• १४ माघ २०८१, सोमबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. नेपालको क्रिकेट इतिहासमा पहिलो पटक आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) मा कति टिमको सहभागिता रहेको छ ?

आठ 

सञ्चालन मिति : विसं २०८१ मङ्सिर १५ देखि पुस ६ ।

स्थान : त्रिवि क्रिकेट मैदान ।

सहभागी टिम : सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स । 

आठ फ्रेन्चाइज टिम, ४० विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्टार स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण ।

उद्घाटन खेल : जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स ।

एनपिएलमा तीन स्वदेशी र पाँच विदेशी प्रशिक्षक ।

नारा : एनपिएल–फेस्टिभल अफ हिमालयज ।


२. सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी)को एघारौँ बैठक कहिले र कहाँ सम्पन्न भयो ?

विसं २०८१ मङ्सिर ८–११, कम्बोडिया 

उक्त कार्यक्रममा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख देवराज घिमिरे मङ्सिर ७ मा त्यसतर्फ प्रस्थान गरेका । 


३. मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

१३५ मेगावाट 

अर्धजलाशययुक्त सो जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको । 

आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरीवेक्षण नर्थवेस्ट इन्जिनियरिङ कम्पनीले गर्ने । 

कम्पनीको स्वपुँजीमा २० प्रतिशत बुटवल पावर कम्पनीको र ८० प्रतिशत चिनियाँ लगानीको हिस्सा रहने । 


४. राफेल नाडाल कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?

टेनिस 

स्पेनका राफेल नाडाल चर्चित टेनिस खेलाडी हुन् । 

२२ पटक ग्रान्डस्लाम उपाधि जितेका नाडालले सन् २०२४ नोभेम्बर १९ मा अन्तर्राष्ट्रिय टेनिसबाट सन्न्यासको घोषणा गरेका । 

सर्वाधिक ग्रान्डस्लाम जित्ने नाडाल दोस्रो खेलाडी हुन् । शीर्ष स्थानमा रहेका सर्बियाली नोभाक जोकोभिकले २४ ग्रान्डस्लाम हात पारेका । 

‘किङ्ग अफ क्ले’ उपनाम पाएका नाडालले फ्रेन्च ओपन सिङ्गल्समा १४ पटक, युएस ओपनमा चार पटक र बिम्वल्डन ओपनमा २/२ पटक उपाधि जितेका । 

पछिल्लो डेढ दशकमा रोजर फेडेरर, नाडाल र जोकोभिकले एटिपीदेखि ग्रान्डस्लाम टेनिसमा एकाधिकार जमाएका थिए । यी तीन खेलाडीले प्रतियोगितामा भाग लिँदा दुई जना निश्चित रूपमा फाइनलमा पुग्ने गरेको पाइन्छ । फेडेररले गत वर्ष सन्न्यास लिएका थिए । यी तीनमध्ये अब सर्बियाली जोकोभिक मात्र सक्रिय छन् । 


५. नेपाल चिकित्सक सङ्घको आयोजनामा चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन कहिले हुने भएको छ ?

विसं २०८१ मङ्सिर २८ र २९, काठमाडौँ 


६. फिच रेटिङ लिमिटेडद्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (कन्ट्री रेटिङ) मा नेपालले कुन ग्रेड प्राप्त गरेको छ ? 

बिबी माइनस

अन्तर्राष्ट्रिय फिच रेटिङ्सले २०८१ मङ्सिर ६ –सन् २०२४ नोभेम्बर २१) मा यस्तो रेटिङ प्रतिवेदन सार्वजनिक गरेको । 

फिच रेटिङ लिमिटेडले गरेको मापनमा नेपालको सार्वभौम साख निर्धारण –सोभरिन क्रेडिट रेडिङ) मा लगानीका लागि सुरक्षित मानिने ‘डबल बी माइनस’ रेटिङ पाएको । यो तुलनात्मक रूपमा राम्रो सूचक हो । फिचका अनुसार यो रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सामथ्र्य रहेको अवस्थालाई जनाउने । 

फिचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको बलियो बाह्य तरलता, जलविद्युत् क्षेत्रबाट अर्थतन्त्रमा पुगेको टेवालगायतले अर्थतन्त्रमा बल पु¥याएको उल्लेख । सन् २००६ मा सशस्त्र द्वन्द्वको अन्त्य र सोपश्चात्को राजनीतिक सङ्व्रmमणमा भएको सुधारले पनि केही हदसम्म सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । 

रेमिटेन्स आय तथा विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति बचतलाई पनि फिचले सकारात्मक रूपमा लिएको ।

सार्वभौम रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्र –अर्थतन्त्रको संरचनात्मक स्थिति, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक क्षेत्र र बाह्य क्षेत्र) लाई लिइएको । 

सार्वभौम रेटिङमा मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतम ‘डी’ देखि अधिकतम ‘एएए’ सम्म रेटिङ प्रदान 

गर्ने गरिएको । फिच रेटिङ्स अमेरिकास्थित अन्तर्राष्ट्रिय रेटिङ्स एजेन्सी हो । ठुला तीन रेटिङ एजेन्सीमा फिचबाहेक मुडिज र स्ट्यान्डर्ड एन्ड पोअर्स रहेका । 


७. अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी कहिले जारी गरेको हो ?

सन् २०२४ नोभेम्बर २१

उनलाई युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको । 

आइसिसीले नेतान्याहु पूर्वरक्षामन्त्री योभ गालान्ट र हमास समूहका नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको । 

अब यो पक्राउ पुर्जी लागु गर्ने वा नगर्ने निर्णय गर्ने आइसिसीका १२४ सदस्य राष्ट्रमा निर्भर हुने छ । 

आइसिसीले नेतान्याहु र गालान्टले गाजाका नागरिकलाई खाना, पानी, औषधी, चिकित्सा आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेको जनाएको । जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइ रहेको ।


८. लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ? 

नोभेम्बर २५ देखि डिसेम्बर १०

सन् २०२४ को नारा : टुवार्ड्स थर्टी इयर्स अफ दि बेइजिङ डिक्लेरेसन एन्ड प्लेटफर्म फर एक्सन, युनाइट टु इन्ड भायोलेन्स अगेन्स्ट वुमन । 

राष्ट्रिय नारा : हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता 

नेपाल सरकारले हरेक वर्ष नाभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरिएको । साथै यस अवधिभर सरोकारवाला निकायको समन्वयमा थप कार्यव्रmम गरिँदै आएको ।

सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले यसको अनुमोदन गरेपश्चात् महिला माथि हुने हिंसाविरुद्धको विविध अभियान सुरु भएका । 


९. फिल्म साउथ एसिया महोत्सवको चौंथो संस्करण कहिले र कहाँ सम्पन्न भयो ?

विसं २०८१ मङ्सिर ६–९, ललितपुर 

उत्कृष्ट चलचित्र : सिक्स–ए आकाशगङ्गा

जुरी अवार्ड : देवी र चर्दी कला– अन ओड टु रिसाइलेन्स

उत्कृष्ट स्टुडेन्ट चलचित्र : हेलो गाइज

उत्कृष्ट डेब्यु चलचित्र : सिज इन द एअर

बेस्ट फिल्म इन दी क्लाइमेट क्राइसिस : अ फ्लेमिङ फरेस्ट

महोत्सवमा विभिन्न देशका ४७ लघु चलचित्र र वृत चित्र प्रदर्शन गरिएको । 

नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशका चलचित्रले सहभागिता जनाएका । 

महोत्सवको थिम : डकुमेन्ट्री इन एन्थ्रोपोसन । 


१०. सातौँ ‘मिस्टर एन्ड मिस लिटिल कोशी’ को उपाधि जित्ने प्रतिभा को हुन् ?

मिस्टरतर्फ : ओसियनजङ्ग थापा र मिसतर्फ : उपासना रामदाम –विसं २०८१ मङ्सिर) 


११. एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को १२ औँ साधारण सभा कहाँ सम्पन्न भयो ?

कम्बोडिया, विसं २०८१ मङ्सिर ६–९ (सन् २०२४ नोभेम्बर २१–२४)

सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन र युरोपका राजनीतिक पार्टीका प्रतिनिधिको सहभागिता रहेको । 

सम्मेलनमा नेपालबाट आठ दलका १३ नेता सहभागी भएका । 


१२. इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

ब्राउजर


१३. लोक सेवा आयोगको प्रतीक चिह्न (लोगो) कहिलेदेखि प्रचलनमा आएको हो ?

विसं २०७३ असार १


१४. २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?

हेटौँडास्थित गुम्बाडाँडा


१५. प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि कहिले त्यसतर्फ प्रस्थान गर्नुभयो ?

विसं २०८१ मङ्सिर १७ (चार दिवसीय) 

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिवसीय भ्रमणका लागि चीन जानुभएको । 


१६. सरकारद्वारा प्रदान गरिने वर्ष २०८० को राष्ट्रिय पुरस्कार (२०८१ मा) अन्तर्गत उत्कृष्ट चलचित्रको पुरस्कार जित्न सफल चलचित्र कुन हो ?

चलचित्र बुलाकी 

वर्ष २०८० मा रिलिजमा आएका चलचित्र र तिनका कलाकार तथा प्राविधिकलाई पुरस्कृत गर्न चलचित्र विकास बोर्डद्वारा २०८१ मङ्सिर १२ मा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१ मा बुलाकीले उत्कृष्ट चलचित्रको पुरस्कार प्राप्त गरेको । 

उत्कृष्ट चलचित्र : बुलाकी 

उत्कृष्ट अभिनेता : विपिन कार्की (चलचित्र : प्रसाद–२)

उत्कृष्ट अभिनेतृ : स्वस्तिमा खड्का (चलचित्र : दिमाग खराब) 

उत्कृष्ट निर्देशक : निश्चल बस्नेत (चलचित्र : दिमाग खराब) 

उत्कृष्ट सम्पादन : मित्र डी गुरुङ (चलचित्र : महाजात्रा) 

उत्कृष्ट आदिवासी जनजाति मातृभाषी फिल्म : लोजीमा (लिम्बु भाषा) 

उत्कृष्ट कथा, पटकथा र संवाद लेखन : राजबहादुर साने (चलचित्र : बुलाकी)

उत्कृष्ट छायाङ्कन : शिव ढकाल (चलचित्र : बुलाकी) 

दीर्घ साधना सम्मान : चैत्यदेवी सिंह


१७. १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादनको सुरुवात कहिलेदेखि गरिएको हो ?

विसं २०८१ मङ्सिर ५

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्मित सो आयोजनाका ३७ मेगावाटका तीन वटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको । 

चिलिमे जलविद्युत्को अगुवाइमा निर्मित सो आयोजनाबाट उत्पादित विद्युत् टिमुरे –तातोपानी) स्थित विद्युत्गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०÷१३२÷३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको । 


१८. नेपालको पहिलो राष्ट्रिय जलस्रोत नीति कहिले सार्वजनिक भएको हो ?

विसं २०७७ पुस २

ऊर्जा मन्त्रालयद्वारा सार्वजनिक सो नीतिमा सात वटा उद्देश्य रहेको । 

नीतिमा ११ रणनीति र ११५ कार्यनीति रहेको ।


१९. आयात–निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ?

नेपाल ट्रेड –नेपाल सरकारद्वारा ल्याइएको)

प्रस्तुतकर्ता : टङ्क केसी