• ५ जेठ २०८१, शनिबार

पर्यटकीयस्थल प्रवर्धनका लागि चन्द्रागिरि पैदलयात्रा

blog

पैदलयात्रा २०८१ मा सहभागी पैदलयात्री ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २२ गते । चन्द्रागिरि नगरपालिकाभित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक सम्पदा तथा पर्यटकीय स्थलहरूको प्रवर्धनका लागि आयोजित चन्द्रागिरि सम्पदा पैदलयात्रा २०८१ शनिबार सम्पन्न भएको छ । हाइकर्स कम्युनिटीको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सहकार्यमा सो पैदलयात्रा सम्पन्न भएको हो । 


चन्द्रागिरि नगरपालिका कार्यालय बलम्बुबाट सुरु भएको पैदलयात्रा दहचोक हुँदै सुरुङमार्ग, घट्टेपार्क, बाडभन्ज्याङ, बुद्धपार्क, थानकोट कोतघर हुँदै महादेवस्थान, मातातीर्थ, किसिपिँढी, हुँदै सतुंगल, मत्स्यनारायण मन्दिर हुँदै विष्णु मन्दिरबाट नैकाप फुटबल मैदानमा पुगेर सम्पन्न भएको थियो ।  


चन्द्रागिरि नगरपालिकाका १५ वटै वडाका सम्पदा स्थलहरूलाई हाइकिङ रुटमा समेटी दुई हजार दुई सय जनाको सहभागिता रहेको थियो । टोलीले हाइकिङमा २२ किलोमिटर दूरी पारगरी सम्पन्न गरेको यात्रामा सहभागी ज्ञानेन्द्र लामाले बताउनुभयो । यात्रामा स्कुल, कलेजका विद्यार्थी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।