गोरखापत्रकर्मी तुम्बापो सम्मानित
गोरखापत्र दैनिकका पाँचथर समाचारदाता नारायण तुम्बापो सम्मानित हुनुभएको छ । प्रेस चौतारी नेपाल पाँचथरले तुम्बापोसहित आठ जना सञ्चारकर्मी र पूर्व सञ्चारकर्मीलाई सम्मान गरेको हो ।
इलामको साङरुम्बामा एक महिला मृत फेला
इलामको साङरुम्बामा एक महिला मृत अवस्थामा भेट्टिएकी छन् । इलाम नगरपालिका– १२ साङरुम्बा निवासी ३५ वर्षीया कमला तामाङ मृत अवस्थामा भेट्टिएको इलामका प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।
आगलागीबाट दुइतले घर जलेर नष्ट
अर्जुनधारा नगरपालिका–७ मा आइतबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा इन्द्रबहादुर लिम्बूको आठको दुइतले घर जलेर नष्ट भएको छ ।
ओखलढुंगालाई रेजिना कप भलिबल उपाधि
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा सम्पन्न प्रदेश–१ स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीताको फाइनलमा ओखलढुंगाले भोजपुरलाई ३–१ को सेटमा हरायो ।
मल उपलब्ध गराउन झापाली चिया किसानको माग
झापाका चिया किसानले चिया खेतीलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सरकारले चिया खेतीका लागि आवश्यक मल उपलब्ध नगराउदा चिया खेतीनै समस्यामा परेको गुनासो झापाली चिया कृषकको रहेको छ ।
मूल्य घटाएपछि बिक्यो बासमती चामल
ताप्लेजुङमा मूल्य घटाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामल बिक्री हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार प्रतिकेजी नौ रुपियाँ घटाएपछि बासमती चामल बिक्री बढेको शाखा प्रमुख तुलमाया लोवाले जानकारी दिनुभयो ।
कोसीमा घट्दै जलपन्छी
सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षमा चराको सङ्ख्या घटेको छ। कोसीटप्पु तथा सेरोफेरोका सिमसार क्षेत्रमा ५६ प्रजातिका सात हजार ५७३ जलपन्छीको रहेकोमा चरा घटेको तथ्याङ्क सार्वजनिक भएको हो। आरक्ष क्षेत्रमा गरिएको चरा गणनाबाट यस्तो तथ्य खुलेको हो।
गाई बाँझो हुने क्रम बढ्दो
धनकुटाको पाख्रिबास नगरपालिका–४ का पदमबहादुर बस्नेतले पशुपालन सुरु गरेको करिब एक दशक भयो। दुग्ध उत्पादनलाई जोड दिनुभएका बस्नेतको गोठमा २३ माउ गाई छन्। गोठमा भएका केही गाई भर्ना हुँदै उल्टिँदै गरेपछि गाईबाट घाटा हुने चिन्ता उहाँलाई छ। गाई पालनमा राम्रो भविष्य देखेर यो पेसा सुरु गर्नुभएका बस्नेतलाई अहिले भने यो पेसा निल्नु न ओकल्नु भएको छ। बस्नेत भन्नुहुन्छ “प्राय गाईहरूमा उल्टिने समस्या छ। एक पटक होइन पटकपटक यो समस्या देखिन थालेको छ।”
मूलघाट–पाँचथर सडकमा कालोपत्रे सुरु
पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा जिल्लालाई तराईसँग जोड्ने तमोर कोरिडोरको मूलघाट–पाँचथर खण्डमा कालोपत्रे सुरु भएको छ। २०७८ सालमा यो सडकको ट्रयाक खोलिएको हो। पूर्वका पहाडी जिल्लालाई मोरङ र सुनसरीसहित तराईसँग जोड्ने द्रुत मार्गका रूपमा यो सडकलाई लिइन्छ।
प्रदेशको नाम सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री कार्की
लिलाराजझापालीबिर्तामोड, माघ २१ गते। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको प्राथमिकतामा प्रदेशको नामकरण रहेको बताउनुभएको छ। झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको काम र नामको बारेमा जनगुनासो बढेको भन्दै यस्तो बताउनुभएको हो। सम्भव भए सहमतिमा नभए पनि कानुनी विधि र प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण गरिने कार्कीको भनाइ छ। मुख्यमन्त्री कार्कीले प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा चौतारीका जिल्ला संस्थापक अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्नुभएको छ। कार्यक्रममा अग्रज पत्रकार नकुलकाजी पाण्डे, गोविन्दचन्द्र छेत्री, माधव विद्रोही, केशव आचार्य र स्वर्गीय माया पकुवाललाई मरणाेपरान्त सम्मान गर्नुभएको छ। कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, प्रेस युनियानकी केन्द्रीय सचिव रेजिना गौतम, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापालीलगायतले धारणा राख्नुभएको थियो।
डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा विद्यालय
खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो ।
सीता एयरलाइन्सले घटायो भाडा
सीता एयरलाइन्सले ताप्लेजुङ–काठमाडौंको भाडा दर घटाएको छ । हवाई यात्रा गर्ने यात्रु नभएपछि सीता एयरलाइन्सले भाडा घटाएको हो ।
रेल विभागद्वारा जग्गा रोक्का, जग्गाधनीको बेहाल
मोरङको कानेपोखरी–७, आइतबारेका कमलप्रसाद पौडेल छोराछोरी पढाउने खर्च जुटाउन नसकेर पुर्पुरोमा हात लगाएर बस्न बाध्य हुनुहुन्छ। दुई बिघा जमिन भएका उहाँले १५ कट्ठाको एउटा कित्ता सहकारी संस्थामा धितो राखेर ऋण लिनुभयो। छोरीको बिहे गर्नुपर्ने भएपछि उहाँले ऋण लिनुभएको हो। उहाँकै नाममा एक बिघा पाँच कट्ठाको अर्को कित्ता छ। दुवै कित्ताको पुच्छरतर्फ १५ धुर जति जमिन रेल मार्गमा परेको छ। दुवै कित्तामा रेलको नक्सा परेकाले दुईवटै जग्गा नेपाल सरकार रेल विभागले रोक्का गर्न बेलबारी मालपोत कार्यालयलाई पत्राचार ग-यो। त्यसयता उक्त क्षेत्रका बासिन्दालाई अप्ठेरो परेको छ।
लघुवित्तले कसैको उठिबास कोही किस्ता तिर्न भारतमा बेचिए
लघुवित्त संस्थाहरूले सदस्यलाई यातना दिन थालेको भन्दै पीडितहरू संस्थागत हुन थालेका छन्। संस्थाले असुल्ने चर्को ब्याजदर र सहुलियतका नाममा विपन्नलाई झन् विपन्न बनाउने योजनाविरुद्ध समूहकै सदस्यले आवाज उठाउन थालेका हुन्। कोरोनाले थलिएको बजारमा सानो लगानीका साथ व्यवसाय सञ्चालन गर्दै आएका सदस्यलाई लघुवित्त संस्थाले कठिन समयमा पनि रकम असुल्ने नाममा प्रताडित गर्ने गरेको गुनासो छ। बचत र ऋण असुलीका लागी संस्थाका कर्मचारीले घरायसी सामानसमेत जफत गर्ने गरेको भन्दै सदस्यहरू यतिबेला दौडधुप गरिरहेका छन्। संस्थाले अनावश्यक दबाब दिएको भन्दै केही सदस्य प्रशासनको सम्पर्कमा समेत पुगेका छन्।
एक साताभित्रै सुधारको पहल गर्ने प्रतिबद्धता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग, वाणिज्य क्षेत्रको अवस्था सुधार गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । शुक्रबार झापा जिल्लाको दमकमा उद्योगी व्यवसायीसँग छलफल गर्दै उहाँले विद्यमान समस्या सामधानका लागि ठोस कदम चाल्ने बताउनुभयो । यसका लागि मन्त्रालयले आन्तरिक तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो । भूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारीको अवस्थामा भन्दा पनि पछिल्लो १८ महिनामा उद्योग तथा व्यापार क्षेत्रमा धेरै समस्या आएको उहाँले बताउनुभयो ।
मानेभञ्ज्याङको राघवपुरस्थित दुई घरमा आगलागी
मानेभञ्ज्याङ गाउँपालिकाको राघवपुरस्थित दुई घरमा आगलागी भएको छ ।
ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु
ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीकी ३९ वर्षीया सुखमाया श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।
साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्न सुरु
साँघुटार–घोराखोरी सडकको कालोपत्रे गर्न सुरु गरिएको छ । छ वर्ष अघि ठेक्का लागेको उक्त सडकको कालोपत्रेको काम सोमबारदेखि सुरु भएको हो ।
जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ।
झापामा १४६ जनाले पाए धनीपुर्जा
झापाको दमक नगरपालिकामा पहिलो पटक राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा २७ जना भूमिहीनले धनीपुर्जा पाएका छन्।
झापा दुर्घटनामा २ को मृत्यु
झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुइवटा ट्रक एकआपसमा ठक्कर भएको थियो ।
रेल विभागले जग्गा रोक्का गर्दा दर्जनौँ परिवार अलपत्र
मोरङको कानेपोखरी – ७ आइतबारेका कमलप्रसाद पौडेलको २ बिघा जमिन छ । दुई बिघा जमिन भएको व्यक्ति यति बेला छोराछोरी पठाउने खर्च जुटाउन नसकेर पुर्पुरोमा हात लगाएर बस्न बाध्य हुनुहुन्छ ।
सहकारीको अनियमितता छानबिन गर्न माग
सनुसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्था लि.मा अनियमितता भएको भन्दै स्थानीयले सञ्चालक समितिका सबै सदस्यको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। हरिनगर–२, रामनगर, भुटाहामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्थामा करोडौँको अनियमितता भएको भन्दै स्थानीयले सञ्चालक समितिका सबै पदाधिकारीसहित सदस्यको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन्। हरिनगरमा नाम चलेको सहकारी भए पनि सहकारीको ऐन, नियमावली र कानुन विपरीत अनियमितता गरेको आरोप छ।
अदालतको आदेशपछि सडक निर्माण पुनः सुरु
गाईघाट–दिक्तेल सडक कालोपत्रे गर्ने कामले गति लिने भएको छ। ठेक्का लिएर वर्षौसम्म काम ओगट्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने आयोजना कार्यालयको निर्णयलाई अदालतले अन्तरिम आदेश गरेपछि कामले गति लिने भएको हो।