१. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल सरकारको आव २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरिएको हो ?
विसं २०८२ वैशाख १९
नीति तथा कार्यक्रमका प्रमुख व्यवस्था
– ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुतत’ का आधारमा परराष्ट्र सम्बन्ध विस्तार गरिने ।
– गैरआवासीय नेपालीको क्षमता र सञ्जाललाई उपयोग गरी सार्वजनिक र सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्राष्ट्रिय
स्तरमा मुलुकको पहिचान र सम्मान अभिवृद्धि गरिने ।
– नेपाललाई योग तथा ध्यान पर्यटन केन्द्र बनाउने घोषणा ।
– इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने ।
– योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्ने । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्ड लागु गर्ने ।
– आगामी दशकलाई आन्तरिक रोजगार दशक घोषणा ।
– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुदृढ गरिने ।
– पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रूपमा विकास गर्ने ।
– दिगो आय तथा रोजगारमूलक, वातावरणमैत्री पर्यटन,
– हवाई सेवा र पूर्वाधारमा निजी क्षेत्रको प्रवर्धन गरिने ।
– सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित गर्ने ।
– सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने ।
– डिजिटल अर्थतन्त्रको विकास गरिने ।
– आधुनिक कृषिका लागि यान्त्रिकीकरण गरिने ।
– बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने । बिमा साक्षरता कार्यक्रम सञ्चालन गराइने ।
२. भ्वाइस अफ नेपाल सिजन छ को उपाधि जित्ने प्रतिभा को हुन् ?
धादिङका प्रोसेस पाण्डे
– विसं २०८२ वैशाख १९ मा भएको ग्रान्ड फिनालेमा उनले उपाधि चुमेका । जितसँगै उनले २० लाख नगद पुरस्कार प्राप्त गरेका ।
– सो प्रतियोगितामा खोटाङका रोशन राई फस्ट रनरअप, इलामका प्रमेश सेकेन्ड रनरअप र सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भएकी ।
३. विश्वमै लामो पत्रकार सम्मेलन गर्ने राष्ट्रपति को हुन् ?
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु
– मुइज्जुले सन् २०२५ मे ३ मा बिहान १० बजे सुरु गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको थियो ।
– यस अघि यो रेकर्ड युक्रेनी राष्ट्रपति जेलेन्स्कीको नाममा रहेको थियो । उनीद्वारा सन् २०१९ अक्टोवरमा आयोजित पत्रकार सम्मेलन १४ घण्टासम्म सञ्चालन भएको थियो ।
– मुइज्जुका पूर्ववर्ती मोहम्मद नसिदले सन् २००९ मा समुद्रको सतह बढ्न सक्ने खतरालाई उजागर गर्न पहिलोपटक पानी मुनि मन्त्रीपरिषद्को बैठक आयोजना गरेर विश्व रेकर्ड कायम गरेका थिए ।
४. सरकारले कति वटा सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) को व्यवस्थापनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ?
सात
– विसं २०८२ वैशाख १५ गतेको मन्त्रीपरिषद् बैठकले सात सार्वजनिक प्रतिष्ठान व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको ।
व्यवस्थापनका लागि स्वीकृति प्रदान गरिएका संस्थानहरू :
१. जनकपुर चुरोट कारखाना
२. गोरखाकाली रबर उद्योग
३. उदयपुर सिमेन्ट उद्योग
४. हेटाैँडा सिमेन्ट उद्योग
५. नेपाल मेटल कम्पनी
६. बुटवल धागो कारखाना
७. नेपाल ओरिमन्ड म्याग्नेसाइट ।
– सरकारले अध्यादेशमार्फत निजीकरण ऐन, २०५० लाई संशोधन गर्दा निजीकरण शब्दको सट्टा ‘सार्वजनिक प्रतिष्ठान’ (सरकारी लगानी) व्यवस्थापन भन्ने उल्लेख गरेकाले मन्त्रीपरिषद्बाट भएको निर्णयमा पनि निजीकरण शब्दको सट्टा सरकारी लगानी व्यवस्थापन गर्ने उल्लेख भएको ।
– संशोधित ऐन अनुसार सरकारी लगानीको व्यवस्थापन भन्नाले प्रतिष्ठानको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागिता गराउने, बिक्री गर्ने, भाडामा दिने, सरकारी स्वामित्वलाई जनसाधारणमा लैजाने वा अन्य माध्यमबाट निजी क्षेत्र वा त्यस्ता प्रतिष्ठानका कर्मचारी कामदार वा इच्छुक सबै समूहको आंशिक वा पूर्ण सहभागिता गर्ने/गराउने उल्लेख छ ।
५. काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को निर्माण कार्य कहिले सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ?
विसं २०८३
– खोकनादेखि निजगढसम्म जोड्ने यस द्रुतमार्गको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ ।
– विसं २०७४ मा चार वर्षभित्र काम सक्ने गरी सरकारले नेपाली सेनालाई यो मार्ग निर्माणको जिम्मा दिएको थियो ।
– २०८०÷८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा काम पूरा नभएपछि २०८३ सालसम्मको म्याद थपिएको ।
– सुरुमा अनुमानित निर्माण लागत एक खर्ब ७५ अर्ब रहेकोमा पछिल्लो अनुमान अनुसार लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड पुगेको छ ।
– २०८१ चैत्र मसान्तसम्म फास्ट ट्र्याक निर्माणको काम ३९ प्रतिशत सकिएको छ ।
६. नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात कहिलेबाट गरिएको हो ?
विसं २०८२ वैशाख
– नेपाल प्रहरी स्थापनाको ७० वर्षपछि सङ्गठनभित्र पहिलो पटक स्टाफ कलेज कोर्स सुरु गरिएको ।
– यो कोर्सले प्रहरी सङ्गठनमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास लिइएको ।
– २०८१ पौष ११ गतेको ‘पुलिस लिडरसिप एन्ड स्टाफ कलेज व्यवस्थापन समिति’ को बैठकले पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स कार्यप्रणाली–२०८१ र प्रवेश परीक्षा कार्यादेश–२०८१ पारित गरेसँगै कोर्सको कार्यान्वयन अघि बढेको ।
– १४ महिनाको यो कोर्स १२ महिना आवासीय प्रशिक्षण र दुई महिना अनुसन्धान (थेसिस) कार्यका लागि छुट्याइएको ।
७. राष्ट्रिय लेखक पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ?
आख्यानकार धु्रवचन्द्र गौतम (विसं २०८२ वैशाख)
– तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा उनी सम्मानित भएका ।
– सो अवसरमा वरिष्ठ साहित्यकार कवि वैरागी काइँला, डा. तुलसी भट्टराई, डा. बेञ्जु शर्मा, प्राडा हेमाङ्गराज अधिकारी, डा. गोविन्दराज भट्टराई, डा. रत्नराज आचार्य, डा. कुमारप्रसाद कोइरालालगायत ३२ जनालाई मानार्थ लेखक सम्मान प्रदान गरिएको थियो ।
८. राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन कहिले भएको हो ?
विसं २०८२ वैशाख १५
– मुखिया शाहीको निधनसँगै राउटेको जनसङ्ख्या १३५ मा झरेको छ ।
– तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण थिए ।
– मध्यपान र धूमपानको अत्यधिक सेवनका कारण राउटेको मृत्यु हुने गरेको छ । पछिल्ला अध्ययन प्रतिवेदनहरूले राउटेको अस्तित्व नै सङ्कटमा परेको देखाइरहेको छ । ‘राउटेको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१’ ले यस्तो तथ्याङ्क देखाएको हो ।
९. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाइन्छ ?
मे २
– आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को नारा ‘सूचना प्रविधिको अभियान : डिजिटल नेपालको निर्माण’ रहेको ।
१०. २०८१ सालको वानीरा प्रज्ञा पुरस्कार कसलाई प्रदान गरियो ?
रामकुमार पाँडे
– त्यसै गरी वानीरा शङ्कर पुरस्कार शशि शाहलाई प्रदान गरिएको ।
– उपर्युक्त दुवै पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको ।
– ५० हजार रुपियाँ राशिको वानीरा पुरस्कारबाट कवि कृष्ण बाउसे सम्मानित भएका ।
११. संयुक्त राज्य अमेरिका र युक्रेनबिच खनिज सम्झौतामा हस्ताक्षर कहिले भएको हो ?
सन् २०२५ अप्रिल ३०
१२. तनहुँमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
१४० मेवा
– यस आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको ।
– आयोजनाको कुल लागत अनुमान ५० करोड ५० लाख अमेरिकी डलर रहेको । जसमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको ।
१३. राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?
माभोरियन सिस्टम्स (विसं २०८२ वैशाख)
– सन् २०१६ मा स्थापना भएको माभोरियन सिस्टम्स नेपालको अग्रणी सफ्टवेयर विकास कम्पनी हो ।
– कम्पनीले विशेष गरी हस्पिटल इन्फरमेसन सिस्टम र इलेक्ट्रोनिक मेडिकल रेकर्डमा विशेषज्ञता हासिल गरेको छ ।
– कम्पनी सफ्टवेयर विकास, क्लाउड कम्प्युटिङ, डाटा सेन्टर, नेटवर्किङ, सुरक्षा र प्रणाली एकीकरणमा केन्द्रित छ ।
१४. २०८१ को उत्तम शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
जीवा लामिछाने (कृतिः अक्षत अन्टार्कटिका)
– पुरस्कारको राशि रु. एक लाख रुपियाँ रहेको ।
– उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि पुरस्कार प्रदान गर्दै आएको ।
१५. चार्ली फोस्टर भनेको के हो ?
साइबर अपराधविरुद्ध नेपाल र चीनद्वारा सञ्चालित आपरेसन
१६. नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले भएको हो ?
विसं २०७७ पुस ६
– खास गरी क्यान्सर, थाइराइड एवं हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने ।
– यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवं इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने ।
१७. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
रवीन्द्रनाथ टैगोर (भारत)
१८. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
मेकियाबेली
प्रस्तुतकर्ता : टङ्क केसी