लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको उच्चस्तरीय बैठकमा सहभागी हुन कहिले स्विट्जरल्यान्ड प्रस्थान गर्नुभयो ? विसं २०८१ जेठ २९ – उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल २०८१ असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा जानुभएको थियो । – उहाँ २०८१ असार ५ गते स्वदेश फर्किनु भयो ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
प्रदेश सरकारको राजस्व क्षेत्राधिकार १. प्रदेश सरकारको राजस्व क्षेत्राधिकारबारे चर्चा गर्दै एकल प्रशासन अन्तर्गत प्रशासन हुने करहरू उल्लेख गर्नुहोस् । नेपालको संविधानले राज्यशक्तिलाई सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा बाँडफाँट गरेको छ । संविधानप्रदत्त अधिकारको प्रयोग गर्न आवश्यक पर्ने स्रोतसाधनको पनि प्रबन्ध गरिएको छ । तीनै तहका सरकारलाई कानुनबमोजिम कर लगाउन र उठाउन पाउने गरी राजस्व क्षेत्राधिकार समेत निर्धारण गरिएको छ । प्रदेश सरकारको एकल अधिकार, साझा अधिकार र राजस्व बाँडफाँटबापत राजस्व प्राप्त गर्ने अधिकार गरी निम्नबमोजिमको राजश्व क्षेत्राधिकार निर्धारण गरिएको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विसं २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ? रु. ६४ अर्ब ५४ करोड सातै प्रदेशको बजेट : २०८१/८२ – कोशी कुल बजेट : ३५ अर्ब २८ करोड
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
जलवायु परिवर्तनका असर १. जलवायु परिवर्तनले खाद्य उत्पादनमा पार्न सक्ने प्रतिकूल प्रभाव र जोखिम न्यूनीकरणका लागि तीन तहका सरकारले आपसी समन्वयमा के कस्ता कार्यहरू गर्न सक्छन् ? प्रचलित कानुनी प्रावधानसमेतका आधारमा उल्लेख गर्नुहोस् । कुनै स्थान विशेषमा लामो अन्तरालमा त्यहाँको औसत मौसमी अवस्थामा देखापर्ने फेरबदललाई जलवायु परिवर्तन भनिन्छ । विश्वव्यापी तापमान वृद्धिका कारण पृथ्वीमा द्रुत जलवायु परिवतर्नको अवस्था सिर्जना भएको छ । जलवायु परिवर्तनका कारण खाद्य उत्पादन प्रणालीमा नकारात्मक असर पुग्न गई मानव र सम्पूर्ण पृथ्वीबासीको अस्तित्वमाथि नै सङ्कट पैदा हुन सक्ने
लोक सेवा आयोगको आधुनिक यात्रा
नेपाल सरकारको वैधानिक कानुन, २००४ मा सरकारी नोकरीका लागि उम्मेदवारको दरखास्त आएमा योग्यता वा ल्याकत जाँचबुझ गरी सरकारमा सिफारिस गर्न दरखास्त परिषद्को व्यवस्था छ । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् नेपालको अन्तरिम शासन विधान, २००७ मा व्यवस्था भए अनुसार विसं २००८ असार १ गते सर्वप्रथम नेपाल पब्लिक सर्भिस कमिसनको नामबाट स्थापना भएको हो । विसं २०१५ को नेपाल अधिराज्यको संविधानदेखि यसको नाम लोक सेवा आयोग नेपाली नाम रहेको छ । त्यसपछि बनेका सबै संविधानमा लोक सेवा आयोग एक संवैधानिक निकायका रूपमा विद्यमान छ ।
सुशासन प्रबर्द्धनमा आयोग
सुशासन सरकारको प्रमुख प्राथमिकताको विषय हो । यसले सरकारको पहिचानलाई सर्वव्यायी र मजबुत गराउँछ । सरकारप्रतिको जनताको विश्वास एवं शासनमा स्थायित्व कायम गर्न सुशासन मुख्य आधार हो । त्यसैले हरेक सरकारले सुशासनका अवयवलाई आफ्ना नियमित क्रियाकलापमा अन्तरघुलित गर्ने/गराउने प्रयास गरिरहेको हुन्छ । सुशासन आफ्नो औकात जाँच गर्ने सूचकसमेत भएकाले यसको सुदृढीकरणका लागि राज्यका सबै संयन्त्रलाई सरकारले नियमित परिचालन गरिरहेको हुन्छ । सरकारले कार्यान्वयनमा ल्याउने नीति, योजना, कार्यक्रमलाई जनताका माझमा पु¥याउने मुख्य भूमिकामा रहेको कर्मचारीतन्त्रले नै
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्व वन्यजन्तु कोष नेपालले प्रकृति संरक्षण पुरस्कार कसलाई प्रदान गर्यो ? धनगढी उपमहानगरपालिका (विसं २०८१ जेठ) – हरियाली प्रवर्धन गर्दै स्वच्छ र सुन्दर धनगढी निर्माण अभियान सञ्चालन गरेका कारण धनगढी उपमहानगरपालिकालाई सो पुरस्कार प्रदान गरिएको हो । – सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
नागरिक एपमा आबद्ध हुने सेवाहरू १. नागरिक एप भनेको के हो ? नागरिक एपमा आबद्ध हुने सेवाहरू उल्लेख गर्दै नागरिक एप सञ्चालन तथा व्यवस्थापन गरी सेवा प्रदान गर्न सेवा प्रदायकले निर्वाह गर्नुपर्ने जिम्मेवारी उल्लेख गर्नुहोस् । विभिन्न सरकारी निकायले अनलाइन माध्यमबाट नागरिकलाई प्रदान गर्दै आएका सबै प्रकारका सेवाहरू एकीकृत रूपमा एउटै प्लेटफर्मबाट उपलब्ध गराउन नेपाल सरकारले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीलाई नागरिक एप भनिन्छ । सबै सरकारी सेवालाई एउटै सफ्टवेयर प्रणालीमा आबद्ध गरी नागरिकको पहुँचमा पु¥याउन नागरि
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. अर्थमन्त्री वर्षमान पुनद्वारा २०८१ जेठ १५ मा सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ बजेटको राशि कति रहेको छ ? रु. १८ खर्ब ६० अर्ब ३० करोड – कुल बजेट : १८ खर्ब ६० अर्ब ३० करोड – चालु खर्च : ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत) – पूँजीगत खर्च : तीन खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) – वित्तीय व्यवस्थापन : तीन खर्ब ६७ अर्ब २८ करोड (१९.७४ प्रतिशत)
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
नागरिक समाज भनेको के हो ? १. नागरिक समाज भनेको के हो ? लोकतन्त्र सुदृढीकरण गर्न नागरिक समाजले कसरी सहयोग गर्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । दलीय राजनीति, सरकार र बजार संयन्त्रभन्दा टाढा रही स्वयम्प्रेरित रूपमा मानवजाति र समाजको साझा हितका लागि क्रियाशील हुने नागरिक समूह वा अभियानलाई नागरिक समाजको रूपमा चिनिन्छ । कुनै भूगोल, वर्ग, क्षेत्र वा समुदायप्रति सरकार जिम्मेवार र जवाफदेही बन्न नसकेको अवस्थामा नागरिकका आवाज सरकारसमक्ष पु¥या
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्र कहिलेदेखि लागु भएको हो ? सन् २०२४ मे २० – स्थापनाको २७ वर्षमा बिम्स्टेकको बडापत्र लागु भएको हो । – बिम्स्टेकका सदस्य मुलुक नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड र म्यानमारको सहमति अनुसार मे २० देखि सो बडापत्र लागु भएको हो ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
आर्थिक विकासमा उद्योगको महत्व १. मुलुकको आर्थिक विकासमा उद्योगको महत्व उल्लेख गर्दै औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम उद्योगको वर्गीकरण र स्थिर पुँजीसम्बन्धी व्यवस्था प्रस्तुत गर्नुहोस् । श्रम, सिप र स्रोतसाधनको उचित संयोजन गरी वस्तु तथा सेवा उत्पादन गर्ने विभिन्न गतिविधिलाई उद्योग भनिन्छ । मुलुकको अर्थतन्त्रको विकास र विस्तार गर्न उद्योगको महìवपूर्ण भूमिका रहन्छ । स्थानीय स्रोतसाधन र सिपको प्रयोग गरी वस्तु तथा सेवा उत्पादन गर्दा स्वदेशी कच्चा पदार्थको उपयोग बढ्ने, स्थानीयबासीका लागि रोजगारीका अवसर सिर्जना हुने, नागरिकको आयस्तर वृद्धि हुने, साथै अग्र र पृष्ठ सम्बन्धका आधारमा अर्थतन्त्रका अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने हुने मुलुकको आर्थिक विकासका लागि उद्योग क्षेत्रलाई मेरुदण्डको रूपमा लिइन्छ । मुलुकको आर्थिक विकासका लागि उद्योगको महत्वलाई देहायबमोजिम प्रस्तुत गर्न सकिन्छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ? रिचर्ड स्लेम्यान – सन् २०२४ मार्च १६ मा उनलाई सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । – सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको दुई महिनामा उनको निधन भयो । उनको मृत्यु प्रत्यारोपणको परिणाम हो भन्ने यकिन नभएको चिकित्सकले जनाएका छन् ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
लैङ्गिक उत्तरदायी बजेटको विकासक्रम १. लैङ्गिक उत्तरदायी बजेट भनेको के हो ? यसका सूचकहरू प्रस्तुत गर्दै नेपालमा लैङ्गिक उत्तरदायी बजेटको विकासक्रम उल्लेख गर्नुहोस् । लैङ्गिक समानताका सबालप्रति संवेदनशील बजेट नै लैङ्गिक उत्तरदायी बजेट हो । स्रोत साधनको अपर्याप्त विनियोजनले लैङ्गिक समानता हासिल गर्ने उद्देश्य प्राप्त हुन नसकेकाले वार्षिक रूपमा राज्यले गर्ने स्रोत विनियोजनले लैङ्गिक समानताका सवालहरूलाई यथोचित सम्बोधन गर्दै जानुपर्ने मान्यता सँगै लैङ्गिक उत्तरदायी बजेटको अवधारणा विकसित हुँदै आएको छ । बजेट अ
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? कामिरिता शेर्पा – विसं २०८१ वैशाख ३० मा उनले २९ औँ पटक सफल आरोहण गरेका हुन् । – व्यक्तिगत रूपमा सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेर शेर्पाले २९ औँ पटक सफल आरोहण गर्ने नयाँ कीर्तिमान बनाएका हुन् ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
मुख्य सचिवका काम, कर्तव्य १. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन तथा नियमावलीमा उल्लेख भए अनुसार मुख्य सचिवका काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् । नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकारी एवं मन्त्रीपरिषद्को सचिवको हैसियतमा कार्यकारी प्रमुखको निकट रहेर काम गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको व्यक्तिलाई मुख्य सचिवको रूपमा चिनिन्छ । सुशासन ऐन तथा नियमावलीबाट मुख्य सचिवका पदीय जिम्मेवारी तथा दायित्वहरू निर्धारित भई आएका छन् ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. तेस्रो लगानी सम्मेलन कहिले सम्पन्न भएको हो ? विसं २०८१ वैशाख १६–१७, काठमाडौँ पहिलो : विसं २०७३ फागुन १९–२० दोस्रो : विसं २०७५ चैत १५–१६ २. नेपालको पहिलो व्यावसायिक फिल्म ‘माइतीघर’ का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन कहिले भएको हो ? विसं २०८१ वैशाख १७
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
संवैधानिक इजलासले हेर्ने विषय १. नेपालले अवलम्बन गरेको सङ्घीय शासन प्रणालीमा न्यायपालिकाको संरचना कस्तो रहेको छ ? चर्चा गर्नुहोस् । साथै संवैधानिक इजलासको गठन प्रक्रिया र यसले हेर्ने मुद्दाको प्रकृति उल्लेख गर्नुहोस् । नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहबाट राज्यशक्तिको प्रयोग हुने प्रबन्धसहितको सङ्घीय शासन प्रणाली अङ्गीकार गरेको छ । कार्यपालिकीय र व्यवस्थापिकीय शक्ति तीनै तहमा वि
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घले ‘क्लाइमेट प्रोमिस’ (जलवायु प्रतिज्ञा) २०२५ कहिले सुरु गरेको हो ? विसं २०८१ वैशाख ११ – यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्न संयुक्त विश्वव्यापी प्रयास हो । – राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको नेतृत्वमा यो पहल सुरु भएको हो । – यसले सामाजिक सञ्चार माध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निकायसहितका सरोकारवालालाई जलवायु अनुकूलनका मुद्दामा एकीकृत गर्ने छ ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
लगानीकर्ता आकर्षित हुने आधार १. नेपालमा लगानीका लागि स्वदेशी तथा विदेशी निजी लगानीकर्ता आकर्षित हुने आधारहरू प्रस्तुत गर्नुहोस् । विकासोन्मुख मुलुकमा सार्वजनिक वित्तको सीमितता र विकासका असीमित आवश्यकताबिचको असामञ्जस्यता सम्बोधन गर्न निजी क्षेत्रको लगानीको महत्व उच्च रहेको छ । नेपालले व्यक्त गरेका आर्थिक समृद्धिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्कल्पहरू पूरा गर्न आवश्यक स्रोत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट जुटाउन सरकारले नीतिगत, कानुनी तथा प्रक्रियागत सरलीकरण गर्दै आएको छ । यस सन्दर्भमा नेपालमा लगानीका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित हुन सक्ने आधारहरू यस प्रकार छन् : – संविधानले स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. अन्तर प्रदेश खेलमा प्रथम हुन सफल प्रदेश कुन हो ? बागमती प्रदेश खेल आयोजना : बागमती प्रदेश खेल सञ्चालन : २०८० चैत २–८ उद्घाटन : भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा खेल सङ्ख्या : ९ (भलिबल, फुटबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, ब्याडमिन्टन र पौडी) समापन : हेटौँडाको पिप्ले क्याम्पा रङ्गशाला २. नेपालमै पहिलो ‘सावर बन्जी’ कहाँ सञ्चालन गरिने भएको
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
उपभोक्ता समितिले गर्ने निर्माण कार्य १. उपभोक्ता समितिको परिचय दिँदै उपभोक्ता समितिबाट निर्माण कार्य गराउनेसम्बन्धी कानुनी व्यवस्था उल्लेख गर्नुहोस् । उपभोक्ता समितिबाट सार्वजनिक निर्माण कार्य गर्नुपर्दा के कस्ता विषयमा ध्यान दिनु पर्छ ? स्पष्ट पार्नुहोस् । कुनै निर्माण कार्यबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूले सोको निर्माण, सञ्चालन, मर्मत सम्भार गर्नका लागि आफूहरूमध्येबाट गठन गरेको समितिलाई उपभोक्ता समिति भनिन्छ । उपभोक्ता समितिबाट निर्माण कार्य गर्दा त्यस्तो निर्माणबाट प्रत्यक्ष लाभ लिने व्यक्तिहरू मात्र उपभोक्ता समितिमा पदाधिकारीको रूपमा रहनुपर्ने मान्यता रहेको छ । लाभग्राहीको समिति बनाई निर्माण कार्य गराउँदा स्थानीयवासीले स्वामित्व लिई तोकिएको परिमाण, गुणस्तर, लागत र समयमा कार्यसम्पन्न हुने हुँदा विकास निर्मा
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपाल सरकारले कुन फललाई राष्ट्रिय फल घोषणा गरेको छ ? सुन्तला – विसं २०८० चैत ३० को मन्त्रीपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता प्रदान गरेको छ । – मुलुकभित्रको आन्तरिक उत्पादनलाई ब्रान्डिङ गर्ने उद्देश्यका साथ राष्ट्रिय फल घोषणा गरिएको हो । – नेपालमा हाल सुन्तलाको वार्षिक उत्पादन एक लाख ८५ हजार टन रहेको छ ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
मुलुकमा कानुनको आवश्यकता १. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का उद्देश्यहरू उल्लेख गर्नुहोस् । साथै स्थानीय सरकार सञ्चालनको विद्यमान अवस्था विश्लेषण गर्दै स्थानीय सरकार सञ्चालनका सन्दर्भमा भविष्यमा गर्नुपर्ने सुधारका उपायहरू सिफारिस गर्नुहोस् । नेपालको संविधानले नेपालको सङ्घीय संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने उल्लेख गरेको छ । नेपालको सङ्घीय संरचनामा जनताको नजिक स्थानीय तहहरूरहेका छन् । यिनै स्थानीय तहलाई स्थानीय सरकारका रूपमा चिनिन्छ । संविधानप्रदत्त स्थानीय तहका अधिकार कार्यान्वयन गर्न सङ्घीय संसद्बाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भएको छ । यस ऐनका उद्देश्यहरू यस प्रकार छन् :