार रुपियाँ र पूर्ण रूपमा आवासमा क्षति भएकालाई अस्थायी आवास बनाउन ५० हजार रुपियाँ दिने प्रस्ताव मन्त्रीपरिषद्मा पुगेको जानकारी दिनुभयो । उहाँले अस्थायी आवास बनाउन कार्यविधि र नियमावली संशोधन आवश्यक हुने बताउनुभयो ।
डढेलोले हिमालमा बढ्यो गर्मी
देशव्यापी रूपमा बढेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा गर्मी बढाएको छ । यसले दीर्घकालीन असर पर्ने देखिएको छ । एक साता बितिसक्दा पनि डढेलोको प्रकोप देशका विभिन्न वन क्षेत्रमा बढ्दै जाँदा सगरमाथालगायतका हिमालमा त्यसबाट सिर्जित धुवाँ अर्थात् कार्बन थुप्रिन थालेको विज्ञहरूको भनाइ छ ।
एमाले मकवानपुरको अधिवेशन जेठ १८ मा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन जेठमा हुने भएको छ । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले आगामी जेठ १८ र १९ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा. डीवाई चन्द्राच्युड नेपालको तीन दिने औपचारिक भ्रमणमा आउनुभएको छ।
बाराउद्योरण गाउँका आगलागी पीडित समस्यामा
आगलागीबाट घरसहित सामग्री जलेर नष्ट भएपछि सर्लाहीको सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका –१, बाराउद्योरण गाउँका स्थानीय समस्यामा परेका छन् ।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको उदघाटन सत्रमा उहाँले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो ।
‘द्वन्द्वपीडितको माग सुनुवाइ भएन’
संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन नहुँदा द्वन्द्वको घाउ निको हुन नसकेको इलामका द्वन्द्वपीडितहरुले गुनासो गरेका छन् । करिब २८ वर्ष बित्न लाग्दा पनि सरकार गम्भीर नहुँदा घाउ ताजै रहेको पीडितको गुनासो छ ।
एक वर्षमा विपदबाट एक अर्ब २३ करोडको क्षति
सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट एक अर्ब २३ करोड रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
जैविक विविधता संरक्षणमा जोड
जैविक विविधताको संरक्षण तथा सामुदायिक वनको सशक्तीकरणमा जोड दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय र बास नेपालको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी-६ मा आयोजित ‘जैविक चौतारी’ कार्यक्रमका सहभागीले जैविक विविधता संरक्षणमा जोड दिएका हुन् ।
जापानका विदेशमन्त्री योको आउनुहुँदै
जापानका विदेशमन्त्री कामिकावा योको उच्चस्तरीय भ्रमणका लागि नेपाल आउनुहुने भएको छ । उहाँ यही वैशाख २३ गते नेपाल आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँको भ्रमण एक दिनका लागि रहने छ । उहाँको भ्रमणको अन्तिम तयारी चलिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । उहाँले दुई देशको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै जापानबाट यो भ्रमण हुन लागेको बताउनुभयो ।
मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने
विश्वमा बढ्दै गएको मानसिक समस्याबारे जानकारी दिने उद्देश्यले जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको अयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको संयुक्त आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो ।