उद्योग अगाडि खुम्चियो राजमार्ग
बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित सडकको पूर्वी खण्डमा हालसम्म ५०.६२ प्रतिशत भौतिक प्रगति भएको जसमा १२.२३ प्रतिशत अर्थात् ३७ किलोमिटर एकतर्फी कालोपत्रे भएको आयोजनाले जनाएको छ ।
नहरको इन्टेकमा बालक मृत फेला
कैलालीमा घरको आँगनमा खेल्नेक्रममा हराएका बालक आज कुलरिया नहरको इन्टेकमा मृत फेला परेका छन् । लम्कीचुहा नगरपालिका –२ चौरीका खेमराज सुनारको तीन वर्षका छोरा बखत सुनार इन्टेकमा मृत फेला परेका हुन् ।
कश्मीरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार, दुई जना पक्राउ
भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मीर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो।
बलेरो जिप दुर्घटना हुँदा
पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ । दुर्घटनाका क्षति अझै आइ नसकेको प्रहरीले जनाएको छ ।
इलाममा लागूऔषध घटना बढ्दै
पहाडी जिल्ला भए पनि इलाममा लागूऔषधका घटना बढिरहेका छन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा इलाममा लागूऔषध सम्बन्धी १५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।
‘घरेलु मदिरा ब्राण्डिङ कार्यक्रम जनमुखी ढङ्गले अघि बढ्नुपर्छ’
सरकारले जारी गरेको नीति तथा कार्यक्रममा घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन, ब्राण्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
सोह्रौँ योजना स्वीकृत, अर्थतन्त्र १०५ खर्बको बनाइने
मन्त्रीपरिषद्ले १६ औँ पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षासहित तर्जुमा गरिएको यस योजनाले आर्थिक वर्ष २०८५/०८६ सम्ममा मुलुकको अर्थतन्त्रको आकार १०५ खर्बमा पु¥याउने लक्ष्य राखेको छ । अर्थतन्त्रको आकार विस्तारका लागि सो अवधिमा औसत आर्थिक वृद्धिदर वार्षिक ७.१ प्रतिशत हुने आकलन गरिएको छ । सुरुवाती आर्थिक वर्षमा छ प्रतिशतको र अन्य आवमा अधिकतम ८.१ प्रतिशतसम्म पुग्ने अपेक्षा छ ।
छात्रवृत्तिमा गोलमाल
छात्रवृत्ति कोटामा एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाल सरकारले सिफारिस गरेको र बङ्गलादेश सरकारले सार्वजनिक गरेको विद्यार्थीको नाम र सङ्ख्यामा गोलमाल भएको छ । एकै प्रकारको कोटामा दुई मुलुकले विद्यार्थीको नाम र सङ्ख्या फरक फरक सार्वजनिक गरेपछि विद्यार्थी समस्यामा परेका छन् । यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका लागि बङ्गलादेशका राजदूत र सरोकारवालाबिच छलफल गरेको छ । बङ्गलादेश सरकारले शैक्षिक वर्ष सन् २०२३/२४ मा प्राप्त चिकित्सा शिक्षा अध्ययनका लागि एमबिबिएसतर्फ १९ र बिडिएसतर्फ तीन गरी २२ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटा उपलब्ध गराएको थियो ।
कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा सबै राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल र आकर्षक बनाउने भएको छ । कर्मचारीको सेवासुविधा पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीका सेवासुविधालाई समयानुकूल र आकर्षक बनाउने घोषणा गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा सञ्चार र प्रविधि क्षेत्रका ११ प्राथमिकता : आफ्नै भू-उपग्रह स्थापना
मंगलबार सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका प्रमुख ११ सवाल समेटिएका छन् ।
नीति तथा कार्यक्रममा खेलकुद : प्राथमिकतामा पूर्वाधार निर्माण
सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।
सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
विदेशमा रहेका नेपालीलाई राहदानी वितरणमा सहज बनाइने
सरकारले आगामी आर्थिक वर्षमा स्वदेश र विदेशमा रहेका नेपालीलाई राहदानी वितरण सहज रुपमा गरिने भएको छ ।
मेलम्चीको खानेपानी काठमाडौँमा १२ महिना आपूर्तिको व्यवस्था मिलाइने
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो।
शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने
सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
शिक्षकलाई अब मासिक रूपमा तलब
सरकारले आगामी आर्थिक वर्षमा शिक्षकको तलब मासिक रूपमा प्रदान गर्ने भएको छ ।
गुणस्तरीय तथा भरपर्दो खानेपानी सुविधा उपलब्ध गराउने
सरकारले खानेपानीका कार्यक्रम कार्यान्वयन गरिने र गराउने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने
सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
पार्टीमा भ्रष्ट प्रवृत्ति देखियो : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको छ । मङ्गलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको हो ।
सडकबिचको रुख नै बन्दै छ काल
मोरङको जाँते–पथरी सडकखण्डमा रहेका सालका रुख नहटाई कालोपत्रे गर्दा ती रुख नै काल बनिरहेका छन् । आइतबार दिउँसो रुखमा ठोक्किएर मोटरसाइकलमा सवार लेटाङ–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भयो ।
सरदरभन्दा बढी वर्षा हुने
नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने भएको छ । दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । त्यस्तै मनसुन अवधिको तापक्रम पनि उच्च रहने भएको छ । विभागले सोमबार सार्वजनिक गरेको ऋतुगत मनसुन प्रक्षेपण अनुसार मनसुनको दोस्रो सत्र बढी वर्षामय हुने जानकारी दिएको छ । विभागको प्रक्षेपण ख्याल गर्दै आगामी तयारीमा जुट्न जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आग्रह गर्नुभयो । विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले यस वर्षको वर्षाले जनधनको क्षति गर्ने विपत् आउन सक्ने सम्भावनालाई ध्यानमा राखी सोही अनुसार पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
संसद् खुलाउन पहल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्का प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन संवाद तीव्र पार्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सन्दर्भमा सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग छलफल गर्नुभएको हो ।
मनसुनजन्य विपद्को पूर्वतयारी आवश्यक छ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका लागि मौसम पूर्वानुमान र विपद्जन्य पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।