राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
४८ जना उपसचिवको सरुवा (सूचीसहित)
सरकारले ४८ जना उपसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा समाने प्रशासन मन्त्रालयले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।
एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज
पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले जितेको छ।नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१ ले जितेको हो।
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ । पल्लो टोलको सानो धारामा प्लाष्टिकको बोतलमा पानी थापेर बसिरहेका रञ्जिता तामाङ र रजनी तामाङ भने टन्टलापुर घाममा पिउनका लागि पानी जोहो गरिरहनुभएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस- २०८१ (प्रत्यक्ष प्रसारण)
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ सुरु भएको छ । दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतको सहभागिता रहेको छ ।
चीनमा नेपालीलाई प्रवेशाज्ञा शुल्क नलाग्ने
छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई साधारणतर्फ (नियमित) प्रवेशाज्ञा शुल्क नलिने भएको छ । चिनियाँ राजदूतावासले सूचना जारी गर्दै बुधबारदेखि नेपालीलाई सो शुल्क नलाग्ने जानकारी दिएको हो । नेपाल र चीनबिचको मित्रता प्रवर्धन गर्न तथा कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन साधारणतर्फको भिसा शुल्क नलाग्ने बनाएको दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छङ सङले दुई देशबिचको सम्बन्धलाई प्रवर्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिनुभएको छ ।
प्रलोभनले उडाउँदै छ विदेश जाने सपना
रुपन्देही मुर्गियाका चित्रबहादुर सुनारको फेसबुक म्यासेन्जरमा अपरिचित व्यक्तिबाट एक भिडियो सन्देश आयो । सन्देशमा कम्बोडियामा सुरक्षा गार्डका लागि मासिक आठ सय अमेरिकी डलर (एक लाख रुपियाँभन्दा बढी) कमाइ हुने सूचना थियो । सन्देश पठाउने पोखरा कास्की घर भई कम्बोडिया बस्ने अनिल गुरुङले कागजपत्रसहित दुई लाख रुपियाँ पठाए भिसा र हवाई टिकट पठाउने बताए । चित्रले नवलपरासी बर्दघाटका दीपक सुनारको पनि पासपोर्ट र कागजपत्र गुरुङलाई पठाए । गुरुङले तोकेको व्यक्तिको बैङ्क खातामा दुई दुई लाख रुपियाँ पठाई दिए ।
प्राथमिकतामा कर्मचारी व्यवस्थापन
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालयको नाम अनुसारकै कामलाई सार्थकता दिने गरी मन्त्रालयले नीतिगत र व्यावहारिक रूपमा काम गर्दै आएको बताउनुभएको छ । मन्त्रालयको नामै सङ्घीय मामिला तथा सामान्य प्रशासन भएकाले अहिले मन्त्रालयले सङ्घीयता कार्यान्वयन र तिनै तहमा कर्मचारी व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “अहिले सङ्घीयताप्रति आमनागरिकले विभिन्न प्रश्न गरेको र उक्त प्रश्नलाई सम्बोधन गर्दै सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउने गरी मन्त्रालयले नीतिगत रूपमै योजना बनाइरहेको छ ।” उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय गर्दै अन्तरतह समन्वय र विस्तार गर्नका लागि कार्ययोजना तयार गरी कार्यान्वयन गर्न लागिरहेको बताउनुभयो ।
आगलागी नियन्त्रक नै समस्यामा
काठमाडौँको अधिकतम तापक्रम यो वर्षको उच्च ३३.५ डिग्री सेल्सियसभन्दा माथि उक्लँदै छ । तराईका जिल्लामा अझ उच्च ४५ डिग्री सेल्सियसभन्दा माथि चढ्दै छ । उच्च तापक्रम र सुक्खा खडेरीका कारण देशैभर डढेलो र आगलागी भयावह बन्दै छ । बुधबार साँझसम्म १८० भन्दा बढी स्थानमा आगलागी र डढेलोका घटना भएका छन् । यसले जनधनको क्षति बढाएको छ । जोखिमको अनुमान नगरी डढेलो र आगलागी निभाउन र उद्धार गर्न पुग्दा निभाउने र बचाउनेकै ज्यान जान थालेको छ ।
सूचना प्रविधिको ‘हब’ बनाउने तयारी
नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन नेपाल सरकार अग्रसर रहेको छ । सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र ‘स्टार्टअप’ लाई एकै थलोबाट सञ्चालन गर्ने गरी नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउने तयारीमा नेपाल सरकार लागेको हो ।
आगलागीले १६ घर जले
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका –६, हेक्लाङ्स्थित खुमडाँडा, बाँसडाँडा र रेडीमा १६ घर जलेर नष्ट भएको हो ।
१३५ श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार नेपालगन्जमा १३५ जना श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। लाइफलाइन हस्पिटल नेपालगन्ज र जिफन्टको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका –१३ मा श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हस्पिटलका फिजिसियन डा. पारस श्रेष्ठले जानकारी दिनुभयो ।
श्रीमानको प्रहारले श्रीमतीको ज्यान गयो
जिल्लाको आलितालमा एक श्रीमानले श्रीमतीमाथि बन्चरो प्रहार गर्दा उहाँको ज्यान गएको छ । श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते महिलाको ज्यान गएको हो ।
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने पहल हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ।
उद्योगको विकास नभई अर्थतन्त्र स्वाधीन हुँदैन : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले परनिर्भर र आयातमुखी अर्थतन्त्रलाई नबदली समृद्ध देश बन्न नसक्ने औँल्याउनुभएको छ।
कानुन निर्माणपछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताउनुभएको छ।
तारेभीरमा ‘रक क्लाइम्बिङ’ परीक्षण
मनाङ चामे गाउँपालिका –५ रहेको अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण गरिएको छ । गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउन यस्तो साहसिक खेलले मद्दत पुग्ने भएकाले सहमतिपत्र दिइएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।
पत्रकारले आशावादी सञ्चार गर्नुपर्छ : मुख्यमन्त्री महरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको बताउनुभएको छ । दाङको भालुवाङमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सर्पले डसेर महिला घाइते
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ । सिदिङ्वा गाउँपालिका –३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई सर्पले डसेर घाइते हुनुभएको हो ।
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनुभएको छ ।
श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गर्नुभएको छ ।
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना
सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।