ब्राउनसुगरसहित चार पक्राउ
झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
समन्वय नहुँदा रोकिएन तस्करी
भारतबाट एउटा सेतो पिकअपमा करिब दस लाख मूल्य बराबरको कपडा भित्र्याइएको सूचना पाएपछि विराटनगर भन्सार कार्यालयले मङ्गलबार बिहान उक्त गाडीको पिछा ग-यो । भन्सारको गस्ती टोली खटिएको सूचना पाएपछि तस्करले फरक बाटोबाट गाडी मोडे ।
घरमा आगलागी हुँदा दुईको मृत्यु, दुई घाइते
पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । आगलागीमा परि मेघबहादुर सहित दुई जना घाइते हुनु भएको छ ।
प्रदेश सरकारका संरचना निर्माण गर्न जग्गा दिने निर्णय
विराटनगर महानगरपालिकाले नगरवासीको भावनाविपरीत प्रदेश संरचनालाई महानगर बाहिर लैजाने गरी प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको छ। विराटनगर महानगरपालिकाको कार्यपालिका बैठकले प्रदेश राजधानीका लागि आवश्यक संरचना निर्माण गर्न भन्दै अर्कै स्थानीय तहमा रहेको जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको हो।
लुक्ला क्षेत्रमा माइनस दुई
केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिनुभयो। चिसोका कारण त्यहाँका नागरिकहरू आगो तापेर बसेका छन् भने घरबाहिरको काम गर्नसमेत कठिनाइ भएको बताइएको छ।
थातथलोको मोहले फर्कायो खुसी
पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१ वर्षीय वृद्ध गङ्गाप्रसाद पोखरेललाई १०७ वर्षपछि म्यानमारबाट धनकुटाको चुङ्माङसम्मको यात्रा गराएको हो । गङ्गाप्रसाद नेपालमा होइन म्यानमारमा जन्मनुभयो, उतै हुर्कनुभयो र जिन्दगीको ८१ वर्ष म्यानमारमै बिताउनुभयो । केही दिनअघि भने उहाँ धनकुटाको पाख्रिवास नगरपालिका–१०, चुङ्माङ आइपुग्नुभएको छ, जुन उहाँको पुर्खाको जन्मभूमि हो ।
ताप्लेजुङमा दुई वर्षभित्र घर-घरमा विद्युत
ताप्लेजुङ जिल्लामा आगामी दुई वर्षभित्र विद्युतीकरण हुने भएको छ। नेपाल विद्युत प्राधिकरणमार्फत दुई वर्षभित्र जिल्लाभर विद्युतीकरणको कार्य हुने भएको हो।
दासको हत्या गरेको आरोपमा दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले गोली प्रहार गरेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने अन्दाजी ४५ वर्षीय धानुक दासलाई पुस ९ गते गोली प्रहारी गरी हत्याको गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मकैमा अमेरिकी फौजी कीरा
झापाको दमकमा किसानहरूको मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप देखिन थालेको जनाइएको छ । मकैमा यस प्रकारको समस्या देखिएपछि किसानहरूले नगरपालिकाको कृषि शाखामा मकैको बोट नै लिएर आउने गरेको दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले बताउनुभयो ।
तुसारोले जनजीवन कष्टकर
ओखलढुङ्गा जिल्लाको माथिल्लो भेगमा तुसारोले जनजीवन कष्टकर बनाएको छ । तुसारो पर्नुका साथै चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको हो ।
झापामा आत्महत्याको दर रोक्ने योजना ल्याउँदै प्रहरी
झापामा बढ्दो आत्महत्या दरलाई रोक्नका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवम् प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनु भएको छ ।
सजाइँदै सडक
झापा दमकको मुख्य बजार क्षेत्रका सडकको सौन्दर्यीकरणको काम धमाधम भइरहेको छ। सडकको सौन्दर्यीकरण अभियानअन्तर्गत सडकको किनारमा रहेका अव्यवस्थित तार हटाउने, पुराना बिजुलीको खम्बाहरू हटाएर नयाँ राख्ने र रङ लगाएर आकर्षक बनाउने लगायतका कामहरू सुरु भएको छ। दमकको गणतन्त्र चोकबाट थाना रोड हुँदै मुख्य बजार र नमुना बजारसम्म पुग्ने करिब एक किलोमिटर सडकमा दुईतर्फ बिजुलीका खम्बा गाडेर रङ लगाउने काम भइसकेको छ। सडकलाई आकर्षक बनाउने काम पूरा हुन लागेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ। यस सडकमा रातको समयमा बल्ने आकर्षक बत्ती पनि जडान भइसकेको छ।
चिसोले हिमाली जनजीवन प्रभावित
चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ। पछिल्लो हप्ता मौसम एक्कासि चिसिएसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको हो। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुसारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन कष्टकर बन्दै गएको हो। असामान्य रूपमा चिसो बढ्दै गएपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनिकी चलाउनलाई निक्कै मुस्किल पर्न थालेको स्थानीयले बताएका छन्।
गहुँ खेती छाडेर मकैतिर किसान
सुनसरीको रामधुनी नगरपालिका–८ का किसान दिनेश चौधरीले गहुँ खेती छाडेर मकै लगाउनुभएको छ । सोचेजस्तो र लगानीअनुसारको प्रतिफल नभएपछि चौधरीले गहुँ खेती नगरी मकै खेती लगाउनुभएको हो । धानको सिजनमा मलखाद, सिँचाइ अभाव भएको र उत्पादनमा पनि कमी भएको अवस्थामा अर्कोतर्फ गहुँ खेती पनि राम्रो नहुने अनुमान गर्दै गहुँ खेती त्यागेर मकै खेती थालेको उहाँको भनाइ छ ।
कनकाई अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन
झापाको कनकाई नगरपालिका –३ मा रहेको नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ ।
फिदिम स्पोर्टिङलाई उपाधि
चौथो फिदिम नगर गोल्डकपको उपाधि फिदिम स्पोर्टिङ क्लबले जितेको छ ।
विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण
ताप्लेजुङमा ग्रामीण क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । विभिन्न छ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको हो ।
प्रतिष्ठानद्वारा फुरुबोलाई सम्मान
ताप्लेजुङस्थित फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानले गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को अन्तिम चारमा पुग्न सफल सहिला फूरुम्बो लिम्बूलाई सम्मान गरेको छ ।
सत्ताक्षीधाम मन्दिरको दानपेटिका चोरी
झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको दानपेटिका चोरी भएको छ । आइतबार राति दानपेटिका चोरी भएको हो ।
सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित
सुनसरीको रामधुनी नगरपालिका –८ का किसान दिनेश चौधरीले यसपाली गहुँ खेती छाडेर मकै लगाउनुभयो । सोचेजस्तो र लगानीअनुसारको प्रतिफल नमिलेपछि चौधरीले गहुँ खेती त्यागेर मकै खेती लगाउनुभएको हो ।
बुवाको पुण्य तिथिमा ७० जना विद्यार्थीलाई न्यानो कपडा
पाँचथरको फालेलुङ गाउँपालिका ७ घर भई हाल काठमाडाैँमा बस्दै आएका दीपक लामाले आफ्ना पिताको ४९ औँ पुण्य तिथिको अवसर पारेर ७० जना विद्यार्थीलाई विद्यालय पोसाकमा प्रयोग हुने स्वेटर दिनुभएको छ ।
पहुँचवाला दुर्घटनाकर्ता
दुर्घटना गराउने पहुँचवाला भएपछि विराटगरमा एक जना बालक र उनका बुबा–आमा अस्पतालबाट घर फर्किनबाट रोकिएका छन्। मोरङको सुन्दरहरैँचा १ पचामका १३ वर्षीय रूपेश खवास दुर्घटनापछि अस्पताल भर्ना भएर आराम भइसक्दासमेत घर फर्किनबाट रोकिनु परेको हो।
निर्माण ढिलाइ भएपछि ठेक्का तोड्ने तयारी
सडक निर्माण अभियानमा अत्यधिक ढिलाइ तथा लापरबाही भएपछि पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवा भन्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ। निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्दिसाई जेभी, काठमाडौँको अधिक ढिलासुस्तीका कारण सो सडक खण्डअन्तर्गतको दस किलोमिटर दूरीको निर्माण कार्य अलपत्र भएपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो। ठेकेदार कम्पनीले सडकमा कालोपत्रे गर्ने काम पूरा गर्ने सङ्केत नदेखिएपछि सडक निर्माणसम्बन्धी ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो।
कन्याम र अन्तु भरिभराउ
इसाको मरणकालपछि चलेको संवत्को नयाँ वर्ष २०२३ मनाउने पर्यटकले इलामका चर्चित पर्यटकीय स्थल कन्याम र अन्तु भरिभराउ भएका छन्। सधैँजसो पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा यो नयाँ वर्ष मनाउन पर्यटक उल्लेखनीय सङ्ख्यामा आउँदा यी दुई पर्यटकीय स्थल भरिभराउ भएका हुन्। यहाँ पर्यटकले होटल तथा होमस्टे अग्रिम बुकिङ गरे। नेपालका विभिन्न जिल्ला र विशेष गरी भारतीय पर्यटकले यस पटक अग्रिम रूपमा होटल, होमस्टे बुकिङ गरे।