लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
उपभोक्ता समितिले गर्ने निर्माण कार्य १. उपभोक्ता समितिको परिचय दिँदै उपभोक्ता समितिबाट निर्माण कार्य गराउनेसम्बन्धी कानुनी व्यवस्था उल्लेख गर्नुहोस् । उपभोक्ता समितिबाट सार्वजनिक निर्माण कार्य गर्नुपर्दा के कस्ता विषयमा ध्यान दिनु पर्छ ? स्पष्ट पार्नुहोस् । कुनै निर्माण कार्यबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूले सोको निर्माण, सञ्चालन, मर्मत सम्भार गर्नका लागि आफूहरूमध्येबाट गठन गरेको समितिलाई उपभोक्ता समिति भनिन्छ । उपभोक्ता समितिबाट निर्माण कार्य गर्दा त्यस्तो निर्माणबाट प्रत्यक्ष लाभ लिने व्यक्तिहरू मात्र उपभोक्ता समितिमा पदाधिकारीको रूपमा रहनुपर्ने मान्यता रहेको छ । लाभग्राहीको समिति बनाई निर्माण कार्य गराउँदा स्थानीयवासीले स्वामित्व लिई तोकिएको परिमाण, गुणस्तर, लागत र समयमा कार्यसम्पन्न हुने हुँदा विकास निर्मा
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपाल सरकारले कुन फललाई राष्ट्रिय फल घोषणा गरेको छ ? सुन्तला – विसं २०८० चैत ३० को मन्त्रीपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता प्रदान गरेको छ । – मुलुकभित्रको आन्तरिक उत्पादनलाई ब्रान्डिङ गर्ने उद्देश्यका साथ राष्ट्रिय फल घोषणा गरिएको हो । – नेपालमा हाल सुन्तलाको वार्षिक उत्पादन एक लाख ८५ हजार टन रहेको छ ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
मुलुकमा कानुनको आवश्यकता १. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का उद्देश्यहरू उल्लेख गर्नुहोस् । साथै स्थानीय सरकार सञ्चालनको विद्यमान अवस्था विश्लेषण गर्दै स्थानीय सरकार सञ्चालनका सन्दर्भमा भविष्यमा गर्नुपर्ने सुधारका उपायहरू सिफारिस गर्नुहोस् । नेपालको संविधानले नेपालको सङ्घीय संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने उल्लेख गरेको छ । नेपालको सङ्घीय संरचनामा जनताको नजिक स्थानीय तहहरूरहेका छन् । यिनै स्थानीय तहलाई स्थानीय सरकारका रूपमा चिनिन्छ । संविधानप्रदत्त स्थानीय तहका अधिकार कार्यान्वयन गर्न सङ्घीय संसद्बाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भएको छ । यस ऐनका उद्देश्यहरू यस प्रकार छन् :
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. फोब्र्सको नयाँ सूची (२०२४ अप्रिल) अनुसार विश्वका धनाढ्यमा पहिलो स्थानमा रहन सफल अर्बपति को हुन् ? बर्नार्ड आर्नल्ट विश्वका प्रमुख १० जना धनाढ्य १. बनार्ड आर्नल्ट (फ्रान्स) : दुई खर्ब ३३ अर्ब २. एलन मक्स (अमेरिका) : एक खर्ब ९५ अर्ब ३. जेफ बेजोस (अमेरिका) : एक खर्ब ९४ अर्ब
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
जलविद्युत्मा निजी क्षेत्रको योगदान १. जलविद्युत्को विकासमा निजी क्षेत्रले के कसरी योगदान गर्न सक्छ ? आफ्नो धारणा उल्लेख गर्नुहोस् । वस्तु तथा सेवाको उत्पादन र बिक्रीवितरण गरी मुनाफा आर्जन गर्न उद्योग तथा व्यापार, व्यवसाय स्थापना र सञ्चालन गर्ने व्यक्ति वा संस्थाहरू निजी क्षेत्र अन्तर्गत पर्छन् । नेपालले लिएको उदारीकरणको नीतिसँगै जलविद्युत्को विकासमा निजी क्षेत्रको संलग्नता बढ्दै गएको छ । निजी क्षेत्रले प्रवर्धन गरेका आयोजनाबाट उत्पादित विद्युत् सरकारले उचित दरमा खरिद गरिदिने नीतिपश्चात् निजी क्षेत्र उत्साहित हुँदै जलविद्युत् उत्पादनमा लगानी बढाएको पाइन्छ । निजी क्षेत्रलाई जलविद्युत् उत्पादनमा मात्र नभई प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा समेत सहभागी गराउने गरी नीतिगत तथा कानुनी तयारी भइरहेको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरियो ? विसं २०८० चैत १८ – काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन भरी गुडाइएको छ । – इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
सङ्घीय राजस्व बाँडफाँटका आधार १. नेपालको संविधान र कानुनबमोजिम सङ्घीय राजस्व बाँडफाँट गर्दा लिनुपर्ने आधार र बाँडफाँट प्रक्रिया उल्लेख गर्नुहोस् । कुनै एक तहको सरकारले सङ्कलन गरेको राजस्व रकम अन्य तहका सरकारबिच निश्चित आधार र ढाँचाबमोजिम बाँडफाँट गर्ने कार्य नै राजस्व बाँडफाँट हो । नेपाल सरकारले सङ्कलन गरेको राजस्व सङ्घ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण व्यवस्था मिलाउने कुरा नेपालको संविधानमा उल्लेख छ । यस व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्रि
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. वल्र्ड ह्याप्पिनेस रिपोर्ट, २०२४ अनुसार विश्व खुसी सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ? ९३ औँ – वल्र्ड ह्याप्पिनेस रिपोर्ट, २०२४ अनुसार विश्व खुसी सूचकाङ्कमा नेपाल ९३ औँ स्थानमा रहेको छ । – यस वर्ष पनि फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ । लगातार सात वर्षदेखि फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो स्थानमा पर्न सफल भएको छ ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
निर्णय निर्माण प्रक्रियाका चरण १. निर्णय निर्माण प्रक्रियाका चरण उल्लेख गर्दै नेपालको सार्वजनिक प्रशासनमा निर्णय निर्माण प्रक्रियामा निर्णयकर्ताले भोग्नु परेका समस्या प्रस्तुत गर्नुहोस् । कुनै समस्या वा विषय सम्बोधन गर्ने सन्दर्भमा अधिकारप्राप्त अधिकारीले उपलब्ध विकल्पमध्येबाट उत्तम विकल्पको छनोट गर्ने प्रक्रिया नै निर्णय निर्माण प्रक्रिया हो । सार्वजनिक प्रशासनमा कार्यसम्पादनका क्रममा सरकारका विभिन्न तह वा निकायबाट नीतिगत वा प्रशासनिक निर्णयहरू हुने गर्दछन् ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. राष्ट्रिय सभा अध्यक्षमा को निर्वाचित हुनुभएको छ ? नारायणप्रसाद दाहाल – विसं २०८० फागुन २९ मा भएको निर्वाचनमा नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित ५६ जनामध्ये ३९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १७ मत परेको थियो । – दाहालले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबार पुगेर सोही दिन पदभार ग्रहण गर्नुभयो । – उहाँ २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
आयोजना वर्गीकरणका आधार १. वित्त नीति र मौद्रिक नीतिको परिचय दिँदै यी नीतिबिच समन्वय किन आवश्यक छ ? लेख्नुहोस् । अर्थतन्त्रमा वाञ्छित प्रभाव पार्न सरकारले जारी गर्ने नीति वित्त नीति हो । यसले आर्थिक वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र समष्टिगत आर्थिक स्थायित्वमा जोड दिन्छ । सार्वजनिक खर्च, सार्वजनिक ऋण र कर नीतिको आधारमा सरकारको वित्त नीति तय हुन्छ । सरकारले वार्षिक बजेटका रूपमा प्रस्तुत गर्ने यो नीति संसदबाट अनुमोदन भई जारी हुन्छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. ९६ औँ संस्करणको ओस्कार अवार्ड (२०२४) मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ? ओपनहाइमर – आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपनहाइमरको सो बायोपिक फिल्मले सात विधामा अवार्ड जितेको छ । ओपनहाइमरले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायाङ्कन, बेस्ट स्कोरसहित सात अवार्ड जितेको छ । – उत्कृष्ट चलचित्र : ओपनहाइमर – उत्कृष्ट अभिनेता : किलियन मर्फी (ओपनहाइमर)
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
अव्यवस्थित सहरीकरणका असर १. अव्यवस्थित सहरीकरण भनेको के हो ? अव्यवस्थित सहरीकरणका असरहरू उल्लेख गर्नुहोस् । सहरी विकाससम्बन्धी नीति, योजना, मापदण्ड तथा आधारभूत सहरी पूर्वाधारबिना नै सहर विस्तार हुने प्रक्रियालाई अव्यवस्थित सहरीकरण भनिन्छ । अव्यवस्थित सहरीकरण प्रक्रियामा योजनाबद्ध सहर बस्ती विकास गर्ने सरकारी प्रयास कामयावी बनेका हुँदैनन् । जमिन कारोबारी र सर्भेयरको सीमित समूहको हातमा सहर तथा बस्ती विकासको जिम्मेवारी पुगे जस्तो देखिन्छ । पछिल्लो समय नेपालमा सहर विस्तार हुने व्रmम तीव्र छ । योजनाबद्ध सहर र बस्ती विकासका सरकारी प्रयासहरू सीमित छन्
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा को निर्वाचित भएका छन् ? सहवाज सरिफ – पाकिस्तान मुस्लिम लिग– नवाज (पिएमएल–एन) का नेता सहवाज दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । – इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) ले समर्थन गरेका उम्मेदवार उमर अयुवलाई पराजित गर्दै सहवाज सन् २०२४ मार्च ३ मा पाकिस्तानको २४ औँ प्रधानमन्त्री चयन भएका छन् । उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका सहोदर भाइ हुन् । – सहवाज यसअघि सन् २०२२ अप्रिलमा इमरान खानको
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
सङ्घीय संसद्का विशेषाधिकार १. सार्वजनिक उत्तरदायित्व भन्नाले के बुझिन्छ ? नेपालको सार्वजनिक क्षेत्रमा सार्वजनिक उत्तरदायित्व निर्वाह गर्न गरिएका व्यवस्थाहरू प्रस्तुत गर्नुहोस् । सार्वजनिक स्रोतसाधन र अधिकारको प्रयोग गर्ने निकाय वा पदाधिकारीले आफ्ना कामकारबाही, निर्णय र स्रोत परिचालनका सम्बन्धमा सरोकारवालालाई जवाफ दिनुपर्ने दायित्वलाई सार्वजनिक उत्तरदायित्व भनिन्छ । यसले सार्वजनिक पदाधिकारीलाई आफ्ना कामप्रति जिम्मेवार र जवाफदेही बन्न बाध्य पार्दछ । सार्वजनिक निकायका निर्णय र कामकारबाही स्वच्छ
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? विसं २०८० फागुन ३–७, काठमाडौँ – ९८ राष्ट्रका एक हजार चार सयभन्दा बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरूको सहभागिता थियो । – सम्मेलनमा नवउदारवादी व्यवस्थाले ल्याएका सङ्कटहरू युद्ध, असमानता, विभेद, गरिबी, आप्रवासन, जलवायु परिवर्तन जस्ता मुद्दामा आवाज उठाइएको छ । – कार्यक्रममा ६० भन्दा बढी घोषणापत्र जारी भएका छन् ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
बसाइँसराइका नकारात्मक असर १. जलवायु उत्थानशील विकास भनेको के हो ? नेपालमा यसको आवश्यकताबारे चर्चा गर्दै नेपालले जलवायु उत्थानशील विकासका लागि चाल्नुपर्ने कदमहरू उल्लेख गर्नुहोस् । जलवायु परिवर्तनका कारण वर्तमान र भविष्यमा हुने क्षति न्यूनीकरण गर्दै तथा विकासका प्राप्त उपलब्धिहरूलाई बचाउँदै दिगो विकासको दिशामा अगाडि बढ्ने अवधारणा नै जलवायु उत्थानशील विकास हो । यसले जलवायु परिवर्तनका असरहरू सामना गर्न तथा जलवायु परिवर्तनसँग अनुकूलित हुन व्यक्ति र समुदायको क्षमता विकासमा जोड दिन्छ । यो विकासका व्रिmयाकलापहरू छुट्टै ढङ्गले सञ्चालन गर्ने नभई विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रममा जलवायु परिवर्तन र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई आन्तरिकीकरण गरी कार्यान्वयन गर्दै जाने भन्ने
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र कुन हो ? जर्मनी (सन् २०२४ फेब्रुअरी) – विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र यसअघि जापान थियो । – जापानको जिडिपी अहिले ४२ खर्ब डलर रहेको छ भने जर्मनीको जिडिपी ४५ खर्ब डलर पुगेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार अर्थतन्त्रका हिसाबले प्रमुख १० ठुला राष्ट्र (सन् २०२४ फेब्रुअरी) २. नेपाल र स्विट्जरल्यान्डबिच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो ?
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
राष्ट्रिय वातावरण नीतिका उद्देश्य १. वातावरणीय न्याय भनेको के हो ? राष्ट्रिय वातावरण नीति, २०७६ का उद्देश्यहरू उल्लेख गर्दै यस नीतिले वातावरणीय न्यायका सम्बन्धमा अवलम्बन गरेका रणनीति उल्लेख गर्नुहोस् । वातावरणबाट प्राप्त हुने लाभ र हानिको स्वच्छ र समतामूलक वितरण हुनुपर्ने मान्यता नै वातावरणीय न्याय हो । वातावरणीय ह्रासबाट विशेष गरेर पिछडिएका तथा आर्थिक रूपमा जोखिममा रहेका समुदाय बढी प्रभावित हुने हुँदा वातावरणसम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्दा त्यस्ता समुदायको आवाज सुनिनुपर्ने र अधिकार स्थापित हुनुपर्ने मान्यता यस अवधारणाले अँगालेको पाइन्छ । यस अवधारणाले समाजमा रहेका सबै वर्ग, क्षेत्र वा समुदायका मानिस वातावरणीय जोखिमबाट समान रूपमा
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डमा लगातार चार पटकसम्म ‘एल्बम अफ दी इयर’ अवार्ड हात पार्न सफल गायिका को हुन् ? अमेरिकी गायिका टेलर स्विफ्ट – लगातार यो अवार्ड पाउने उनी पहिलो व्यक्ति बनेकी छन् । – सन् २०२४ को ६६ औँ ग्रामी अवार्ड हो । – एल्बम अफ दी इयर : मिडनाइटस् (टेलर स्विफ्ट)
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
– सङ्घ तथा प्रदेश सरकारबाट हस्तान्तरण भई प्राप्त हुने राजस्व बाँडफाँट, रोयल्टी, तथा अनुदान तथा आफ्नै आन्तरिक स्रोतसमेतलाई प्राथमिकताप्राप्त क्षेत्रमा लगाई प्रतिफल प्राप्त गर्न विकासको आवधिक योजना तयार गरी कार्यान्वयन गर्ने, – आवधिक योजनालाई वार्षिक बजेटसँग आबद्ध गर्न मध्यमकालीन खर्च संरचना तयार गरी कार्यान्वयन गर्ने, – आवधिक योजनाले निर्देश गरेबमोजिम वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा गरी कार्यान्वयन गर्ने, – स्थानीय राजस्व असुलीमा सुधार गर्न राजस्व परामर्श समिति गठन गरी परामर्श लिन सक्ने । अधिकार उपयोगको अवस्था – स्थानीय राजस्व परिचालन गर्न आर्थिक ऐन तर्जुमा हुने गरेको छ । स्थानीय तहपिच्छे राजस्वका दर र दायराहरू फरक फरक छन् । सीमित स्थानीय तहबाहेक अधिकांश स्थानीय तहहरू आफ्नो आन्तरिक स्रोतबाट प्रशासनिक खर्च धान्न सक्ने अवस्थामा छैनन् । – स्थानीय राजस्व असुलीमा सुधार गर्न राजस्वका सम्भावना अध्ययन तथा सुधारका कार्ययोजना निर्माण भए पनि कार्यान्वयन गरी राजस्व असुलीमा उल्लेखनीय सुधार गरेका स्थानीय तहहरू न्यून छन् । – अधिकांश स्थानीय तहमा राजस्व प्रशासन प्रभावकारी हुन नसक्दा राजस्व चुहावट न्यूनीकरण हुन सकेको छैन । – ढुङ्गा, गिटी, बालुवा, माटो जस्ता वस्तुको उत्खनन, सङ्कलन र बिक्री गर्नेसम्बन्धी सङ्घ र प्रदेशका कानुन बाझिएका तथा स्थानीय तहका समेत कानुन निर्माण नहुँदा स्थानीय तहको अधिकार कार्यान्वयनमा जटिलता देखिएको छ । – अधिकांश स्थानीय तहहरूले समयमै बजेट पारित गरी कार्यान्वयन गर्दै आएका छन् भने केही स्थानीय तहहरूले निर्धारित समयसीमाभित्र बजेट पारित गर्नसमेत असफल भएका छन् । – योजना र प्राविधिक कामको जिम्मा लिने शाखाहरू व्यवस्थित नहुने, योग्य र सक्षम जनशक्तिको अभाव, राजनीतिक तहबाट अपनत्वको कमी जस्ता कारणबाट आवधिक योजना र मध्यमकालीन खर्च संरचनाको कार्यान्वयन अवस्था फितलो देखिएको छ । – वार्षिक योजना तथा कार्यक्रम छनोटमा प्राविधिक पक्षभन्दा राजनीतिक पक्ष हाबी छ । आयोजनाको लाभ लागत विश्लेषण तथा सम्भाव्यता अध्ययन नगरी छनोट गर्ने, स–साना आयोजनामा बजेट छर्ने प्रवृत्ति कायमै छ । – आन्तरिक ऋण लिने सम्बन्धमा प्रक्रियागत विषयहरू यकिन नहुँदा सोसम्बन्धी अधिकारको उपयोग हुन सकेको छैन । सीमित स्थानीय तहहरूले नगर विकास कोषबाट ऋण लिई परियोजना सञ्चालन गरेका उदाहरणहरू छन् । प्रभावकारिताका लागि सुझाव – स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता विकास गर्ने, – बाझिएका कानुनहरू संशोधन एवं परिमार्जन गरी स्पष्टता ल्याउने, – सङ्घीय र प्रादेशिक कानुनसँग नबाझिने गरी नमुना कानुन तर्जुमा गरी स्थानीय तहहरूलाई उपलब्ध गराउने, – स्थानीय तहका विषयगत समिति र विषयगत शाखाहरूलाई व्यवस्थित गरी तिनीहरूको भूमिकालाई प्रभावकारी बनाउने, – स्थानीय तहमा आयोजना बैङ्क स्थापना गरी आयोजना अनुशासन कायम गर्ने, – स्थानीय जनप्रतिनिधिलाई प्राप्त अधिकारको
४३ जना न्यायाधीशका लागि आवेदन माग
न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन खुल्ला गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रवार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो ।
प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित
प्रदेश लोकसेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोकसेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।
प्रहरीले ३६५ जना असईमा भर्ना खोल्यो
नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले धेरै सङ्ख्यामा भर्नाका लागि आवेदन माग गरेको हो ।